१७ जेठ २०६७
गोरखाका अधिकांश औषधी पसल तथा एग्रोभेटहरु अनियमित ढंगले साचालन भएका छन् । जिल्लाभित्र साचालित ९० प्रतिशत औषधी पसलहरु दर्ता नगरी साचालन भएको पाइएको छ । बिगत १० बर्षयता खुलेका औषधी पसलहरु कुनै पनि दर्ता नभएको हो । औषधी ब्यवस्था विभागको निरीक्षण शाखाले जिल्लाका मेडिकल तथा एग्रोभेको निरीक्षणपछि जिल्ला प्रशासन कार्यालयलाई बुझाएको प्रतिवेदनमा अधिकांश औषधी पसल दर्ता नगरी साचालन गरेको उल्लेख गरिएको छ ।
बिभागमा दर्ता भएर साचालन भएका अधिकांश पसलहरु पनि अनुमति लिने ब्याक्तिभन्दा अन्य ब्यक्तिले चलाएका छन् । जिल्लाका ९५ प्रतिशत औषधी पसलहरु दर्ता भएको ब्यक्तिभन्दा अन्य ब्यक्तिले र ठाउँमा साचालन गरिरहेको सिएमए संघ गोरखाका अध्यक्ष विनोद अर्यालले बताउनुभयो । जुन औषधी ऐन २०३५ र औषधी दर्ता नियमावली २०३८ अनुसार गैरकानुनी मानिन्छ ।
जिल्लाका ९० प्रतिशत औषधी पसलहरु गैरकानुनी रुपमा साचालन भएको जिल्ला स्वास्थ्य प्रमुख डा। गुणराज लोहनीले बताउनभयो । प्रत्येक गाविसमा दुईदेखि तीनवटासम्म औषधी पसलहरु अबैध रुपमा खुलेका उहाँले स्पष्ट पार्नुभयो । गाविस र बजार क्षेत्रका गरी करीब तीनसय औषधी पसलहरु अबैध भएको उहाँको अनुमान छ । जिल्ला औषधी अनुगमन समितिका अध्यक्ष समेत रहनुभएका डाक्टर लोहनीले सबै पसलहरुलाई असार मसान्तभित्र कागजात दुरुस्त राख्न सूचित गरिएको र नगरे कारबाही प्रकि्रया अगाडी बढाउने बताउनुभयो ।
उता पसल दर्ता गर्न नपाएका ब्याबसायीहरु भने बिभागले दर्ता प्रकि्रया रोक्का गरेकाले समस्यामा परेको बताएका छन् । बिभागले २०५६ सालदेखि नयाँ पसल दर्ता गर्न बन्द गरेकाले आफूहरुले दर्ता गर्न नपाएको उनीहरुको गुनासो छ । औषधी पसल राखेको पाँचबर्षसम्म पनि दर्ता गर्न नपाएको सदरमुकामको धारापानीमा मेडिकल साचालन गर्दै आएका भाइकाजी आलेले बताउनुभयो । सरकारले दर्ता प्रकि्रया बन्द गरेकाले पसल दर्ता गर्न नपाएको उहाँले दुखेसो गर्नुभयो । फार्मेसी र सिएमए बीचको बिबाद सरकारले समाधान गर्न नसकेकोले मेडिकल साचालनमा समस्या आएको ब्यावसायीहरुको भनाई छ ।
No comments:
Post a Comment