२६ असार २०६७
गोरखा जिल्ला फुटवल संघ र लियो क्लब अफ गोरखावीच आज सदरमुकामको हरमटारी खेलकुद मैदानमा मैत्रीपुर्ण फुटवल खेल भएको छ । प्रतियोगितामा गोरखा जिल्ला फुटवल संघले लियो क्लब अफ गोरखालाई ३-० ले जितेको छ । फुटवल संघका तर्फबाट अध्यक्ष हरिहर श्रेष्ठ महासचिव दिपेन्द्र श्रेष्ठले गोल गरेका थिए । पहिलो हाफ २-० मा सकिएपनि दोश्रो हाफमा जिल्ला फुटवल संघका सरोज श्रेष्ठले गोल थप्दै खेललाई ३-० को नतिजामा पुर् याएका हुन् ।
सदरमुकाममा ठुलो पर्दामा विश्वकप २०१० को प्रदर्शनका लागि ब्यवस्थापन गरिरहेका दुई संस्थाले मैत्रीपुर्ण फुटवल खेल खेलेका हुन् । विश्वकप फुटवलका कारण संसार नै फुटवलमय भइरहेको अवस्थामा स्थानीय स्तरमा फुटवलप्रति आकर्षित गर्नका लागि प्रतियोगिता आयोजना गरेको लियो क्लबका अध्यक्ष शन्देश मास्केले बताउनुभयो ।
No comments:
Post a Comment