Wednesday, May 26, 2010

दर्ता नगरी औषधी पसल तथा एग्रोभेटहरु संचालनमा

१२ जेठ २०६७
गोरखाका अधिकांश औषधी पसल तथा एग्रोभेटहरु दर्ता नगरी संचालनभएको पाइएको छ । औषधी ब्यवस्था विभागको निरीक्षण शाखाले गत वर्ष मंसीरमा जिल्लाको २५ वटा औषधी पसल तथा एग्रोभेटमा निरीक्षण गर्दा ५ वटामात्र कानुनी रुपमा संचालनभएको पाइएको हो ।
बिभागले गरेको निरीक्षणपछि गत चैत २५ मा जिल्ला प्रशासन कार्यालयलाई बुझाएको प्रतिवेदनमा अधिकांश औषधी पसल दर्ता नगरी संचालनगरेको उल्लेख गरिएको छ । निरीक्षण गरिएको २५ मध्ये आरुचनौटेको आरुघाट मेडिकल हल रेक्सोना एग्रोभेट आरुघाट मेडिकल हलको गोर्खा शाखा सदरमुकामको कुशल एग्रोभेट, अमृत एग्रोभेट, सोफिया मेडिकेएर, सापकोटा मेडिकल हल र विरेाचोकको स्मृति फार्मेशी दर्ता नगरी संचालनगरिएको प्रतिवेदनमा जनाइएको छ ।
अन्य औषधी पसल निरीक्षणमा पनि लागु औषधि रेकर्ड नभएको दर्ता नभएको औषधी साचय गरेको ब्यवसायी अनुपस्थित भएको पाइएको छ । फार्मेसी अधिकृत पदम प्रसाद पौडेलद्धारा प्रस्तुत प्रतिवेदनमा भुषाल आयुर्वेद फर्मा जोशी आयुर्वेद शुभकामना भेट कन्सर्न पोखरेल भेटरीनरी सेन्टर र आमा बा फार्मेसी मात्र कानुनी रुपमा संचालनभएको उल्लेख गरिएको छ । सो प्रतिवेदनमा बिभागले आरुघाट बजारका सबै औषधी पसल र एग्रोभेटहरु गैर काननी रुपमा संचालनभएको बताएको छ ।

No comments: