३२ असार २०६७
अन्तराष्ट्रिय न्याय दिवशको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र गोरखाले अन्तराष्ट्रिय फौजदारी अदालत रोम विधान अनुमोदनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । रोम विधान अन्तरगत गठन भएको अन्तराष्ट्रिय फौजदारी अदालतले अन्तराटि्रय कानुनद्धारा परिभाषित आमसंहार मानवता विरुद्धको अपराध युद्ध अपराधजस्ता गम्भीर अपराधमा संलग्न ब्याक्तिलाई जवाफदेही बनाउनुका साथै पीडितका लागि न्याय सुनिश्चित गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
अन्तराष्ट्रिय फौजदारी अदालतको स्थापनाले अदालतको क्षेत्राधिकार कटौती र हस्तक्षेप नहुने र दण्डहिनता अन्त्यका लागि सकारात्मक परिवेश निर्माण गर्न सहयोग पुर् याउने भएकाले नेपालको मानव अधिकार संरक्षणका लागि रोम विधान अनुमोदन गर्नु आवश्यक भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सो ज्ञापनपत्र आज एक कार्यक्रमका वीच इन्सेक जिल्ला प्रतिनिधि भीमलाल श्रेष्ठले प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेलाई हस्तान्तरण गर्नुभएको हो ।
No comments:
Post a Comment