Thursday, May 6, 2010

अभियुक्त सार्वजनिक


२२ बैशाख २०६७
गोरखाको लाप्राक गाविसको मणिकामदेवी माविकी शिक्षिका विष्णुमाया ढकालको हत्यामा संलग्न जीतबहादुर गुरुङलाई हिजो प्रहरीले सार्वजानिक गरेको छ । लाप्राक गाविस वडा नंबर ८ घर भइ खच्चर गोठाला काम गर्दै आएका २० वर्षिय गुरुङले शिक्षिका ढकालको वलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् ।
बैशाख १२ गते आफ्नो घर पन्दु्रङबाट लाप्राक तर्फ जानुभएका ढकाललाई लाप्राक गाविस वडा नंबर ६ गोप्सीडाडाँमा गुरुङले ढुङ्गाले हानेर निर्ममता पुर्वक हत्या गरेको प्रहरीसगको वयानमा बताएका छन् । अभियुक्त गुरुङलाई अनुसन्धानका लागि हिरासतमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्णु केसीले जानकारी दिनुभएको छ ।
यसैवीच अखिल नेपाल शिक्षक संगठन विशेष क्षेत्र समितिले एक विज्ञप्ति जारी गरी समिति सदस्य ढकालको हत्याप्रति गहिरो दुख ब्यक्त गरेको छ । अध्यक्ष कृष्ण न्यौपानेद्धारा जारी विज्ञप्तिमा उहाँको निधनले संगठनमा अपुरणिय क्षति भएको र मर्माहित तुल्याएको उल्लेख गरिएको छ । विज्ञप्तिमा घटनामा संलग्नलाई कानुन बमोजिम कडा कारबाही गर्न माग गरिएको छ भने शिक्षकहरुक्ो जीवन रक्षाका लागि सरकारसंग माग गरिएको छ ।

No comments: