Thursday, May 6, 2010

माओवादीद्वारा चार कार्यालयको साईनबोर्ड र झण्डा तोडफोड

२३ बैशाख २०६७
एकीकृत नेकपा माओवादी कार्यकर्ताले आज गोरखा सदरमुकामको वसपार्कस्थित नेपाली कांग्रेस र नेपाल राष्ट्रिय स्वतन्त्र मजदुर संगठनको कार्यालय अगाडीको साइनबोर्ड तोडफोड गरेका छन् । वसपार्कस्थित कांग्रेस पाटि कार्यालय अगाडीको साइनबोर्ड र केही पर रहेको एमाले निकट मजदुर संगठनको साइनबोर्ड माओवादी कार्यकर्ताले तोडफोड गरी लिएर गएका हुन् ।
माओवादी कार्यकर्ताले साइनबोर्ड लिएर गएपनि अन्य कुनैपनि घटना नघटाएको प्रहरीले जनाएको छ । उता हिजो प्रदर्शनबाट फर्केर आउँदा माओवादी कार्यकर्तालाई वसपार्क क्षेत्रबाट ढुङ्गामुढा गरिएकाले उत्तेजित प्रदर्शनकारीले बोर्ड तोडफोड गरेको जिल्ला इन्चार्ज कृष्ण धितालले जानकारी दिनुभएको छ ।
गोरखामा प्रदर्शन शान्तिपुर्ण भएपनि अन्य जिल्लामा भएको तनावले यहाँका प्रदर्शनकारीलाइ समेत प्रभाव परेको हुन सक्ने उहाँले बताउनुभयो । जिल्लामा आमहड्तालको समयमा गरिने प्रदशर्नलाई शान्तिपुर्ण बनाउन आफु कि्रयाशिल भएको बताउदै उहाले ती घटनाहरुको छानवीन गरी आगामी दिनमा त्यस्ता घटना हुन नदिने बताउनुभयो ।
त्यसैगरी माओवादी कार्यकर्ताले आज दिउँसो दुइ वजेतिर गोरखकाली रवर उद्योग अगाडीको नेपाल कारखाना श्रमिक संघ र नेपाल केमिकल तथा आइरन मजदुर युनियनको साइनबोर्ड पनि तोडफोड गरेका छन् ।


उता नेपाली कांग्रेसका सभापति चीनकाजी श्रेष्ठले पाटि कार्यालयको झण्डा र सानइबोर्ड तोडफोड गरेर एकीकृत माओवादीले अराजनीतिक र अप्रजातान्त्रिक गतिविधि गरेको आरोप लगाउनुभएको छ । रेडियो गोरखामा टेलिफोन गरी उहाँले सबै पाटि मिलेर संविधान बनाउने बेलामा यस्ता अलोकतान्त्रिक ब्यवहारले सहमति सहकार्य र एकताको वातावरण धमिल्याउने भन्दै यस्ता गतिविधि नदोहोर् याउन संबन्धित पक्षलाई सचेत गराउनुभएको छ ।

No comments: