Tuesday, June 15, 2010

एक महिने फेसन डिजाइनिङ तालिम समापन

१ असार २०६७
घरेलु तथा साना उद्योग विकास समिति गोरखाको आयोजना र गोरखा उद्योग वाणिज्य संघको सहयोगमा गोरखा सदरमुकाममा साचालित एक महिने फेसन डिजाइनिङ तालिम आज समापन भएको छ । समापन कार्यक्रममा तालिमका १८ जना सहभागीहरुलाई प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले प्रमाणपत्र वितरण गर्नुभएको छ । सो अवसरमा उहाँले तालिममा सिकेका कुराको उपयोग गरी ब्यावसायिकताको किास गर्न सहभागीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत गोकर्णराज जोशी पत्रकार शिव अपि्रय प्रथम उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष भगतबाबु जोशी प्रशिक्षक उज्वला कपाली सहभागी उमा अर्याल लगायतले मन्तब्य राख्नुभएको थियो ।

No comments: