Wednesday, May 19, 2010

यासा्रगुम्बा टिप्न शुरु

५ बैशाख २०६७
सामागाउँमा आइतवारदेखि यासा्रगुम्बा टिप्न सुरु गरिएको छ । यासा्रगुम्बा टिप्न जानुअघि सामागाउँवासीको आम भेलाले सबै घरबाट १÷१ जनामात्र जान पाउने नियम बनाएको थियो । सबै घरकाले वराबर फाइदा लिन सकोस् भनेर यस्तो नियम बनाएको स्थानीय दोर्जे लामाले बताए ।
कुनैघरमा अपाङ्ग बुढाबुढीहरु मात्र भए उनीहरुले खटाएको एकजनालाई अनुमति दिने भेलाले निर्णय गरेको छ । कुनै घरबाट एकजना भन्दा बढी जानुपरेमा प्रतिब्याक्ति ४ हजार रुपियाँ गाविसलाई तिरेर पुर्जी लिनुपर्ने भेलाले निर्णय गरेको छ । ूएउटै घरबाट धेरैजना गएभने उनीहरुले धेरै फाइदा लिने र अरुले लिन नपाउने भएकाले त्यस्तो चलनलाई निरुत्साहित गर्न यस्तो नियम बनाएका हौ ू। उनले भने । यसरी उठाएको रकम गाउँमा बाटोघाटो बनाउने सामाजिक काममा प्रयोग गरिने उनले बताए । गाउँलेले टिपेको यासा्रगुम्बा तिब्बतमा लगेर बेच्ने गरको दोर्जेले बताए ।
ूस्थानीय वासिन्दाले अन्य गाविसका वासिन्दालाई भने यासा्रगुम्बा टिप्न नदिने निर्णय गरेका छन् । स्थानीय प्राकृतिक सम्पदाबाट गाउँलेहरुले नै फाइदा पाउनुपर्छ अन्यले त्यसको फाइदा लुट्नु हुदैन भनेर बाहिरकालाई आउन दिएका छैनौ ।ू दोर्जेले भने ।
शक्तिबर्धक औषधीका लागि प्रयोग गरिने यासा्रगुम्बा प्रतिकिलो २ लाखभन्दा बढी र प्रतिगोटा ५० देखि दुई सय रुपियाँ मुल्यको हुने लामाले बताए ।

No comments: