Thursday, April 15, 2010

मानव अधिकार तालिम सम्पन्न

१ बैशाख २०६७
ग्रामीण सुदृढिकरण केन्द्र गोरखाको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको सहयोगमा राजनीतिक दलका कार्यकर्ताहरुका लागि साचालित दुइदिने मानव अधिकार तालिम आज समापन भएको छ । तालिममा गोरखाका कि्रयाशिल बिभिन्न राजनीतिक दलका २४ जना सहभागी भएका थिए । तालिममा सातठुला महासन्धी मानव अधिकारको विश्वब्यापी घोषणापत्र अन्तराष्ट्रिय फौजदारी अदालत रोम विधान संक्रमणकालीन न्याय पुनर्एकीकरण तथा मेलमिलाप मानव अधिकार शान्ति निर्माण तथा कानुनी शासनमा राजनीतिक दलको भुमिका विषयमा इन्सेक जिल्ला प्रतिनिधि भीमलाल श्रेष्ठ र मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य स्थानेश्वर दुवाडीले सहजीकरण गर्नूभएको थियो । संस्थाका अध्यक्ष भीमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य दुवाडीले तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका पंफा गान्धारी र श्रीकृष्ण पौडेल नेकपा एमालेका सम्झना थापामगर र चन्द्रबहादुर भुजेलले मन्तब्य राख्नुभएको थियो ।

No comments: