Friday, April 23, 2010

शीर्ष तीन दलको नेतृत्वका कारण समययमा संविधान नबन्ने अवस्था आएको आरोप

१० बैशाख २०६७
शीर्ष तीन दलको नेतृत्वका कारण समययमा संविधान नबन्ने अवस्था आएको आज गोरखामा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । गोरखा जेसिज गोरखाले ूम निश्चित समयमा संविधान बनाउन पहल गर्नेछुू विषयक प्रतिवद्धता तथा अन्तरकि्रर्या कार्यक्रममा बोल्ने बक्ताहरुले तीन दलका शिर्ष नेताले संविधानसभालाई वेकम्मा बनाएको आरोप लगाएका हुन् ।
एकिकृत माओवादीका जिल्ला सदस्य गोवर्धन श्रेष्ठले आफ्नो पाटि संविधान बनाउन गम्भीर हुदाहुदै अन्य दलहरु सहमतिका लागि तयार नभएकाले अहिलेको अवस्था आएको बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला सदस्य राजनराज पन्तले माओवादीले संविधान बनाउन नचाहेकोले अहिलेको अवस्थ्ाा आएको माओवादी सुध्रेर आएमा मात्र संविधान बन्नसक्ने बताउनुभयो । नेकपा एमालेका जिल्ला सचिव सम्झना देवकोटाले सरकार संविधान बनाउन बाधक भएको प्रमाणित गरेमा एमाले सरकार छाड्न तयार रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापाले संविधान निर्माणको काम सभासद्को हातमा नभइ तीन दलको शीर्ष नेताको हातमा पुगेकाले संविधान नबन्ने अवस्था आएको बताउनुभयो ।
जेसिजका अध्यक्ष विष्णु रानामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष राजेन्द्र अर्याल निवर्तमान अध्यक्ष भगवानबाबु मास्के शाखा सम्पादक विजयभक्त उपाध्याय लगायतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा जेसिजले निश्चित समयममा संविधान नबनेमा तपाइ सभासद्लाई के गर्नुहुन्छ भन्न प्रश्नको जवाफ संकलन गरेको थियो ।

No comments: