Wednesday, June 2, 2010

भीर माहुरीको मह शिकार गरिदै

७ जेठ २०६७
लोपोन्मुख भीर माहुरी संरक्षण तथा लेकाली जैविक विविधता जगेर्ना गर्ने उदेश्यले जिल्ल्ाा कृषि विकास कार्यलय लमजुङले जिल्लाको वाहुनडाडा २ को नाइचेमा पसर्ी भीर माहुरीको मह शिकार गरिने भएको छ । कृषि कार्यलयले आज पत्रकार सम्मेलनको आयोजना गरी लोपोन्मुख भीर माहुरीको वचाउ गर्ने र स्थानीय वासिन्दालाई मह काढ्ने तरीका सिकाउने उदेश्यले मह शिकार गर्न लागेको स्पष्ट पारेको छ ।
नाइचे स्थित भीर माहुरीको मह काढ्न २५ जना मह शिकारीलाई कृषि प्राविधिकले तालिम दिने कृषि कार्यलयले जनाएको छ । भीर माहुरीको मह शिकार गर्दा अदक्ष शिकारीहरुले माहुरीको महको गोला पुरै झिक्ने गोलामा आगो लगाउने कारणले भीर माहुरी लोप हुदैआएको बताउदै भीर माहुरीको मह शिकार गर्ने तरीका माहुरी वचाउ अभियानलाई प्रभावकारी वनाउन कृषि कार्यालयको अगुवाइमा मह शिकार गर्न लागिएको कृषि विकास कार्यलयका प्रमुख किशोरप्रसाद पन्तले बताउनुभयो ।
भीर माहुरीको मह शिकारका लागी जिल्ला स्थित सवै सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु साचारकर्मी स्थानीय आमा समूह सहित करिव एक सय जनाको सहभागीता रहने कृषि विकास कार्यलयलाई उधृत गर्दै सहकर्मी रामजी रानाले जानकारी दिनुभएको छ ।

No comments: