Thursday, July 1, 2010

विदेशीकै इसारामा सरकार ढलेको सभासद् पार्वती थापाको भनाई

१७ असार २०६७
अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय सदस्य तथा सभासद पार्वती थापाले माधव कुमार नेतृत्वको सरकार विदेशीको इशारामा बनेको र विदेशीकै इसारामा ढलेको बताउनु भएको छ । सभासद थापाले अनेमसंघ क्रान्तिकारीले आज गोरखा सदरमुकाममा गरेको नयाँ बन्ने संविधानमा महिलाका अधिकार विषयक एक दिन अन्तरकि्रया कार्यक्रममा यस्तो बताउनु भएको हो । उहाँले नयाँ बन्ने संविधानमा राज्य सत्ताको हरेका अंगमा महिलाको समान अवसर ग्यारेन्टी हुनुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि अनेमसंघ क्रान्तिकारीकी केन्द्रिय सचिवालय सदस्य सुशिला िसंखडाले चुलो र चौकोमा मात्र बसेर अहिलेको महिलाका भुमीका पुरा नहुने भन्दै अधिकारको लागि संघर्ष र त्याग आवश्य रहको बताउनु भएको छ ।
संगठनको गोरखा जिल्ला अध्यक्ष सरीता लामीछानेको अध्यक्षतामा भएको कार्यक्रममा संघकी केन्द्रीय सदस्य जानुका पौडेल बन्दना पाण्डे लगायतले मन्क्तव्य राख्नु भएको थियो । कार्यक्रममा ६०० जना महिलाको सहभागीता रहेको थियो ।

No comments: