३१ असार २०६७
गोरखा नगरपालिका ९ विरेाचोकको रत्नराज्य माध्यामिक विद्यालयले यसवर्षको प्रवेशिका परीक्षामा उतीर्ण विद्यार्थीहरुलाई आज एक कार्यक्रम गरी विदाइ गरेको छ । सो विद्यालयबाट यसवर्षको प्रवेशिका परीक्षामा २ जना विशिष्ट १८ जना पहिलो र ९ जना दोश्रो श्रेणीमा उतीर्ण भएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नन्द बहादुर बगालेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य किशोरजंग थापा प्रधानाध्यापक रामबाबु श्रेष्ठ सहायक प्रधानाध्यापक ध्रुवकुमार श्रेष्ठ महालक्ष्मी उच्च माविका शिक्षक केदारमणि अर्याल प्रवेशिका परीक्षा उतीर्ण गर्ने छात्रा दिपा न्यौपाने र टोपबहादुर थापाले मन्तब्य राख्नुभएको थियो । सो विद्यालयबाट प्रवेशिका परीक्षा उतीर्ण गर्ने अधिकांश विद्यार्थीले ब्यवस्थापन संकाय अध्ययन गर्ने बताएका थिए ।
No comments:
Post a Comment