१५ जेठ २०६७
गोरखाको मकैसी गाविसमा सरसफाई संबन्धि चेतना फैलाउन स्थानीय महिलाहरुले आज सचेतनामुलक र् याली निकालेका छन् । हिमाली क्षेत्र विकास केन्द्रको महिला र युवा दिगो शान्तिको आधार कार्यक्रम अन्तर्गतको जागृति शान्ति समूहको सकि्रयतामा गाउका १ सय भन्दा बढी महिला सहभागी र् यालीमा सरसफाई संबन्धि चेतनामुलक जानकारी लेखिएको प्लेकार्ड बोकेर गाउँमा सरसफाइका लागि चेतना फैलाइएको थियो ।
महिलाहरुले गाविस भवनबाट सुरु गरेका र् याली पोखरी हटिया हुदै खल्तुपानीमा पुगेर समापन गरिएको थियो । सो र् यालीमा महिलाहरुले चर्पिमा मात्र दिशा गरौ घर आँगन सफा राखौ गाउँलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान सफल पारौ जस्ता शन्देश लेखिएको प्लेकार्ड बोकेका स्थानीय शिक्षिका कमला अधिकारीले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment