Wednesday, April 28, 2010

कोरीयाली पर्यटकहरु बेपत्ता

१४ बैशाख २०६७
मनासलु हिमाल आरोहण गर्न आएका दुईजना कोरीयाली पर्यटकहरु अस्तिदेखि मनासलु हिमाल क्षेत्रमा वेपत्ता भएका छन् । मनासलु हिमाल आरोहण गर्न चैत २० गते सिर्दिवासबाट सामागाउँको वेसक्याम्पतर्फ लागेका ४ जना कोरियाली पर्यटक र दुइ नेपालीमध्ये दुई कोरियाली वेपत्ता भएको प्रहरीले जनाएको छ । आरोहण टोलीमा सहभागी ४ कोरियाली र दुइ नेपालीलाई भने हिजॊ हेलिकप्टरले उद्धार गरीएको छ । हराएकाहरुलाई हेलिकप्टर मार्फत उद्धार टोलीले खोजी गर्दा एकजनाको शब हिउ क्षेत्रमा फेला परेको प्रहरी नायब उपरीक्षक विष्णु केसीले जानकारी दिनुभएको छ । एकजनाको अवस्था अझै थाहा नभएको र दुवैजनाको नाम नखुलेको प्रहरीले जनाएको छ । हराएकाहरुको खोजी कार्य आज पनि भइरहेको प्रहरीले जनाएको छ । पर्यटकहरु मनासलु हिमाल आरोहणका लागि गएको बारे जानकारी भएपनि वेपत्ता भएको बारे प्रहरीले पनि उद्धार गर्न हेलिकप्टर आएपछि मात्र थाहा पाएको थियो ।

No comments: