११ जेठ २०६७
मानव अधिकार उच्च आयुक्तको कार्यालयको सहयोगमा गोरखामा साचाति न्याय मार्फत शान्ति परियोजना अन्तर्गत क्षेत्र नंबर ३ का ५ गाविसमा एक दिने संक्रमणकालीन न्याय र सिद्धान्त विषयक अन्तरकि्रया कार्यक्रम आज सकिएको छ । हिमाली क्षेत्र विकास केन्द्र ग्रामीण सुदृढिकरण केन्द्र र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्रको आयोजना साचालित कार्यक्रम मान्वु थुमी आरुआर्बाङ्ग आरुचनौटे र आरुपोखरी गाविसमा सम्पन्न भएको कार्यक्रम संयोजक काजीराम रोकाले जानकारी दिनुभएको छ ।
ती कार्यक्रमहरुमा द्वन्द्वपीडित उनीहरुका परिवार र सरोकारवालाहरुसंग छलफल गरी संक्रमणकालीन अवस्थामा द्वन्द्वपीडितको अवस्थाको बारेमा छलफल गरेको उहाँले बताउनुभयो । परियोजनाले आज आरुपोखरी गाविसको दरबार माविमा अन्तरकि्रर्या कार्यक्रम साचालन गरेको थियो ।
गाविस सचिव टेकबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक रोकाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने न्यायका लागि द्वन्द्वपीडित समाजकी सावित्रि खड्काले संक्रमणकालीन न्याय र यसका सिद्धान्तबारे सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा एकिकृत माओवादीका गाविस संयन्त्र सदस्य देवका खनाल नेकपा एमालेका विष्णु शर्मा खनाल दरबार माविका प्रधानाध्यापक दीर्घमान श्रेष्ठले लगायतले मन्तब्य राख्नुभएको थियो ।
No comments:
Post a Comment