५ असार २०६७
खानेपानी डिभिजन कार्यालय गोरखाले निर्माण सम्पन्न गरेको खानेपानी योजना गोरखा खरिबोट ५ अपुनका बासिन्दाहरुलाई हस्तान्तरण गरेको छ । डिभिजन प्रमुख धु्रबमणि पौडेलले खरिबोट खानेपानी तथा सरसफाई उपभोक्ता समिति अपुन स्किमका अध्यक्ष कृष्णबहादुर घलेलाई हस्तान्तरण गनुर्वभएको हो । कूल २५ लाख ६० हजार ६१० रुपियुको लागतमा निर्माण सम्पन्न सो योजनामा नेपाल सरकारबाट २२ लाख ४९ हजार ९८० रुपियाँ र उपभोक्ता समितिबाट तीनलाख १० हजार ६३० रुपियाँ खर्चभएको थियो । योजना अन्तर्गत गाउँमा २० घनमिटरको एक र ४ घनमिटरको दुईवटा ट्याङ्की र २२ वटा सार्बजनिक धारा निर्माण गरिएको छ । योजनाबाट ७५ घरधुरीका ४५० जना लाभान्वित हुने भएका छन् । सोही अबसरमा स्थानीयको पहलमा डिभिजन कार्यालयद्वारा अपुन गाउँका ७५ घरपरिवारलाई खुल्ला दिसामुक्त घर घोषणा गरिएको डिभिजन कार्यालयका ईाजनियर इन्द्रप्रसाद बोहोराले बताउनु भएको छ ।
No comments:
Post a Comment