Monday, June 14, 2010

विद्यार्थीहरुद्वारा सरसफाई सम्बन्धी घरदैलो कार्यक्रम

३० जेठ २०६७
विद्यालयको अगुवाईमा खानेपानी तथा सरसपाुई डिभिजन कार्यालयले संचालन गरेको घरदैलो अभियान अन्तर्गत मुच्चोक गाविस ४ को जनप्रभात प्राविले हिजो सेवा क्षेत्र भित्र घरदैलो कार्यक्रम गरेको छ । कार्यक्रममा विद्यालयमा गठीत बाल क्लब र शिक्षकहरुको सहभागिता रहेको थियो । कुल अठासी घरधुरी रहेको सो क्षेत्रमा हालसम्म ७२ घरमा शौचालय निर्माण भईसकेको र बाँकी १८ घरमा निर्माण भईरहेकोले घरदैलो अभियानपछि निकट भविष्यमा नै सो क्षेत्रलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने विद्यालयल जनाएको छ । सो घरदैलो कार्यक्रममा विद्यार्थीहरुले सरसफाई सम्वन्धी प्लेकार्ड तथा झाँकी समेत प्रस्तुत गरेका थिए ।

No comments: