१८ जेठ २०६७
गोरखा सदरमुकाममा आज युवा अडिटिङ कार्यक्रम भएको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तरगत साचांलित कार्यक्रममा जिल्लाका युवाहरुको अबस्थाका बारेमा छलफल भएको थियो । कार्यक्रम अन्तरगत १५ दिनभित्र विभिन्न गाविसमा युवाहरुको शैक्षीक ब्यबसायीक आर्थीक लगायतका अबस्थाका बारेमा सर्बेक्षण गरीने कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रमका जिल्ला संयोजक शिवहरी पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले युवा अडीटीङ कार्यक्रमले युवाहरुमा नयाँ साचांर थप्ने बताउनुभयो । कार्यक्रममा समीतीका जिल्ला सदस्य विपीनचन्द्र ढकालले जिल्ल्ाामा युवाको अबस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार यो बर्षमा यो कार्यक्रम सम्पन्न गर्दा अर्को बर्ष जिल्लामा युवा सुचना केन्द्र स्थापनाका लागी सहयोग पुग्नेछ ।
विभिन्न युवा क्लबमा आबद्ध ४० जनाको सहभागीता रहेको कार्यक्रममा गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष सुदीप नगरकोटी गोरखा फुटवल संघका अध्यक्ष हरीहर श्रेष्ठ जिविसका गोपी कोइराला किसान महासंघका कालीका ढकाल नेविसंघका श्रीकृष्ण पौडेल वाइसीएलका दिनेश तमु लगायतले युवाका अबस्थाका बारेमा आ आफ्नो भनाई राख्नुभएको थियो ।
No comments:
Post a Comment