३ जेठ २०६७
लमजुङको पर्यटकीय गाउँ सिउँरुङमा मोटर बाटो निमार्ण कार्य शुरु भएको छ । खुदी ९ स्थित सिउरुङ जाने मोटर बाटो निर्माण गर्ने भनिएको सो सडक दुईवर्ष सम्म पनि नबने पछि स्थानीयबासीको दवावमा पुनः शुरु भएको हो ।
खुदी गाविसको २ लाख ३० हजार र जिविसको ३ लाख रुपैयाँको लागतमा सो बाटो खन्न सुरु गरिएको हो । खुदीका वडा नं २ ३ ७ ८ र ९ का स्थानीयबासीले उपभोक्ता समितिलाई दवाव दिएपछि सिउरुङ जाने बाटो खन्न थालिएको स्थानीयबासीले बताएका छन् ।
आर्थिक वर्ष २०६३÷६४ बाट शुरु भएको सो मोटरबाटो निर्माण कार्य आर्थिक वर्ष ०६५÷६६ मा आएर ट्रयाक परिवर्तन गरी सर्भे भन्दा बाहिर गएर गैंडाचौतारा देखि टँपो सम्म सडक निर्माण गरिएको थियो । गाविसको ८ लाख र जिल्ला विकास समितिको १ लाख गरी सिउरुङ जाने वाटो निर्माण गर्ने भनिएपनि गाउँका केही टाठाबाठाहरुले बाटो अन्तै खनेपछि सिउरुङवासीहरु निराश भएका र अहिले स्थानियबासीको दबाबपछि मोटरबाटो निर्माण कार्य शुरु भएको लमजुङ्गबाट रामजी रानाले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment