Friday, July 16, 2010

दलित गैर दलित विवाह गर्नेलाई प्रोत्साहन रकम उपलब्ध

३२ असार २०६७
यसवर्ष दलित गैर दलित विवाह गरेर गोरखामा चार जोडीले सरकारले उपलब्ध गराएको प्रोत्साहन रकम लिएका छन् । सरकारले गत वर्षको वजेट मार्फत दलित गैर दलित विबाह गर्नेलाई प्रोत्साहन रकम उपलब्ध गराउने नीति ल्याएपछि ४ जोडीले जिल्ला प्रशासन कार्यालयबाट १ लाख रुपियाँ लिएका प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले जानकारी दिनुभएको छ ।
अन्य ८ जोडीले पनि विवाह दर्ता गरेर प्रोत्साहन रकम लिने तयारीमा रहेका उहाँले बताउनुभयो । हालसम्म प्रोत्साहन रकम लिनेहरुमा हंशपुरका दिपक विक र विनिता बराम धुवाकोटका मणिचन्द्र कंडेल र धनकुमारी सुनार आरुपोखरीका विक्रम गुरुङ र सुनिता परियार र ताप्लेका ठाकुरप्रसाद मग्राती र सुमित्रा भट्टराई रहनुभएको छ ।
सरकारले प्रोत्साहन रकम उपलब्ध गराउने नीति ल्याएपछि जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ता गराउने क्रम बढेको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो । प्रोत्साहन रकमले दलित र गैर दलितवीचको विवाहलाई प्रोत्साहन गरेको पनि उहाँले बताउनुभयो ।
त्यस्तै अन्तरजातीय विवाह गरेका तनहुँका ५ जोडीले सरकारले प्रोत्सहान स्वरुप दिने भनेको १ लाख रुपैयाँ पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख थमन िसंह थापाले जिल्लामा सरकारले निर्देशिका पठाउन ढिलाई गरेका कारण यस अगाडि त्यस्तो जोडीलाई रकम वितरण गर्न नसकिएको वताउनुभयो । अहिले भने अन्तरजातीय विवाह गरेका १ जोडीको आवश्यक कागजात पुगेर दर्ता प्रकि्रया समेत सकिएको र अन्य तिन जोडीको समेत दर्ता प्रकि्रया अगाडि बढेकाले साउन महिना भित्र ती जोडीले सरकारले दिने १ लाख रुपैयाँ पाउने भएको जिल्ला प्रशासन कार्यालय तनहुँका मुद्दा शाखाका गोविन्द खनालले बताउनुभयो ।

No comments: