Tuesday, May 18, 2010

मिनीट्रकको ठक्करबाट एक बालकको मृत्यु

४ जेठ २०६७
गोरखाको लक्ष्मीबजारमा मिनीट्रकको ठक्करबाट एक बालकको मृत्यु छ । साँझ साँढे ६ बजे किराना सामान ढुवानीको लागी सदरमुकामबाट लक्ष्मीबजार गएको ना २ ख ६७०५ नं को मिनीट्रक व्याक गर्ने क्रममा ताक्लुङ्ग ९ घर भएका ५ बर्षिय निरज थापाको मृत्यु भएको हो ।
घटनापछि उचित क्षतिपूर्तिको माग गर्दै स्थानियबासीले साँझ ७.३५ देखि करीब पौने घण्टा गोरखा आँबुखैरेनी सडकखण्ड अबरुद्ध बनाएका थिए । पीडित पक्ष र सवारी धनी विच सहमतिको लागी आजै वार्ता गर्ने गरी पुनः यातायात साचालनमा आएको छ । घटना लगत्तै ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक गोरखा सदरमुकामको राना किराना स्टोस्रको भएको पनि प्रहरीले जनाएको छ ।

No comments: