२ जेठ २०६७
गोरखाको लुदीखोला जलाधार क्षेत्रका सामुदायिक वन समूहले कार्बन ब्यापारको तयारी गरेका छन् । जलाधार क्षेत्रका ३१ सामुदायिक वनले कार्बन ब्यापारका लागि वन डढेलो नियन्त्रण वन पैदावारको कम खपत बैकल्पिक उर्जाको प्रयोग काठ चोरी निकासी लगायतका कामहरु रोक्ने भएका हुन् । उनीहरुले जेठ २५ गतेभित्र कार्यसमितिको बैठक राखी विधान र कार्ययोजना संसोधनको तयारी समेत गरेका सामुदायिक वन उपभोक्ता महासंघका सचिव दीपक भट्टराइले जानकारी दिनुभयो ।
वन समूहको हालको विधान र कार्ययोजनाले कार्बन ब्यापारका लागि मार्गप्रशस्त नगरेकाले संसोधनको तयारी गरेको गोरखा नगरपालिकाको शिखर सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष रोलकबहादुर थापाले बताउनुभयो ।
लुदीखोला जलाधार क्षेत्रका वन समूहका प्रतिनिधि र जलाधार क्षेत्र स्तरिय वन साजालको आज सम्पन्न अन्तरकि्रर्या कार्यक्रममा सहभागीहरुले जेठ १० गतेसम्म सबै समूहको कार्यसमितिको बैठक राखी कार्बन ब्यापारको विषयमा छलफल गर्ने भएका छन् । उनीहरुले कार्बन ब्यापारका लागि निजी जग्गामा वृक्षारोपण डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण गर्ने लगायतका निणर्य गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघले कार्बन उत्सर्जन न्युनीकरण गरी त्यसवापतको भुक्तानी दिन गोरखाको नगरपालिका घैरुङ बुंकोट ताक्लुङ र बक्राङ गाविसका २ सय ४१ हेक्टरमा विशेष कार्यक्रम लागु गरेको छ ।
No comments:
Post a Comment