Tuesday, June 15, 2010

मास हिस्टेरियाको समस्या नियन्त्रणमा आउँदै

१ असार २०६७
गोरखा आरुआर्बाङ्ग गाविसको इन्द्रकन्या निमाविमा दुइसातादेखि देखिएको मास हिस्टेरियाको समस्या नियन्त्रणमा आउन थालेको छ । विद्यालयमा दुइदिनदेखि विरामी संख्या बढेको छैन भने पुराना विरामीमा पनि समस्या दोहोरिन छाडेको शिक्षक राजकुमार लामाले बताउनुभयो ।
विद्यालयमा समस्या देखिएपछि अभिभाबकहरुको आग्रहमा विहानी समयमा कक्षा साचालन गर्न थालिएपछि विरामी नबढेको विद्यालयको भनाइ छ । दिउसोको समयमा गर्मी र घामका कारण समस्या आएको भन्दै विहानीमा पढाउन अभिभावकहरुले माग गरेपछि विहान ६ वजेदेखि साँढे ११ वजेसम्म पढाइ साचालन गरिएको प्रधानाध्यापक विक्रमबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
विहान पढाउन थालेपछि नयाँ विरामी नदेखिएको र पुरानालाई पनि समस्या दोहोरिन छाडॆको उहाँले बताउनुभयो । विरामी विद्यार्थीलाई विद्यालय नपठाउन आग्रह गरेको पनि उहाँले स्पष्ट पार्नुभयो । विद्यालयमा मास हिस्टेरियाको समस्या देखिएपछि आरुघाट प्राथमिक स्वास्थ्य चौकीको टोलीले स्वास्थ्य परीक्षण गरी फर्किएको थियो । त्यसपछि विद्यार्थीहरुलाई मास हिस्टेरियाको बारेमा जानकारी गराउने र स्वास्थ्य परीक्षणको काम पनि गरिएको छ । मास हिस्टेरियाले सो विद्यालयका २० भन्दा बढी छात्राहरु विरामी परेका थिए ।

No comments: