Friday, May 7, 2010

कास्कीको झडपमा गोली चल्दा ८ जना घाइते

२४ बैशाख २०६७
कास्कीको लेखनाथ नगरपालिको भण्डारढिकमा आन्दोलनकारी र हड्तालको अवज्ञा गर्ने समूहवीचको झडपमा गोली चल्दा ८ जना घाइते भएका छन् । सो घटनामा परी आन्दोलनकारी तर्फ गोर्खा पालुङटारका रामबहादुर बयलकोटी र गाइखुरका इश्वर रेग्मी कास्की हंसपुरका नवराज पौडेल पटनेरीका हेमबहादुर तामाङ्ग थुम्कीका रमिला रेग्मी घाइते भएका छन् । अन्य ३ जना लाठिचार्जबाट सामान्य घाइते भएका छन् । त्यस्तै दुई जना बन्द अवज्ञाकर्ता घाइते भएको कास्की प्रहरीले जनाएको छ ।
घाइतेहरु सबैको पोखराकै नयाँबजारको चरक अस्पताल उपचार भइरहेको छ । गोली प्रहार गर्ने युथफोस्र कार्यकर्ता भएको माओवादीले दावी गरेको छ । वन्दको अवज्ञा गर्दै निकालेको र् यालीमा एमाले र कांग्रेसको जिल्ला नेतृत्व सहभागी भएको माओवादीले आरोप लगाएको छ । झडपपछि प्रहरीले २ वटा घरमा खानतलासी गरि १५ जना बन्द अवज्ञाकर्तालाई पक्राउ गरेको छ ।
बन्दको अवज्ञा गर्दै निकालिएको र् यालीबाट आन्दोलनकर्तालाई ढंुगा प्रहार गरेपछि झडप भएको थियो । केहीबेरको ढुंगा हानाहानपछि अवज्ञाकर्ताहरुबाट गोली प्रहार भएको प्रत्यक्षदर्शीले जनाएका छन् । सो घटनामा प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ ।
त्यस्तै पोखराको अमंरसिँह चोकमा पनि झडप भएको छ । आम हड्तालको विरोधमा निकालिएको जुलुस र माओवादी सर्मथक कार्यकर्तावीच ढुङगा हानाहान भएको थियो । सो ठाउँबाट माओवादी कार्यकर्ताहरु दिवाकर भट्टराई र सुरज वराललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments: