२५ बैशाख २०६७
एकीकृत माओवादीले आमहड्ताल स्थगित गरेपछि ६ दिनसम्म कष्टकर वनेको गोरखाको जनजीवन पनि आजबाट समान्य वन्न थालेको छ । विहानैदेखि गोरखा सदरमुकाम र मुख्य बजार क्षेत्रका पसलहरु खुलेका छन् भने यातायातका साधनहरु समेत चलेका छन् ।
गोरखा भित्रने र जिल्ला बाहिर जाने यात्रुवाहक वसहरु सबै साचालनमा आएपछि सर्वसाधारणहरु गन्तब्यमा पुग्न पाएका छन् । आज सदरमुकामबाट दर्जनभन्दा बढी मालवाहक सवारी साधनले दैनिक उपभोग्य लगायतका सामाग्रीहरु ग्रामीण क्षेत्रतर्फ ढुवानी भएका छन् ।
६ दिनसम्मको आमहड्तालमा ग्रामीण क्षेत्रमा साचालन हुन नसकेका सबै यात्रुवाहक वसहरु आज चलेका छन् । जिल्लाको आरुघाट घ्याम्पेशाल बोर्लाङ्ग नामजुङ भालुस्वाँरा आदि रुटमा चल्ने यात्रुवाकह वस साचालनमा आएपछि हड्तालभर गाउँ जान नपाएका यात्रुहरु गाउँपुगेका छन् ।
आमहड्ताल खुलेपछि सदरमुकामका पसलहरु दिनभर खुलेका छन् । पहिले शनिवार बन्द हुने पसलहरु पनि आज खुलेका छन् । हड्ताल खुलेपछि बजारमा किनमेल गर्नेको घुँइचो बढेको छ ।
६ दिनदेखि कष्टकर लमजुङ र मनाङको जनजीवन आज शनिवारदेखि सामान्य वनेको छ । लमजुङ सदरमुकाम वेसीशहर र मनाङ सदरमुकाम चामे लगायतका मुख्य बजार क्षेत्रहरु खुलेका छन् । लमजुङमा जिल्ला भित्रने र जिल्ला बाहिर जाने यात्रुवाहक वसहरु सबै साचालनमा आएपछि सर्वसाधारणहरु गन्तब्यमा पुगेका छन् । ग्रामीण सडकमा भने साँझपख मात्रै यातायात संचालनमा आएको थियो ।
आमहड्ताल खुलेपछि लमजुङ र मनाङ सदरमुकामका सवै पसलहरु खुलेका छन् । लमजुङमा पहिले शनिवार बन्द हुने पसलहरु पनि आज खुलेका छन् । हड्ताल खुलेपछि बजारमा किनमेल गर्नेको घुँइचो बढेको पत्रकार आश गुरुङले जानकारी दिनुभएको छ ।
आज शनिवार विहानै लमजुङ उद्योग बाणिज्य संघले सार्वजनिक सूचना गरि गरि पसल खुलाउन आग्रह गरेको थियो । त्यस्तै सदरमुकाम वेसीशहरका बैंकका एटिएम सेवा पनि आजबाट नै सुचारु भएको छ ।
यसैवीच आन्दोलनका लागि गोरखाबाट राजधानी र पोखरा गएकाहरु अझै गोरखा फर्केका छैनन् । काठमाडौबाट ३÷४ सय जनामात्र जिल्ला फर्काएको र बाँकीलाई आन्दोलनका लागि राजधानीमा नै राखिएको काठमाडौमा रहनुभएका गोरखा जिल्ला सेक्रेटरी चुडामणि खड्काले जानकारी दिनुभएको छ ।
आन्दोलन स्थगित नभइ स्वरुप मात्र परिवर्तन भएको भन्दै उहाँले अहिले काठमाडौमा रहेकाहरुलाई तुरुन्तै गाउँ नफर्काउने बताउनुभयो । उहाँका अनुसार काठमाडौको आन्दोलनमा गोरखाबाट १० हजार नागरिक सहभागी थिए ।
त्यसैगरी पोखरामा रहेकाहरु पनि सबैजना आज गोरखा फर्किएका छैनन् । अधिकांश आज फर्किएका र केही अझै पोखरामा नै रहेका वाइसीएलका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभएको छ । माओवादीले आमहड्तालको कार्यक्रम स्थगित गरेपनि भोली काठमाडौमा सिहदरबार घेराउ र जिल्लाहरुम्ाा प्रशासन कार्यालय घेराउको कार्यक्रम राखेको छ ।
No comments:
Post a Comment