१५ जेठ २०६७
नवीकरणीय उर्जा आयोजनाले गोरखा र धादिङ जिल्लामा आफ्नो कार्यक्रम साचालनका लागि स्थानीय सामुदायिक संस्थाका लागि ब्यवसायिक विकास तथा वित्तीय ब्यवस्थापन तालिम प्रदान गरेको छ । आज सम्पन्न तालिममा गोरखाका १४ र धादिङका ६ जना सहभागी थिए । नेपाल सरकार नवीकरणीय उर्जा आयोजना र युरोपेली आयोगको संयुक्त लगानीमा साचालन हुन लागेको आयोजनाका लागि गोरखाका १० र धादिङका ६ गाविस छनोट गरिएको तालिम संयोजक लिलाबहादुर देवकोटाले जानकारी दिनुभएको छ ।
आयोजनाले विद्युत सेवा नपुगेको गाउँमा सामुदायिक संस्थाहरु मार्फत कम्प्युटर सामुदायिक सूचना केन्द्र कुटानी पिसानी मील पानी तान्ने पम्प र स्वास्थ्य संस्थामा उपकरण साचालनको लागि शौर्य उर्जामा अनुदान दिने उहुले बताउनुभयो ।
तालिमको समापन कार्यक्रममा आयोजना निर्देशक मंगलदास महर्जनले कार्यक्रमबारे जानकारी गराउनुभएको थियो भने महेन्द्र सिटौलाले ब्यवसाय विकास संबन्धि र राजेन्द्र कोइरालाले सहकारी लेखा ब्यवस्थापनबारे जानकारी गराउनुभएको थियो ।
No comments:
Post a Comment