१५ जेठ २०६७
तेश्रो गणतन्त्र दिवस गोरखामा भब्य रुपमा मनाइदै छ । संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्रको घोषणा गरेको दिनको सम्झनामा गणतन्त्र दिवश मनाउन थालिएको हो । गणतन्त्र दिवशको अवसरमा आज सदरमुकाममा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा बिहान प्रभातफेरीको आयोजना गरिएको थियो । बिहान ७ बजे सुरु भएको प्रभातफेरी पेट्रोलपम्पदेखि सुरु भइ बसपार्क हुदै जिल्ला विकास समितिको सभाहलमा पुगी विचार गोष्ठीमा परिणत भएको छ । गणतन्त्र दिवश मूल समारोह समितिको आयोजनामा भएको विचार गोष्ठिमा नेपाली काँग्रेसका जिल्ला सदस्य सिपि पोखरेल एमालेका जिल्ला सचिव सम्झना देवकोटा स्थानिय विकास अधिकारी तथा कार्यक्रमका अध्यक्ष राजकुमार श्रेष्ठ प्रमुख अतिथि प्रभा बस्नेत गैसस महासंघका जिल्ला अध्यक्ष काजीराम रोका शिक्षकको तर्फबाट लक्ष्मण आचार्य शान्ति समाजका अध्यक्ष यदु अधिकारी लगायतकाले बोल्नुभएको थियो । त्यसैगरी दिवसकै अवसर पारेर साहित्य संगम गोरखाले आज खुल्ला कविता प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा रमेश विष्ट प्रथम, करिष्मा के.सी. द्धितिय र प्रतिमा थपलिया तृतिय भएका छन् । प्रतियोगिताका विजेताहरुलाई आजै प्रमुख अतिथि बस्नेतले पुरस्कार वितरण गर्नु भएको छ ।
गणतन्त्र दिबसको अवसरमा जिल्ला शिक्षा कार्यालयले भने मेचघुमाइ खेल साचालन गरेको छ । विहान सम्पन्न खेलमा सम्झना देवकोटा प्रथम, कमला लामिछाने द्धितिय र प्रेमचन्द्र बानियाँ तृतिय हुनु भएको छ । आजै साँझ उद्योग वाणिज्य संघले दिपावली गर्ने कार्यक्रम छ ।
No comments:
Post a Comment