२० बैशाख २०६७
गोरखाको लाप्राक गाविसको मणिकामदेवी माविकी शिक्षिका विनु ढकाललाई कर्तब्य गरी मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनास्थलको प्रारम्भिक अनुसन्धान र शबको प्रकृति हेर्दा उहाँलाई कर्तब्य गरी मारेको हुनसक्ने प्रहरीले बताएको छ । घटनामा संलग्न एकजना शंकास्पद ब्याक्तिलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्णु केसीले बताउनुभयो । घटनामा संलग्नलाई प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वज्ाानिक गर्ने भएको छ ।
गएको आइतवार आफ्नो घर पन्दु्रङबाट लाप्राक तर्फ जानुभएका ढकालको लाप्राक गाविसकै गोप्सीडाडाँ भन्ने ठाउँमा शब फेला परेको हो । स्थानीय गोठालाहरुले ढुङ्गाले चेपेर छाडेको अवस्थामा शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ऋषिकेश पाण्डे सहितको प्रहरी टोलीले हिजो शब सदरमुकाम ल्याइपुर् याएको हो । शबको पोष्टमार्टम गरि जिल्ला अस्पतालमा राखिएको छ । अपाङ्ग कोटामा २ वर्षदेखि सो विद्यालयको प्राथमिक तहमा पढाउदै आउनुभएकी शिक्षिका नयाँ शैक्षिक सत्रको पढाइ सुचारु गराउन विद्यालय तर्फ जानुभएको थियो ।
No comments:
Post a Comment