Friday, April 30, 2010

लमजुङ घलेगाउँका बासिन्दा च्याउ खेतीतर्फ आकर्षित

१७ बैशाख २०६७
पर्यटकीय गाउँको रुपमा चिनिदै आएको लमजुङको घलेगाउँका वासिन्दा च्याउ खेतीतर्फ आकर्षित भएका छन् । आफ्नो गाउँमा आउने अतिथिहरुलाई गाउँमै उत्पादन गरिएको च्याउको तरकारी खुवाउन र थप आम्दानी गर्न स्थानीयवासिन्दा च्याउ खेतीतर्फ आकर्षित भएका हुन् ।
जिल्ला कृषि विकास कार्यालय र व्यवसायिक किट विकास निर्देशनालय काठमाडौंले तालिम दिएपछि घलेगाउँका वासिन्दाले मात्रै नभएर कपुरगाउँ घनपोखरा मालिङ बाग्लुङपानी लगायत गाउँका वासिन्दाले पनि च्याउ खेतीको शुरुवात गरेका छन् । गाउँमै च्याउ उत्पादन भएपछि पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिईएको छ ।

No comments: