Thursday, June 3, 2010

सरसफाइ सप्ताह गोरखमा भब्य रुपमा मनाइने

२० जेठ २०६७
जेठ २२ देखि २८ गतेसम्मको सरसफाइ सप्ताह गोरखमा भब्य रुपमा मनाइने भएको छ । चर्पी बनाउनु छ प्रयोग गर्नु छ नबनाएकालाई सिकाउनु छ छिट्टै आफ्नो बस्तीलाई खुला दिशामुक्त बनाउनु छ भन्ने नाराका साथ मनाइने सप्ताहमा खानेपानी तथा सरसफाइका क्षेत्रमा काम गर्ने संघ सस्था र सरकारी निकायले बिभिन्न कार्यक्रम गर्ने भएका हुन् ।
जस अनुसार जेठ २२ गते गैह्र सरकारी संस्था महासंघको आयोजनामा सदरमुकाममा झाडु जुलुस निकाल्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जिल्ला शिक्षा कार्यालयले सरसफाई र हाम्रो स्वास्थ्य विषयक माध्यामिक स्तरिय निबन्ध प्रतियोगिता गर्ने रेडियो गोरखाले सरसफाई सबन्धि सचेतना कार्यक्रम गर्ने भएका छन् ।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटीले घैरुङमा सरसफाई संबन्धि कार्यक्रम गर्ने तुल्सी मेहर युनेस्को क्लबले लोकगीत प्रतियोगिता गर्ने पद्धति विकास सेवा केन्द्रले सौरपानीमा लोकनृत्य प्रतियोगिता गर्ने लगायतका कार्यक्रम छन् । स्थानीय विकास अधिकारी तथा जिल्ला खानेपानी तथा सरसफाई समितिका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरसफाई सप्ताहमा साचालन गरिने कार्यक्रमका विषयमा बिभिन्न संघ संस्थाका र सरकारी निकायका प्रतिनिधिहरुसंग छलफल गरिएको थियो ।

No comments: