३१ असार २०६७
स्थानीय शान्ति समिति गठन हुन नसक्दा द्वन्द्व प्रभावितहरुलाई कठिनाइ भएको भन्दै शान्तिका लागि नागरिक समाजको साजाल गोरखाले अविलम्ब शान्ति समिति गठनका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ । साजालले आज प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेलाई एक ज्ञापनपत्र बुझाइ विगतमा जिल्लामा भएको क्षति र द्वन्द्वको असरलाई दृष्टिगत गरी अविलम्ब शान्ति समिति गठनका लागि पहल गर्न आग्रह गरेको हो ।
साजालका संयोजक चुडामणि शर्माद्धारा हस्तान्तरण गरिएको ज्ञापनपत्रमा अन्य जिल्लामा शान्ति समिति गठन भइ शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउन टेवा पुर् याइरहेको अवस्थामा गोरखामा पटक पटक अनुरोध गर्दा पनि पहल हुन नसकेको उल्लेख गरिएको छ । सो ज्ञापनपत्रमा प्रमुख जिल्ला अधिकारीले तत्काल अविलम्ब पहल गरेर शान्ति समिति गठन गर्न नसकेमा विरोधका कार्यक्रमहरु पनि साचालन गर्ने उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी काफ्लेले सबै दलहरु शान्ति समिति गठन गर्न सकारात्मक नभएकाले बैठक बोलाउनुको अर्थ नहुने बताउनुभयो । शान्ति समिति गठनका संबन्धमा एकीकृत माओवादीले केन्द्रमा दलहरुवीच सहमति नभएसम्म गठन हुन नसक्ने कुरा सार्वजानिक कार्यक्रममा बताइसकेकाले तत्काल गठनको संभाबना नरहेको उहाँले स्पष्ट पार्नुभयो । दलहरुको औपाचारिक बैठक नराखेपनि अनौपचारिक रुपमा भएका छलफलमा गठन हुने संभाबना नदेखेकाले पहल हुन नसकेको प्रजिअ काफ्लेले बताउनुभयो ।
उहाँले नागरिक समाजको पहलमा दलहरु र प्रशासन समेतको छलफल कार्यक्रम आयोजना हुन सकेमा निकास निस्कन सक्ने आशा ब्यक्त गर्नुभयो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा साजालमा आवद्ध जिल्लाका बिभिन्न मानव अधिकारवादी संघ संस्थाहरुको सहभागीता रहेको थियो ।
No comments:
Post a Comment