२ जेठ २०६७
पूर्वयुवराज्ञी हिमानी शाह आज अचानक गोरखा आइपुग्नु भएको छ । विहान पौने ११ वजेतिर गोरखा सदरमुकाम आइपुग्नु भएका शाह गोरखा दरबारमा पुजाआजा गरी फर्कनुभएको हो । जिल्लाको मझुवा देउरालीमा आइपुगेपछि मात्र सुरक्षा निकायले शाहको भ्रमणबारे थाहा पाएको थियो । शाह आज विहान चितवनको एक रिसोर्टबाट गोरखा आउनुभएको प्रहरी निरीक्षक केदार खनालले जानकारी दिनुभएको छ ।
करिब साँढे दुइघण्टा गोरखामा विताउनुभएकी शाहले गोरखा दरबारमा एक घण्टा पुजाआजा गरेको र वसपार्कको होटल सत्यममा खाना खाइ पोखरातर्फ जानुभएको उहुले बताउनुभयो । हिमानी गोरखामा रहेको बेला सुरक्षा निकायले उच्च सतर्कता अपनाएको थियो । विगत एक सातादेखि काठमाडौ बाहिर रहनुभएका शाह बैशाख २८ गते मनकामना पुग्नुभएको थियो ।
No comments:
Post a Comment