Thursday, April 15, 2010
विना राजस्व बहुमुल्य जडीबुटी चोरी निकासी
गोरखाको सिर्दिवास गाविसको भन्सार कार्यालय १२ वर्षदेखि बन्द हुदा बहुमुल्य जडीबुटी विना राजस्व चोरी निकासी भइरहेको छ । भन्सार कार्यालय नहुदा स्वीकृत तथा प्रतिबन्धित जडिबुटीहरु राजस्व नतिरी तिब्बत र भारततर्फ निकासी भएको स्थानीय वासिन्दाले बताएका छन् । उनीहरुले संकलन तथा छुटपुर्जी नलिई यासा्रगुम्बा जटामसी निरमसी चिराइतो बिख तथा संकलन र बेचबिखनमा प्रतिबन्ध लगाइएको कस्तुरी ओतको छाला बाघको छाला सतुवा कुड्की पाँचऔले लगायतका जडीबुटी अबैध रुपमा लैजाने स्थानीयले दुखेसो गरेका छन् ।
अत्याधिक जडिबुटी पाइने उत्तरी गोरखाबाट एक सिजनमा १० देखि १५ क्वीण्टल चिराइतो दुई क्वीण्टल पाँचऔँले चार क्वीण्टल निरमसी ३० क्वीण्टल बिख १५÷२० क्वीण्टल कुड्की सोही परिमाणको बनलसुन १५ क्वीण्टल जटामसी र एक क्वीण्टल यासा्रगुम्बा निकासी भएको सिर्दिवासका बलबहादुर गुरुङले जानकारी दिनुभएको छ ।
गोरखाको सिर्दिबास ल्हो प्रोक चुाचेत बिही सामागाउँ र छेकम्पार लगायतका गाविसबाट राजस्व छली वर्षेनी ५० करोड भन्दा बढी मूल्यपर्ने जडिबुटी निकासी हुने ब्यवसायी लालबहादुर गुरुङ्गले बताउनुभयो । २०५४ सालदेखि बन्द रहेको यहाँको लार्के भन्सार अझै खुल्न सकेको छैन । कार्यालयमा दरबन्दी कायम गरी कर्मचारीहरु भने जिल्ला प्रशासन कोष तथा लेखा नियन्त्रण कार्यालय अरु भन्सार कार्यालय तथा अर्थमन्त्रालयमा काम गर्दै आएका छन् । कर्मचारी अभावमा लार्केभन्सार बन्द भएको प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले बताउनुभयो ।
देशभित्र जाने जडीबुटीको राजस्व स्थानीय निकायले उठाउने र देश बाहिर जाने जडीबुटीको राजस्व संकलन भन्सार कार्यालयले गर्ने कानुनी ब्यवस्था छ । स्थानीय स्वायत्त शासन ऐन अनुसार ती जडिबुटी संकलन गर्ने पुर्जी दिन निकासी गरेवापत राजस्व उठाउन गाविसलाई जिम्मा दिएपनि सचिव गाउँमा नहुदा राजस्व उठ्न नसकेको स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो । यस क्षेत्रबाट २०५५ सालभन्दा पहिले ३० लाख रुपियाँ भन्दा बढी आम्दानी हुने सो भन्सार कार्यालयमा त्यसपछि एकलाख रुपियाँ मात्र राजस्व उठेको जिल्ला विकास समितिको तथ्याङ्कले देखाएको छ ।
गाविसहरुमा लोकतान्त्रिक संवाद कार्यक्रम सुरु
नेपाल मगर संघ गोरखाले हिजोदेखि गाविसहरुमा लोकतान्त्रिक संवाद कार्यक्रम सुरु गरेको छ । संविधान सभाको विषयगत समितिका कुराहरु स्थानीय वासिन्दालाइ जानकारी गराउने उद्देश्यले साचालित कार्यक्रममा विषयगत समितिको प्रतिवेदनमा नसमेटिएका कुराहरु समेट्ने पहल गर्ने मगर संघका अध्यक्ष अशोक रानामगरले बताउनुभयो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीको सहयोगमा साचालित कार्यक्रम बैशाख महिनाभर साचालन हुने र सहजकर्ताहरुले हरेक गाविसमा अन्तरकि्रर्या गर्ने उहाँले बताउनुभयो ।
लोकतान्त्रिक संवाद हिजो आरुपोखरी गाउँ विकास समितिबाट सुरु भएको हो । सो अवसरमा स्थानीयले सीमान्तकृत समुदायको भाषाको संरक्षण दलित र महिलाहरुको हितमा वनेका कानुनहरुको कार्यान्वयन हुनुपर्ने लगायतका कुराहरु संविधानमा समेट्नुपर्ने बताएका सहजकर्ता उमेशबहादुर थापामगरले जानकारी दिनुभएको छ । स्थानीयले संघीयतामा प्रदेश विभाजन गर्दा जातियतामा नभइ जनसंख्याको आधारमा गरिनुपर्ने पनि बताएका थिए ।
अश्राङमा एक महिने मुढा बुनाइ तालिम सुरु
स्वास्थ्य सुधार समूह गोरखा र अश्राङको चण्डेश्वरी महिला वचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा हिजोदेखि अश्राङमा एक महिने मुढा बुनाइ तालिम सुरु भएको छ । सहकारीकी अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय खडानन्द ढकाल जनजागृति प्राविका प्रधानाध्यापक खडानन्द भट्ट महिला प्रतिनिधिहरु माजु थापा सुमित्रा भन्तना पानमाया िसंखडा लगायतले मन्तब्य राख्नुभएको थियो ।
तालिममा अश्राङका १२ महिलाहरु सहभागी भएका स्वास्थ्य सुधार समितिका अध्यक्ष नवराज पोखरेलले जानकारी दिनुभएको छ ।
अन्तरकि्रर्या कार्यक्रम साचालन
सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्यका लागि साचालित समता र पहुँच कार्यक्रमले हिजो मिरकोट उपस्वास्थ्य चौकीम्ाा अन्तरकि्रर्या कार्यक्रम साचालन गरेको छ । सामुदायिक सेवा प्रतिष्ठान नेपाल र जिल्ला स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा साचालित सो कार्यक्रममा उपस्वास्थ्य चौकी प्रमुख रामचन्द्र पाण्डे स्वास्थ्य कार्यालयका विष्णु गुरुङ प्रतिष्ठानका भेषबहादुर खड्का लगायतले मन्तब्य राख्नुभएको थियो । उपस्वास्थ्य चौकी ब्यवस्थापन तथा समन्वय समितिका टंकबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्वास्थ्य चौकी ब्यवस्थापन समितिका सदस्यहरु अनुगमन समिति सदस्यहरु विद्यालयका शिक्षकहरु रेडक्रस उपशाखाका कर्मचारीहरु राजनीतिक दलका प्रतिनिधहरु लगायत सहभागी थिए ।
शुभकामना आदान प्रदान
नयाँ वर्ष २०६७ सालको अवसरमा नेपाल राष्ट्रिय कर्मचारी महासंघ गोरखाले आज शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित सरकारी कर्मचारी राजनीतिक दलका नेताहरु तथा नागरिक समाजका प्रतिनिधिहरुले २०६६ साल उपलब्धीहिन भएको भन्दै नयाँ वर्षलाई उपलब्धिमुलक बनाउन सबै आआफ्नो ठाउँबाट सकि्रय हुनुपर्ने धारणा राखेका थिए ।
महासंघका अध्यक्ष टोप बहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले एकिकृत माओवादीका इन्चार्ज कृष्ण धिताल गोरखा क्याम्पसका प्रमुख डाक्टर लेखनाथ शर्मा कर्मचारी मिलन केन्द्रका अध्यक्ष कृष्ण प्रसाद वस्ती मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य स्थानेश्वर दुवाडी राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रका अध्यक्ष यादव शर्मा नेपाल जिामति कर्मचारी युनियनका अध्यक्ष ऋषिराम ढकाल महासंघका उपाध्यक्ष ऋषिराम खत्री लगायतले मन्तब्य राख्नुभएको थियो ।
४ जना सम्मानित
गोरखा बुंकोटकॊ छापथोक कल्याणकोषले नयाँ वर्ष तथा सस्थांको दशौ स्थापना दिवसको अबसरमा ४ जनालाई सम्मान गरेको छ । सम्मानीत हुनेहरुमा कोषका ज्येष्ठ नागरीकद्धय एकबहादुर श्रेष्ठ र कालीमायाँ श्रेष्ठ आमाको काजक्रीया गर्ने कोषकी पहीलो महीला ठुलीमैयाँ श्रेष्ठ र सस्थांका कोषाध्यक्ष ओमप्रकाश श्रेष्ठ रहनुभएको छ । सम्मान कार्यक्रममा सस्थांका सदस्य ओमबहादुर खडका आमा समुहका अध्यक्ष फुलमाया श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको सस्थांका अध्यक्ष पुर्णकुमार श्रेष्ठले बताउनुभएको छ ।
तालीम सम्पन्न
गोरखाको हर्मी गाविसमा साचांलीत बालमैत्री कक्षा साचांलन सम्बन्धी ७ दिने तालीम आज सकीएको छ । स्थानीय सरस्वती प्राथमीक विद्यालयको आयोजनामा भएको तालीममा गाविस भित्रका ७ विद्यालयमा इसीडी र प्रावि तहमा अध्यापन गराउने १५ जना शिक्षक शिक्षीका सहभागी भएका थिए । तालीममा लमजुङको भोटेओढार श्रोतकेन्द्रका श्रोतब्यक्ति विश्व देबकोटाले बालबालीकालाई सीकाउने तरीका शैक्षीक सामाग्री निर्माण लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । तालीमको समापन कार्यक्रममा सरस्वति प्राथमीक विद्यालयका संस्थापक इश्वरीप्रसाद सापकोटालाई सम्मान गरीएको विद्यालयकी प्रधानाध्यापक रमनादेबी ढकालले जानकारी दिनुभएको छ ।
बालक्लबद्धारा लोकनृत्य प्रतियोगिता साचालन
नयावर्ष २०६७ सालको अवसरमा गोरखाको हंशपुर गाविस ४ काफलडाडाँमा वालवालिकाले हिजो लोकनृत्य प्रतियोगिता साचालन गरेका छन् । स्थानीय नवशक्ति वालक्लबले आयोजना गरेको प्रतियोगितामा सुर्योदय युवा क्लब माझीगाउँ पहिलो जनभावना आमा समूह दोश्रो र आयोजक क्लब तेश्रो भएको अध्यक्ष केशब दवाडीले जानकारी दिनुभएको छ । सोही अवसरमा क्लबले १५ सय मिटर दौड पनि आयोजना गरेको थियो जसमा अनन्त अधिकारी पहिलो किशोर अधिकारी दोश्रो र केशव दवाडी तेश्रो हुनुभएको छ । क्लबले सरसफाई शिक्षा र स्वास्थ्य संबन्धि चेतनामुलक र मनोराजनात्मक कार्यक्रम पनि साचालन गरेको अध्यक्ष दुवाडीले बताउनुभयो । सोही अवसरम वालवालिकाहरुका लागि विस्कुट टिप्ने खेल चकलेट दौड लगायतका प्रतियोगिताहरु पनि साचालन गरिएको थियो ।
विद्यालय भवन निर्माणका लागि ३२ लाख रुपियाँ सहयोग
१ बैशाख २०६७
फ्रान्सेली संस्था लेजामी द लाप्राकले गोरखाको उहियाको पार्वती निमाविलाई १० कोठे विद्यालय भवन निर्माणका लागि ३२ लाख रुपियाँ सहयोग गरेको छ । सन् २०११ सम्ममा निर्माण पुरा हुने लक्ष लिएको निर्माणाधिन भवनको आज संस्थाका अध्यक्ष कि्रस्चय गिमोले अवलोकन गर्नुभएको छ ।सो अवसरमा स्थानीय तातोपानी महिला समूह गणेश हिमाल महिला समूह र विद्यालयका विद्यार्थीहरुले बिभिन्न सांंस्कृतिक कार्यक्रम र झाँकी प्रदर्शन गरी गिमोको स्वागत गरेका थिए । सो अवसरमा उहाँले आफुलाई विकट गाउँका विद्यालयमा सहयोग गर्न पाउदा खुशी लागेको भन्दै अन्य विद्यालयमा पनि सहयोग गर्दै जाने आश्वासन दिनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजमान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त प्रधानाध्यापक मिनबहादुर सुनार विद्यालयका भूपू शिक्षक तथा गणेश हिमाल एशोसिएशनका अध्यक्ष विनोद अधिकारी बद्री अधिकारी लगायतले मन्तब्य राख्नुभएको थियो ।
ट्रक दुर्घटनामा ३ जना गम्भीर घाइते
गोरखाको हंसपुर गाविस ९ मा हिजो भएको ट्रक दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । लमजुङको विचौरबाट गोरखाको भच्चेक आउँदै गरेको ग १ क १३९० नंबरको ट्रक बाटोभन्दा १५ मिटर तल खस्दा हंसपुर २ का १३ वर्षिय निराजन अधिकारी सोही ठाउँका ११ वर्षिय सफल अधिकारी र ट्रक धनी खरिवोट गाविस ९ का सुरेन्द्र श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेमध्ये निराजनको दुबै खुट्टा भाँचिएको र टाउकोमा चोट लागेको सफलको निधारमा चोट लागेको र कानबाट रगत आएको छ भने गाडी धनी श्रेष्ठको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुको ललितपुरको बी एण्ड बी अस्पतालमाउपचार उपचार भइरहेको प्रहरी नायब निरीक्षक मेघराज थापाले जानकारी दिनुभएको छ । ट्रक दुर्घटनाको कारण खुल्न सकेको छैन । उता तनहुँको आँबुखैरेनीमा आफ्नै ट्रकले च्यापिएर सहचालकको मृत्यु भएकेा छ । विहान करिब १ बजे भएको दुर्घटनामा परी मृत्यु हुनेमा सहचालक मकवानपुर जिल्ल्ाा हेटौंडा ९ निवासी २५ बर्षिय रवि भण्डारी रहेका छन् । ट्रकले च्यापेर तत्काल घटनास्थलमै ज्यान गुमाएका उनको शव क्रेन लगाएर घटना भएको केही समयपछि झिकिएकेा प्रहरीले जनाएको छ ।
गोरखामा संचालित कक्षा ८ को जिल्लास्तरीय परीक्षामा दुइतिहाइ परीक्षार्थी उतीण
गोरखामा यसबर्ष साचालित कक्षा ८ को जिल्लास्तरीय परीक्षामा दुइतिहाइ परीक्षार्थी उतीर्ण भएका छन् । कुल ६ हजार ८ सय १८ जना सहभागी परीक्षामा ५ हजार १ सय ६७ जना उतीर्ण भएका जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जसमा ३३ जना विशिष्ट ५ सय ३३ जना प्रथम ३ हजार चार सय ६५ जना द्धितीय र एक हजार एक सय ३६ जना तृतिय श्रेणीमा उत्र्तिण भएका कार्यालयले जनाएको छ । परीक्षामा मोर्डन इङलीस बोर्डीङ स्कुल पाटेचौरका दिनेश महतोले ८७ दशमलब ४३ प्रतिशत ल्याएर सर्वोत्कृष्ट हुनुभएको छ । यस्तै नेप्लीज एडभान्स बोर्डीङ स्कुल आरुघाटका कुसुम श्रेष्ठले ८७ प्रतिशत ल्याइ द्धितीय र द वल्ड क्यापीटल इङलीस बोर्डीङ स्कुल रानीबनकी कविता गुरुङ ८६ दशमलब ७२ प्रतिशत ल्याएर तृतिय हुनुभएको छ ।परीक्षामा सामुदायीक विद्यालय अन्तरगत नवजागृति चण्डी माध्यामीक विद्यालय अश्राङका सन्तोष पाण्डे सर्वोत्कृष्ट हुनुभएको छ । उहाँले ८६ दशमलब २९ प्रतिशत अकं ल्याउनुभएको छ । परीक्षाथीहरुमध्ये ८२ जना अनुपस्थित भएका थिए ।
नयाँ बर्षमा पश्चिमकाली तथा खड्गदेवी मन्दिर ब्यवस्थापन एवं संरक्षण समितिको पाँचौ वार्षिक उत्सव
गोरखाको पश्चिमकाली तथा खड्गदेवी मन्दिर ब्यवस्थापन एवं संरक्षण समितिको पाँचौ वार्षिक उत्सव हिजो मनाइएको छ । सदरमुकामको पश्चिममा गोरखा नगरपालिका वडा नंबर ४ मा पर्ने पश्लाङमा मन्दिर स्थापना भएको ५ वर्ष पुगेको उपलक्षमा मन्दिर ब्यवस्थापन समितिले हिजो विशेष कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा स्थानीय युवा क्लब र टोल सुधार समितिले पनि स्थानीय कला संस्कृति र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ । संरक्षण समितिका अध्यक्ष शारदाप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पश्चिमकाली मन्दिर परिसरमा प्रतिक्षालय निर्माण गर्ने नगरपालिका वडा नंबर ४ संख नारायाण श्रेष्ठलाई सम्मान गरिएको थियो । स्थानीय समाजसेवी तथा वयोवृद्ध कवी नेत्रमणि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा गोरखा क्याम्पसका प्राध्यापक यादव शर्मा स्थान्ीय समाजसेवी कृष्णमान श्रेष्ठ संस्थाका सचिव बाबुराम रोका लगायतले मन्तब्य राख्नुभएको थियो । सो कार्यक्रममा साहित्य संगम गोरखाको समन्वयमा गोरखाली कविहरुले नयाँ वर्षको सन्दर्भमा आआफ्नो कविता वाचन गर्नुभएको थियो । सो अवसरमा वयोवृद्ध कवि नेत्रमणि आचार्य गोरखाली काँइला खेमराज शर्मा प्रयास श्रेष्ठ कृष्ण महत लगायतले कविता र गजल वाचन गर्नुभएको थियो । सो ठाउँमा मन्दिर स्थापना भएपछि हरेक वर्ष नयाँ वर्षको दिन सांस्कृतिक कार्यक्रम गरी नयाँ वर्ष वार्षिक उत्सव मनाउने परम्परा वसेको संरक्षण समितिका कोषाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
असिनाले बालीनाली नष्ट
१ बैशाख २०६७
गएराती परेको भीषण वर्षासंगै परेको असिनाले गोरखाको घ्याच्चोक गाविसको धनसीरा क्षेत्रमा वालीनाली नष्ट पारेको छ । वेलुकी ३ वजेदेखि लगातार ४ घण्टासम्म परेको असिनापानीले स्थानीयको मकै जौ र आलु नष्ट पारेको स्थानीय दुर्गामान गुरुङले जानकारी दिनुभएको छ । असिनापानीले गोडिसकेको अवस्थाको मकै नष्ट पार्दा वडा नंबर ८ र ९ का ८० घर किसानहरु नोक्शानमा परेका उहाँले बताउनुभयो । सो क्षेत्रको मुख्य वालीको रुपमा रहेको मकैवाली नष्ट पारेपछि आगामी वर्ष खाद्यान्न अपुग हुने गुरुङले बताउनुभयो ।
मानव अधिकार तालिम सम्पन्न
ग्रामीण सुदृढिकरण केन्द्र गोरखाको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको सहयोगमा राजनीतिक दलका कार्यकर्ताहरुका लागि साचालित दुइदिने मानव अधिकार तालिम आज समापन भएको छ । तालिममा गोरखाका कि्रयाशिल बिभिन्न राजनीतिक दलका २४ जना सहभागी भएका थिए । तालिममा सातठुला महासन्धी मानव अधिकारको विश्वब्यापी घोषणापत्र अन्तराष्ट्रिय फौजदारी अदालत रोम विधान संक्रमणकालीन न्याय पुनर्एकीकरण तथा मेलमिलाप मानव अधिकार शान्ति निर्माण तथा कानुनी शासनमा राजनीतिक दलको भुमिका विषयमा इन्सेक जिल्ला प्रतिनिधि भीमलाल श्रेष्ठ र मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य स्थानेश्वर दुवाडीले सहजीकरण गर्नूभएको थियो । संस्थाका अध्यक्ष भीमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य दुवाडीले तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका पंफा गान्धारी र श्रीकृष्ण पौडेल नेकपा एमालेका सम्झना थापामगर र चन्द्रबहादुर भुजेलले मन्तब्य राख्नुभएको थियो ।