Friday, May 21, 2010

थप्रेक गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा

७ बैशाख २०६७
तनहुँको थप्रेक गाउँ विकास समितिलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । गाविसमा ७ सय ९८ घरधुरी रहेकामा अधिकांशमा शौचालय बनिसकेको छ । गाविसको ४ सय घरधुरीमा यसअघि नै शौचालय बनिसकेकामा बुकी ३ सय ९८ घरधुरीमा पनि शौचालय निर्माण गरिएको हो । स्थानिय बासिको नेतृत्व्ामा जिविसको खुल्ल्ाादिशामुक्त घोषणा अभियान अन्र्तगत जिविसको अनुदान र समाज सेवा समूह फराकचौरको सहजिकरणमा ती शौचालय निर्माण गरिएकेा र तीनको आँफ्नो संस्थाले अनुगमन र आवश्यक सरसहयोग गरिरहेको समाज सेवा समूह तनहुँकी कार्यक्रम संयोजक शुसिला शर्माले जानकारी दिनुभयो । यसअघि तनहुँ जिल्लाको तीन गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिसकिएको छ भने थप्रेक चौथो खुल्लादिशामुक्त गाविस भएकेा छ । बाँकी गाविसलाई पनि खुल्ल्ाादिशामुक्त घोषणा गर्ने जिविसको योजना रहेको स्थानिय विकास कोषका अधिकृत रघुराज काफ्लेले जानकारी दिनुभयो ।

No comments: