२२ असार २०६७
गोरखाको लाप्राक रुप्चेतखर्कमा चिज उद्योग बन्ने भएको छ । फ्रान्सका नागरीक स्टेल लुक्सको साढे २ लाख र स्थानीय बासीन्दाको साढे २ लाख गरी ५ लाखको लागतमा उद्योग स्थापना गर्न लागीएको स्थानीय राज गुरुङले जानकारी दिनुभएको छ । उद्योग स्थापनाका लागी स्थानीय बौद्ध युवा क्लबका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समीती गठन गरीएको छ । कृषकहरुको आयआर्जन बढाउने उदेश्यले उद्योग स्थापना गर्न लागीएको स्थानीय गुरुङले बताउनुभएको छ ।
हिउचुली लाप्राक युवा समुह बाल समुह र लालीगुराँस युवा समुहले संयुक्त रुपमा लाप्राकको पालावाङ खोलामा बृक्षारोपण गरेको छ । समुहका १२० सदस्यहरुले ८ सय बासँको निगालो रोपेका हुन् । वृक्षारोपणपछी उनीहरुले जाडरक्सी सेवनले पार्ने असरका बारेमा जनचेतनामुलक नाटक प्रस्तुत गरेका थिए ।
No comments:
Post a Comment