Saturday, May 15, 2010

बन्दे मणिकामदेवी मावि आजदेखि साचालनमा आउने

२ जेठ २०६७
शिक्षिका हत्यापछि बन्द रहेको गोरखा लाप्राकको मणिकामदेवी मावि आजदेखि साचालनमा आउने भएको छ । सोही विद्यालयमा अध्यापन गराउदै आएकी शिक्षिका विष्णुमाया ढकालको हत्यापछि अन्य गाविसबाट जाने शिक्षकहरुले सुरक्षाको प्रत्याभुति नभएसम्म पठन पाठन गराउन नसक्ने भन्दै विद्यालय बन्द गराएका थिए ।
हिजो विद्यालयमा भएको सर्वपक्षिय भेलाले बाहिरबाट आउने शिक्षक र विद्यालयमा सुरक्षाको प्रत्याभुति दिलाउने प्रतिवद्धता जनाएपछि विद्यालय साचालन गर्ने निर्णय भएको शिक्षक बद्री अधिकारीले जानकारी दिनुभएको छ ।
केही दिन अघि लाप्राककाएक युवकले पन्दु्रुङ घर भइ लाप्राक पढाउदै आएकी शिक्षिका ढकालको निर्ममतापुर्वक हत्या गरेका थिए । लाप्राक गाविस संयन्त्र प्रमुख सुनबहादुर गुरुङको अध्यक्षतामा वसेका बैठकमा एकिकृत माओवादी १२ इन्चार्ज जगत वारपाक प्रहरी चौकीका हवल्दार विष्णु खनाल प्रधानाध्यापक लोकबहादु गुरुङ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मारसि गुरुङ नेपाली कांग्रेसका नन्दलाल तमु माओवादीका किसान तमु वौद्ध युवा क्लबका धनबहादुर तमु शिक्षक वद्री अधिकारी लगायतको सहभागीता रहेको थियो ।

तौल नपुगेका दैनिक उपभोग्य सामग्री बिक्री गर्ने ब्यापारीलाई कारबाही गर्ने

१ जेठ २०६७
गोरखा उद्योग वाणिज्य संघले तौल नपुगेका दैनिक उपभोग्य सामग्री बिक्री गर्ने ब्यापारीलाई कारबाही गर्ने जनाएको छ । निर्धारित तौलभन्दा कम तौलको सामग्री बिक्री गरी उपभोक्ता ठगेको गुनासो उपभोक्ताबाट आएपछि संघको आजको बैठकले त्यस्ता ब्यापारीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।
गोरखा सदरमुकाम र मुख्य ब्यापारिक केन्द्रमा चामल आलु मल दाना प्याज लगायतका दैनिक उपभोग्य बस्तुहरुमा निर्धारित तौल नपाइएको भन्दै ब्यापारीहरुलाई निर्धारित तौलकै सामान बेच्न आग्रह संघले गरेको छ । संघले तौल घटाएर सामान वेचेको पाइएमा कारबाही गर्ने समेत निर्णय गरेको महासचिब जीवनज्योति श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि गोरखाबजारमा ३० किलोग्रामको चामलको बोरामा २७ किलो ५० किलोको आलुको बोरामा ४७ किलो २० किलोको प्याजको बोरामा १७ किलो ५० किलोको दानाको बोरामा ४७ किलो दाना बिक्री हुँदै आएको थियो । थोक बिक्रेताले बोरामा तौल घटाएर ग्रामीण क्षेत्रका ब्यापारीलाई बेच्ने गरेको पाइएको महासचिव श्रेष्ठले बताउनुभयो । संघले आगामी दिनमा चामल २५ र ३० किलो भन्दा घटाएर बेच्न नपाइने निर्णय गरेको छ त्यसैगरी रासायनिक मल ५० किलो दाना ५० किलो प्याज २० किलोभन्दा घटाएर बेच्न नपाइने निर्णय गरेको महासचिव श्रेष्ठले बताउनुभयो ।
सदरमुकामका पसलहरुमा भेटिएको रासायनिक मल गुणस्तरहिन नभएको ब्यापारीहरुले दावी गरेका छन् । उनीहरुले सरकारको अनुमति लिएर मात्र मल बिक्री गरेको दाबी गरेका छन् । टेण्डर प्रकि्रया अनुसार नेपाल सरकारको अनुमति लिएर मात्र मल बिक्री गरेकोमा केही दिन अघि गलत प्रचार भएको उनीहरुले बताएका छन् । रासायनिक मल बेच्ने शान्तमान श्रेष्ठ काजीराम श्रेष्ठ र श्याम जोशीले सम्बन्धित निकाय प्रशासन र पत्रकारहरुसँग स्पष्टीकरण दिन बातावरण मिलाइदिन उद्योग वाणिज्य संघलाई आग्ह गरेका छन् । केही दिन अघि जिल्ला कृषि विकास कार्यालय र प्रशासनले अनुगमन गर्दा उहाँहरुको पसलमा भेटिएको मल गुणस्तरहीन भन्दै विक्रीका लागिप प्रतिबन्ध लगाएको थियो ।

बालबालिकाहरु बाल विकास केन्द्रतर्फ आकर्षित

१ जेठ २०६७
लमजुङको विकट फनेनीका बालवालिकाहरु आजभोली बाल विकास केन्द्रतर्फ आकर्षित हुन थालेका छन् । फलेनी गाविस वडा नम्बर ३ फलेनी गाउँमा रहेको शिशुस्याहार बालविकास केन्द्रमा अहिले ५४ जना वालवालिका दैनिक रुपमा पढ्ने गर्छन् ।
सरकारको सहयोगमा वालवालिकालाई निशुल्क पोशाक उपलब्ध गराईएपछि वालविकास केन्द्रमा झनै चाप बढेको छ ।
२०६३ सालमा स्थानीयबासिन्दाको सकि्रयतामा साचालन गरिएको शक्ति शिशुस्याहार वालविकास केन्द्रमा स्थापना कालमा न्यून संख्यामा बालवालिका उपस्थित भएपछि स्थानीयवासिन्दाले घरघरमा बालवालिका जम्मा पार्ने अभियान थालेका थिए ।
स्थानीयवासिन्दाको सकि्रयतामा स्थापना गरिएको बाल विकास केन्द्रमा अहिले तीनजना कर्मचारीद्धारा बालबालिकालाई सेवा प्रदान गर्दै आएकाछन् ।
वालवालिकालाई रचनात्मक कि्रयाशील सिर्जनशील जिज्ञासु बनाउन वालविकास केन्द्रले मद्दत पुर् याउने भएकोले अभिभावकको आर्कषण पनि वालविकास केन्द्रमा बढ्दै गएको छ ।

तेह्र प्राविले पायो निमावि तहको अनुमति

१ जेठ २०६७
यसवर्ष गोरखाका १३ विद्यालयले निम्न माध्यामिक तहको पठन पाठन अनुमति पाएका छन् । भौतिक पुर्वाधार श्रोत साधन र विद्यार्थी संख्या पुर् याएका प्राथमिक विद्यालयलाई निम्न माध्यामिक तहको अनुमति दिएको शिक्षा कार्यालयले जनाएको छ । अनुमति पाएका सबै विद्यालयले यसै शैक्षिक सत्रदेखि ६ कक्षाको पढाइ साचालन गरिसकेका छन् ।
शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को चौथो संसोधन २०६६ अनुसार प्रकि्रया पुर् याएर आएका विद्यालयलाई जिल्ला शिक्षा समितिको निर्णयले माथिल्लो तहको अनुमति दिएको शिक्षा कार्यालयका शाखा अधिकृत बाबुराम देवकोटाले जानकारी दिनुभएको छ ।
विद्यालयले तह वृद्धिका लागि दिगो आर्थिक ब्यवस्था जनशक्तिको अवस्था आमभेलाको निर्णय समान तहको विद्यालयको सिफारिश आदि पेश गर्नुपर्ने ब्यवस्था रहेको उहाँले बताउनुभयो । यसवर्ष निम्न माध्यामिक तहको अनुमति पाउनेमा घ्याल्चोकको चण्डेश्वरी प्रावि भुम्लीचोकको तोमनडाडाँ प्रावि फुजेलको अकला प्रावि र वटुकी प्रावि नाम्जुङको सरस्वती प्रावि सिम्जुङको जीवनज्योति प्रावि र छोप्राकको सर्वोदय प्रावि रहेका छन् ।
त्यसैगरी श्रीनाथकोटको श्रीनाथकोट प्रावि मुच्चोकको मुच्चोकटार प्रावि मसेलको कनकामना प्रावि सदरमुकामको अन्नपुर्ण अंग्रेजी आवसिय विद्यालय बुंकोटको न्यु होराइजन एकेडेमी र गाइखुरको गोरखा मोर्डन स्कुलले पनि निम्न माध्यामिक तहको अनुमति पाएका छन् ।

जीप पल्टिदा चालक घाइते

१ जेठ २०६७
तनहुँको डुम्रेबजारबाट गोरखाको हर्मी गाविसको निमारेतर्फ यात्रु लिएर जाँदै गरेको जीप आज दिउँसो साँढे ४ वजेतिर पालुङटार १ भण्डारथोकमा पल्टिदा चालक घाइते भएका छन् । दुर्घटनामा परी वसका चालक प्रकाश श्रेष्ठ घाइते भएको र उहाँ अचेत अवस्थामा रहनुभएको स्थानीय सीताराम गुरुङले जानकारी दिनुभएको छ ।
उहाँको ठाँटीपोखरीको स्वास्थ्य संस्थामा उपचार भएको उहाँले बताउनुभयो । सामान र यात्रु लिएर गुडेको ग १ ज ४६ ४१ नंबरको जीप अत्याधिक चाप भएकाले सडक छेउमा नै पल्टेको स्थानीयको अनुमान छ । दुर्घटनामा जीपमा सवार अन्य यात्रुहरु भने घाइते नभएका गुरुङले बताउनुभयो । डुम्रेबाट हर्मी जाने दुइवटा वसमध्ये एउटा आज नचलेका कारण जीपमा यात्रुको चाप बढेको स्थानीयले बताएका छन् ।

Friday, May 14, 2010

दरबन्दीका स्वास्थ्यकर्मीहरु नहुँदा गोरखाको लापुको उपस्वास्थ्य चौकी पियनको भरमा

३१ बैशाख २०६७
दरबन्दीका स्वास्थ्यकर्मीहरु एक वर्षदेखि नआएपछि गोरखाको लापु गाविस लापुवेशीको उपस्वास्थ्य चौकी पियनको भरमा साचालन भइरहेको छ । उपस्वास्थ्य चौकीको अहेब शान्तामाया गुरुङको गएको असार महिनामा सरुवा भएपछि कार्तिकमा एक महिनाका लागि प्रमेन्द्र देव हाजिर भएपनि त्यसपछि पियन छुकी गुरुङकै भरमा साचालन भइरहेको हो ।
उपस्वास्थ्य चौकीमा दरबन्दी रहेको मासिका शुसिला कुँवर पनि खोप साचालनका लागि महिनामा एक पटक मात्र आउँने हुदा विरामीहरु स्वास्थ्य सेवा लिन एक दिन टाढाको आरुघाटमा उपचार गर्न जानुपरेको स्थानीय शिक्षक सुधिर अर्यालले जानकारी दिनुभएको छ ।
स्वास्थ्यकर्मी नहुदा स्थानीयले साधारण स्वास्थ्य सेवा पनि पाउन सकेका छैनन् भने म्याद नाघेका औषधी समेत नष्ट गरिएका छैनन् । साधारण विरामीलाई पियनले औषधी दिदै आएपनि म्याद नाघेका औषधी पर्ने संभावना बढेको शिक्षक अर्यालले बताउनुभयो ।
स्वास्थ्यकर्मी नभएकोबारे जिल्ला स्वास्थ्य कार्यालयलाई पटक पटक जानकारी गराँउदा पनि वेवास्ता भएको स्थानीयले बताएका छन् । स्वास्थ्य कार्यालयले भने अहेबलाई स्वास्थ्य विभागले सरुवा गरेकोले आफुहरुले केही गर्न नसक्ने बताएको छ । अहेबलाई बिभागले सरुवा गरेर उनको ठाउँमा अर्को मानिस नपठाएकोले खाली भएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर गुणराज लोहनीले जानकारी दिनुभएको छ ।
उहाँले उपस्वास्थ्य चौकीमा अहेब नभएपनि लापु गाउँमा जिल्ला विकास समितिको सहयोगमा स्वास्थ्य सेवा केन्द्र स्थापना गरी सेवा साचालन गर्दै आएकेा बताउनुभयो । गाविसका धेरैजसो सेवाग्राहीलाई लापु गाउँको स्वास्थ्य केन्द्र नै नजिक पर्ने भन्दै उहाँले उपस्वास्थ्य चौकीम्ाा स्वास्थ्यकर्मी नहुदा असर नपर्ने दावी गर्नुभयो ।

गोरखाका दुर्गम क्षेत्रका विद्यालयले पनि मावि तहको पठन पाठन अनुमति पायो

३१ बैशाख २०६७
गोरखाको दुर्गम क्षेत्रका विद्यालयले माध्यामिक तहको पठन पाठन अनुमति पाएपछि विद्यालय टाढा भएर कक्षा छाड्नेहरुले गाउँमै पढ्न पाएका छन् । यसवर्ष जिल्लाका १० विद्यालयले माध्यामिक तहको अनुमति पाएपछि दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई सजिलो भएको छ । यसवर्ष कक्षा ९ पढाउन अनुमित पाउनेमा घैरुङको हिमालय निमावि ताङ्लीचोकको ताङ्लीचोक निमावि धुवाँकोटको मदनेडाडाँ निमावि गाँखुको कृष्णज्योति निमावि र हिमाली निमावि ताकुकोटको अन्तरज्योति निमावि छन् । त्यसैगरी काशीगाउँको माजुश्री निमावि सौरपानीको सिदार्थ निमावि मुच्चोकको ताराचन्द्र निमावि र आरुचनौटेको नेप्लिज एड्भान्स निमाविले पनि कक्षा ९ पढाउने अनुमति पाएको छ ।
शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को चौथो संसोधन २०६६ अनुसार भवन फर्निचर स्थायी आयश्रोत ४५ जना विद्यार्थी संख्या भएको विद्यालयले माथिल्लो तहको अध्ययनको स्वीकृति पाउने जिल्ला शिक्षा कार्यालय गोरखाका शाखा अधिकृत बाबुराम देवकोटाले जानकारी दिनुभएको छ । तह वृद्धिका लागि संबन्धित विद्यालयले समान तहका तीनवटा छिमेकी विद्यालयको स्वीकृति पनि लिनुपर्ने ब्यवस्था ऐनले गरेको छ ।
माध्यामिक विद्यालय थपिएपछि गोरखाको दुर्गम गाउँका विद्यार्थीहरु माथिल्लो तह अध्ययनका लागि टाढा जानुनपर्ने भएको छ । यसवर्ष तह थपिएका धेरैजसो विद्यालय दुर्गम क्षेत्रमा रहेको शिक्षा कार्यालयले जनाएको छ । दुर्गम गाउँको विद्यालयको तह वृद्धि भएपछि विद्यालय टाढा भएकै कारण पढाइबाट विाचत विद्यार्थीले माथिल्लो तहसम्म गाउँमै पढ्न पाउने शाखा अधिकृत देवकोटाले बताउनुभयो ।
यसैवर्षदेखि ७ वटा विद्यालयले कक्षा १० को अनुमति पाएका छन् । जसमा बोर्लाङ्गको पाटनदेवी मावि छोप्राकको धर्मावती मावि घ्याच्चोकको ध_िन्सरा मावि आरुआर्बाङ्गको इन्द्रकन्या मावि केरौजाको केरौजा मावि तान्द्राङको नवज्योति मावि र धावाको भगवती मावि रहेका छन् । यससंगै जिल्लामा माध्यामिक तहको पढाइ हुने विद्यालयको संख्या ९० भन्दा बढी पुगेको शिक्षा कार्यालयको तथ्याङ्कले देखएको छ ।

जीपको ठक्करबाट बालकको मृत्यु

३१ बैशाख २०६७
तनहुँ जिल्लाको भिरकोट गाविसबाट सदरमुकाम दमौली बजारतर्फ आउँदै गरेको जीपको ठक्करबाट शुक्रबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भिर्कोट-३ का ९ बर्षीय कुशल थापा रहेका छन् ।
दमौली बजारतर्फ आउँदै गरेको ग १ च ४४९३ नम्बरको जीपले थापालाई भिरकोट-७ देउरालीमा ठक्कर दिएको हो । जीपको ठक्करबाट घाईते भएका थापालाई उपचारका लागि दमौली ल्याउने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीप र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Thursday, May 13, 2010

सरकार विघटन नभएसम्म संविधानसभाको म्याद थप्नु व्यर्थ ः उपाध्यक्ष भट्टराई

३० वैशाख २०६७
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा वावुराम भट्टराईले वर्तमान सरकार विघटन नभएसम्म संविधान सभाको म्याद थप्नुको अर्थ नहुने वताउनुभएको छ। गोर्खाको मझुवा देउरालीमा आज साँझ पार्टी कार्यकर्तालाई सम्वोधन गर्दै उहाँलॆ संविधान सभाको म्याद थपको प्रस्ताव आफ्नो पार्टीले अस्वीकार गर्ने समेत वताउनुभयो ।वर्तमान सरकार रहेसम्म कुनैपनि हालतमा संविधान वन्न नसक्ने ठोकुवा गर्दै भट्टराइले राष्ट्रिय सहमतिको सरकारको निर्माणमा जोड दिनुभयो । आफ्नो पार्टीमा प्रधानमन्त्री वन्न्ा सक्षम धेरै नेता रहेकेा वताउर्दै उहाँले पार्टी भित्र प्रधानमन्त्रीको लागि अध्यक्षको विकल्प समेत खुला भइसकेकेा जानाकारी दिनुभयो । जेठ चौध सम्म पनि वर्तमान विघटन नभए माओवादीले निर्णायक संघर्ष गर्ने माओवादीको चेतावनी पनि उपाध्यक्ष भट्टराईले आज दोहोर् याउनुभयो ।संविधान सभाको निर्वाचनमा गोर्खा क्षेत्र नंवर २ वाट निर्वाचित सभासद समेत रहनुभएका भट्टराइ महिनामा एक पटक जिल्ला आउने आफ्नो वाचा पुरा गर्न हतारहतार आज संाझ गोर्खा आइपुग्नुभएको एकीकृत माअेावादी गोर्खाले जनाएको छ । भट्टराई आज मझुवा देउरावलीमा रहने र भोलि विहान काठमाण्डौ फर्कने कार्यैक्रम रहेकेा छ ।

गोर्खामा गुणस्तहीन मलको विगविगी

३० वैशाख २०६७
गोरखामा रासायनिक मल अभाव भएको मौका छोपेर वजारमा गुणस्तरहिन मलको बिक्री हुन थालेको छ । जिल्लाका ठुला ब्यापारी र थोक विक्रेताले नारायणगढबाट गुणस्तरहिन मल ल्याइ सदरमुकाम र ग्रामीण भेगका किसानहरुलाई बेचेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयले आज सदरमुकामको पसलहरुमा अनुगमन गर्दा डल्ला परेको गुणस्तरहिन मल बिक्री भएको पाइएको हो ।
किसानलाई मल चाहिएको बेला अभाव भएपछि ब्यापारीहरुले नारायणगढबाट ६ वर्षअघिको रासायनिक मल ल्याइ बिक्री गरेको पाइएको कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत वुद्धिबहादुर थापाले बताउनुभयो । जिल्लामा पाइने मल अन्नवालीमा राख्न उपयुक्त नभएको उहाँले बताउनुभयो । उहाँले पछिल्लो समयमा बजारमा पाइएका मल गुणस्तरहीन भएकाले प्रयोग नगर्न किसानहरुलाई आग्रह समेत गर्नुभएको छ ।
अनुगमन टोलीले सदरमुकामको काजी श्रेष्ठको पसलबाट साँढे १६ क्वीन्टल सन्तमान श्रेष्ठको पसलबाट ६ क्वीन्टल मल वरामद गरेको छ । ती बाहेक गोरखामा ३०० बोरा मल भित्रिएको ब्यापारीहरुले बताएका छन् । अनुगमन टोलीले बजारका अन्य पसलहरुमा पनि छापा मारेको छ । ब्यापारीहरुले नारायणगढ वेलचोकको कृषि उपज विक्री केन्द्रबाट मल किनेको विल देखाएका छन् ।
सदरमुकाम बाहेक जिल्लाको घ्याम्पेशाल छेपेटार चोरकाटे देउराली लगायतका क्षेत्रमा पनि गुणस्तरहिन मल पुगिसकेको किसान महासंघ गोरखाले जनाएको छ । महासंघले किसानहरुलाई मल हेरेर मात्र खरिद गर्न आग्रह गरेको छ । जिल्ला भित्रेका गुणस्तरहीन मल किसानसम्म पुग्न नदिने र थप भित्र्याउन नदिने प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले बताउनुभयो ।

असिना प्रभावित किसानलाई राहात देउ ः अनेकिसंघ गोरखा

३० वैशाख २०६७
अखिल नेपाल किसान महासंघ गोरखाले असिना र हावाहुरीले क्षति बेहोरेका किसानहरुलाई न्युनतम १० हजार राहतको माग गरेको छ । बिभिन्न समयमा हावाहुरी र असिनापानीबाट प्रभावित क्षेत्रका किसानहरुको क्षति प्रमाणीकरण गरी प्रमाण पुगेका किसानलाई न्युनतम १० हजार रुपियाँ उपलब्ध गराउन महासंघले माग गरेको हो ।
महासंघका अध्यक्ष विपिनचन्द्र ढकालले आज एक विज्ञप्ति जारी गरी रासायनिक मल समयमा उपलब्ध गराउन नसक्नु सरकारको लाचारीपन भएको दावी गर्दै जेठ १ गतेसम्म जिल्लामा मल उपलब्ध हुन नसकेमा चरणबद्ध आन्दोलन गर्ने जनाइएको छ ।
आन्दोलन अन्तर्गत जेठ १ देखि ३ गतेसम्म प्रचारप्रसार गर्ने जेठ ५ गते कृषि कार्यालयमा सचेत पत्र बुझाउने अध्यक्ष ढकालले बताउनुभयो । त्यसैगरी ६ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने र माग पुरा नभएमा जेठ ७ गते जिल्ला कृषि विकास कार्यालय अनिश्चितकालका लागि तालाबन्दी गर्ने उहाँले बताउनुभयो ।

गोरखामा १० नीजी विद्यालय थपिए

३० वैशाख २०६७
गोरखामा यसवर्ष १० वटा निजी विद्यालय थपिएका छन् । थपिएका मध्ये एउटा सदरमुकामको छ भने बाँकी सबै ग्रामीण क्षेत्रका छन् । जिल्ला शिक्षा कार्यालयमा शिक्षण अनुमति माग गर्नेमध्ये जिल्ला शिक्षा समितिले १० वटा निजी विद्यालयलाई कक्षा १ मा अध्यापन गराउन अनुमति दिएको कार्यालयका शाखा अधिकृत बाबुराम देवकोटाले जानकारी दिनुभएको छ ।
नयाँ स्वीकृती पाउने निजी विद्यालयमा गोरखा नगरपालिकाको शुर्यमुखी बोर्डिङ्ग स्कुल नारेश्वरको मनासलु एजुकेशनल एकेडेमी फुजेलको चिल्ड्रेन ग्ल्याड स्कुल फिनामको अक्सफोर्ड इन्टरनेशनल स्कुल च्याङ्लीको शुर्य मेमोरियल बोर्डिङ्ग रहेका छन् । त्यसैगरी आँपपीपलको नेपाल ग्लोबल युनिभर्शल देउरालीको मनकामना कि्रयटिभ स्कुल ताकुकोटको फ्युचर डि्रम स्कुल पाँचखुवा देउरालीको द सनसाइन स्कुल र दर्बुङ्गको बुढीगण्डकी पब्लिक स्कुलले पनि कक्षा १ को अनुमति पाएका छन् ।
प्रचलित शिक्षा ऐन नियमावली अनुसार नयाँ विद्यालयको अनुमति माग भएका विद्यालयलाई जिल्ला शिक्षा समितिको निर्णयमा साचालन अनुमति दिएको जिल्ला शिक्षा अधिकारी योगराज भट्टराईले जानकारी दिनुभएको छ । संबन्धित विद्यालय निरीक्षक र श्रोत ब्याक्तिले स्थलगत अध्ययन गर्दा ऐन नियमले तोकेको पुर्वाधार पुरा गरेका विद्यालयलाई शिक्षा समितिले बैठकले अनुमति दिने प्रावधान रहेको उहाँले बताउनुभयो ।
अभिभावकहरुले सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयमा पढाउन रुचाएकोले गाउँगाउँमा पनि निजी विद्यालय खुल्न थालेको शिक्षा कार्यालयले बताएको छ । निजी विद्यालयले अंग्रेजी माध्याममा पढाउने भएकाले पनि अभिभावकहरु पनि त्यतैतिर आकर्षित भएको शिक्षा अधिकारी भट्टराइले बताउनुभयो ।
त्यसैगरी यसैवर्षदेखि सदरमुकामको अन्नपुर्ण आवासिय विद्यालय बुंकोटको न्यु होराइजन एकेडेमी र गाइखुरको गोरखा मोर्डन स्कुलले निम्न माध्यामिक तहको अनुमति पाएका छन् । यससंगै निम्न माध्यामिक तह अध्ययन गराउन निजी विद्यालयको संख्या पुगेको छ । आरुघाटको न्यु होराइजन बोडिङ्ग स्कुलले यसवर्षदेखि माध्यामिक तहको पठन पाठन अनुमति पाएको छ । यो संगै माध्यामिक तह साचालन गर्ने निजी विद्यालयको संख्या ४ पुगेको शिक्षा कार्यालयले जनाएको छ ।

मिरकोटवासीको सडकप्रतिको मोह ९ किलो सडक निर्माण

३० वैशाख २०६७
गोरखाको मिरकोट ३ का बासीन्दाले गाउँमा ९ किलोमीटर कच्ची मोटरबाटो बनाएका छन् । उनीहरुले गाविस पालु्रङगैह्रा सामुदायीक वन र स्थानीयबाट संकलीत रकम गरी कुल ३ लाख रुपैयाँ र जनश्रमदानबाट लप्सीखेालादेखी लप्सीचौरसम्म मोटरबाटो बनाएका हुन । गाउँमा मोटरबाटो पुगेसगँै उत्पादीत कृषी उपजहरु विक्री वितरणका लागी बजारसम्म लैजान सजीलो हुने भन्दै स्थानीय बासीन्दा खुसी भएका स्थानीउ हरी भट्टले जानकारी दिनुभएको छ ।

निवन्ध प्रतियोगिता सम्पन्न

३० वैशाख २०६७
जिल्ला भु संरक्षण कार्यालय गोरखाको आयोजनामा आज गोरखा मकैसीको विजया भवानी उच्च माविमा भु संरक्षणमा विद्यार्थीको भुमिका विषयक निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा १० की पुष्पा श्रेष्ठ पहिलो कक्षा ९ की योजना घिमिरे दोश्रो कक्षा ९ कै वालदेवी थापा तेश्रो र कक्षा १० का दिपेन्द्र श्रेष्ठले सान्त्वना स्थान पाउनुभएको छ ।
उहाँहरुलाई भु संरक्षण कार्यालयले स्टेशनरी सामाग्री पुरस्कार दिएको विद्यालयका शिक्षक गोकुलप्रसाद अधिकारीले जानकारी दिनुभएको छ । सो अवसरमा जिल्ला भु संरक्षण अधिकृत टेकनारायण श्रेष्ठ र अन्य कर्मचारीहरुले कक्षा ९ र १० का विद्यार्थीलाई भु संरक्षणका लागि विद्यार्थीहरुले गर्न सक्ने कामको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
भु संरक्षण कार्यालयको विद्यालय संरक्षण शिक्षा अभियान अन्तर्गत साचालित कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष बद्रीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

Wednesday, May 12, 2010

ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

२९ बैशाख २०६७
धादीङको धुसा १ चिसापानीमा ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । चरौदीबाट स्याडुलका लागी छुटेको बा २ ख ७३ ५८ नम्बरको ट्रक दुर्घटना हुदाँ चितवन लोथर ७ का अमीक चेपाङ धादीङ धुसा ९ का टिकाबहादुर आले र श्रीबहादुर चेपाङको ज्यान गएको हो ।
घाइते १६ जनालाई उपचारका लागी काठमाण्डौ लगीदैछ । ४० जना यात्रु बोकेको ट्रक क्षमता भन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

नेपाल टेलिकम गोरखा शाखाले १२ गाविसमा टावर जडान गर्ने

२९ बैशाख २०६७
नेपाल टेलिकम गोरखा शाखाले नमस्ते मोबाइलको गुणस्तर सुधार र ग्राहक विस्तारका लागि जिल्लाका १२ गाविसमा टावर जडान गर्ने तयारी गरेको छ । टेलिकमले जिल्लाको क्षेत्र नं। एकको चार दुईको तीन र तीनको पाँच गाविसमा नमस्ते मोबाइलको सेवा विस्तार गर्न लागेको जनाएको छ ।
यसवर्ष क्षेत्र नं। एकको बोर्लाङ्ग फुजेल घ्याल्चोक भुम्लिचोक दुईको आँपपीपल हंशपुर र गाईखुर तथा तीनको धावा आरुचनौटे पाँचखुवा देउराली ताकुकोट र बारपाक गाविसमा टावर बिस्तार गर्ने शाखा प्रमुख वेचन गौतमले बताउनुभयो । त्यसका लागि टेलिकमले घर भाडामा लिइसकेको छ । ती गाविसमा चालु आर्थिक बर्षभित्रमा टावर जडान गरिसक्ने र नयाँ आर्थिक बर्षबाट प्रशारण सुरु गर्ने शाखा प्रमुख गौतमले जानकारी दिनुभयो ।
टावर निर्माण भएपछि यसअघि बाग्मती अाचलको मोबाइल प्रयोग गरिराखेका जिल्लाका घ्याल्चोक भुम्लिचोक दर्बुङ्ग फुजेल घैरुङ्ग नाम्जुङ्ग बुंकोट बोर्लाङ्ग अश्राङ्ग धावा तान्द्राङ्ग आरुचनौटे आरुआर्बाङ्ग आरुपोखरी पाँचखुवा देउराली मसेल बगुवा आदि गाविसका उपभोक्तले गण्डकी अाचलकै मोबाइल प्रयोग गर्न पाउने भएका छन् ।
बाग्मती अाचलको मोबाइल प्रयोग गर्नुपर्दा यसअघि सो क्षेत्रका बासिन्दाहरुले आफ्नै जिल्लामा फोन गर्दा पनि एसटीडी शुल्क तिर्नु पर्ने बाध्यता थियो । टेलिकमले अहिले टावर विस्तार गर्न लागेको गाविसका उपभोक्ताले यसअघि धादिङ्गमा रहेको टावरबाट साचालन हुने बाग्मती अाचलको मोवाइल प्रयोग गर्दै आएका छन् ।

सामाजिक लेखाजोखा

२९ बैशाख २०६७
समग्र विकास सेवा केन्द्र गोरखाले जिल्लाका बिभिन्न गाविसमा साचालन गरेको सिमान्तकृत मानिसहरुको शशक्तिकरण अभियान परियोजनाको सामाजिक लेखाजोखा गरेको छ । संस्थाले आज गोरखा सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी परियोजना अन्तर्गत जिल्लाको आपपीपल खोप्लाङ्ग गोरखा नगरपालिका दर्बुङ्ग फुजेल नाम्जुङ बोर्लाङ्ग र धावा गाविसमा साचालन गरेको साचालित गतिविधिबारे जानकारी गराएको हो ।
सो अवसरमा संस्थाका केन्द्रिय संयोजक अमरिसं अधिकारीले परियोजना अन्तर्गत ३७ वटा सामाजिक परिवार मार्फत १ हजार २ सय २ जना प्रत्यक्ष लाभान्वित भएको जानकारी गराउनुभयो । उहाँले गाउँगाउँमा गठन गरिएका सामाजिक परिवारले छुवाछुत तथा जातिय विभेद न्युनीकरण सार्वजानिक सेवा सुविधामा सिमान्तकृत समुदायको पहुँच वृद्धि मानव अधिकार हनन र ज्यादतीमा न्युनीकरणका कामहरु गरेको बताउनुभयो ।
कार्यक्रममा बिभिन्न सामाजिक परिवारका सहभागीहरुले सामाजिक परिवारमा आवद्ध भएपछि आफुहरुको ब्याक्तित्व विकास र सामाजिक भावनामा वृद्धि भएको बताएका थिए । सामाजिक परिवार समूहका अध्यक्ष पुर्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ गैर सरकारी संस्था महासंघका अध्यक्ष काजीराम रोका मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य स्थानेश्वर दुवाडी ग्रामीण सुदृढिकरण केन्द्रका अध्यक्ष भीमलाल श्रेष्ठ समग्रका क्षेत्रीय संयोजक नकुल थापा भरत श्रेष्ठ अन्नपुर्ण सामाजिक परिवारका अध्यक्ष मन्सुरी तामाङ जागरण सामाजिक परिवारकी बिभा अच्छामी फुलवारी सामाजिक परिवारकी कमला कुमाल लगायतले मन्तब्य राख्नुभएको थियो ।

मनाङमा बहुमुल्य जटीवुटी यासा्रगुम्वा टिप्न शुरु

२९ बैशाख २०६७
मनाङमा वैशाखको पहिलो साताबाट बहुमुल्य जटीवुटी यासा्रगुम्वा टिप्न शुरु गरिएको छ । जिल्लाको नाम्केखर्क पिसाङ ङावल घ्यारु लगायतका उच्च लेकहरुमा यासा्रगुम्वा टिप्न शुरु भएको छ भने मनाङ र टंकी मनाङमा केही दिनपछि सुरु गरिने अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । त्यसैगरी नार र फू गाविसमा भने जेठ महिनाको दोस्रो सातामा यासा्रगुम्वा टिप्न थालिने आयोजनाले जनाएको छ ।
यासा्रगुम्वा टिप्न गाविस र स्थानीय क्षेत्र ब्यवस्थापन समितिले मनाङवासीलाई पूर्जी दिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले अन्य जिल्लाबाट यासागुम्बा टिप्न आउनेलाई मनाङको ताल गाउँको चेक पोष्टबाट फर्काएको छ । अघिल्ला वर्षहरुमा गोरखा लमजुङ तनहुँ धादिङ लगायतका जिल्लाबाट यासा्रगुम्वा टिप्न जाने गरेका भएपनि यो वर्ष सुरक्षाका कारण वाहिरकालाई प्रतिवन्ध लगाएको आयोजनाका सन्तोष सेरचनले जानकारी दिनुभएको छ ।
मनाङमा माघ महिनासम्म अस्थायी वसोवास गर्ने र स्थायी वासिन्दालाई मात्र यासागुम्बा टिप्न पाउने ब्यवस्था आयोजनाले गरेको छ । गत वर्ष मनाङमा यासागुम्बा टिप्न जाँदा गोरखा केरौजाका ७ जनाले ज्यान गुमाएका थिए ।

Tuesday, May 11, 2010

गोरखामा रासायनिक मलको चरम अभाव, किसान महासंघको अपत्ति

२८ बैशाख २०६७
गोरखामा रासायनिक मलको चरम अभाव भएको छ । वजारमा मल अभाव हुदा किसानहरुले मकै चैतेधान र तरकारीवालीमा मल राख्न पाएका छैनन् । जिल्लाका अधिकांश क्षेत्रका किसानहरु मल खोज्दै सदरमुकाम र गाउँघरका ठुला पसलहरुमा भौतारिए पनि मल पाउन नसक्दा निराश बनेका छन् ।
रासायनिक मल बेच्ने सदरमुकामका ठुला पसल र सहकारी पसलमा समेत दैनिक सयभन्दा बढी किसान र गाउँका ब्यापारीहरु मल किन्न आउने गरेका छन् । गोरखामा मल पाइन छाडेको १० दिनभन्दा बढी भइसकेको उपभोक्ता सहकारी संघ गोरखाका ब्यवस्थापक वासुदेव दवाडीले जानकारी दिनुभएको छ ।
जिल्लाको १९ हजार ३ सय ५ हेक्टर क्षेत्रफलमा लगाइएको मकैवाली र ३ हजार हेक्टरमा लगाइएको चैतेधानमा मल हाल्ने उपयुक्त वेला भएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ । जिल्लाका अधिकांश मकैवालीमा अहिले रासायनिक मल राख्न नपाएमा मकै उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वुद्धिबहादुर थापाले बताउनुभयो ।
जिल्लाको सबै क्षेत्रको खेतीवालीमा गरी २ सय ५० मेटि्रक टन मल आवश्यक पर्नेमा हालसम्म ४० मेटि्रक टन रासायनिक मल मात्र जिल्ला भित्रेको उहाँले बताउनुभयो । सरकारले गोरखाका लागि १ सय ६९ मेटि्रक टन रासायनिक मललाई ढुवानी सहुलियत दिएको छ । जिल्लामा सुपथ मुल्यमा रासायनिक मल ढुवानीका लागि गोरखा एप्रोपि्रयट टेक्नोलोजी फर रिकन्स्ट्रक्शन प्रालिले टेण्डर पारेको छ । रासायनिक मल किन्न उपभोक्ता सहकारी संघ र टेण्डर पार्ने कम्पनीका साचालक मल खरिदकै लागि तीनदिनदेखि विरगाजमा नै वसेका छन् ।
सरकारले भारतवाट समयमा मल आयात गर्न नसकेकाले अभाव हुन पुगेको उपभोक्ता सहकारी संघका ब्यवस्थापक दवाडीले बताउनुभयो । दुईदिनमा मल आउने आश्वासन पाएर मल किन्न गएकाहरु विरगाजमा नै वसेका उहाँले बताउनुभयो ।
उता किसान महासंघ गोरखाले आज एक विज्ञप्ति जारी गरी खेतीको मौसम शुरु भइसक्दा पनि जिल्लामा रासायनिक मल उपलब्ध हुन नसकेको भन्दै आपत्ति जनाएको छ । महासंघका अध्यक्ष विपिनचन्द्र ढकालद्धारा जारी विज्ञप्तिमा किसानहरुलाई सुपथ मुल्यको मल यथासिघ्र उपलब्ध गराउन माग गरिएको छ ।
समयमा रासायनिक मल आयात नहुनुमा दोषी पहिचान गरी कारबाही गर्न पनि महासंघले माग गरेको छ । महासंघले ४० घण्टा भित्र जिल्लामा मल आपूर्ति नगरेमा संघर्षमा उत्रले चेतावनी दिएको छ ।

हावाहुरीको कारण क्षति

२८ बैशाख २०६७
आज साँझ साँढे ४ वजेतिर चलेको हावाहुरीले गोरखाको बोर्लाङ्ग गाविस-४ को आधादर्जन घरको छाना उडाएको छ भने दर्जनौ घरमा क्षति पुर् याएको छ । करिब १५ मिनेट चलेको हावाहुरीले वडा नंबर ४ निवासी पंफा ढकाल गोविन्द राना अमरबहादुर श्रेष्ठ लगायतको घरको छाना उडाएको हो । हावाहुरीले २ वटा घरको छाना र झ्यालढोका समेत उडाएकोले वस्ने ठाउँसमेत नभएको पीडित पंफा ढकालले जानकारी दिनुभएको छ । हावाले धेरै रुखविरुवा ढालेको छ भने मकैवालीमा समेत क्षति पुर् याएको छ ।
आज दिउँसो परेको असिनापानीले लमजुङको विभिन्न भागका अन्नवाली तरकारीवाली तथा फलफूलमा क्षति पुर् याएको छ । असिनापानीले वेसिशहर उदिपुर गाउँशहर लगायतका गाविसमा स्थानीय किसानहरुले लगाएको अन्नवाली तरकारी वाली तथा फलफूलमा क्षति पुर् याएको पीडित किमसानले बताएका छन् । असिनापानीले उदिपुरमा मकै काक्रो पूर्ण रुपमा क्षति गरेकॊ उदिपुरका किसान धु्रवदेव जोशीले जानकारी दिनुभएको छ ।

दूधपोखरी संरक्षणको अभावमा लोप हुने खतरामा

२८ बैशाख २०६७
पूर्वि लमजुङको दूधपोखरी संरक्षणको अभावमा लोप हुने खतरामा पुगेको छ । धार्मिक तथा ऐतिहासिक महत्व वोकेको प्राकृतिक छटाले भरिपूर्ण दूधपोखरी संरक्षणको अभावमा फोहोर र झारपातले साँघुरो बन्दै गएको छ ।
प्रचार प्रसार र संरक्षण सँगै उचित व्यवस्थापन हुन नसक्दा जिल्लाको ऐतिहासिक एवं धार्मिक महत्वको सो पोखरीको अस्तित्वनै संकटमा परेको लमजुङबाट सहकर्मी रामजी रानाले जानकारी दिनुभएको छ । उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने ऐतिहासिक सास्कृति एवं धार्मिक महत्व वोकेको दूधपोखरीको संरक्षण र व्यवस्थानसँगै प्रचार प्रसार गर्ने हो भने पर्यटकीय गन्तव्य हुन सक्ने सो क्षेत्रका वासिन्दाको भनाइ छ ।

जीप दुर्घटनामा १३ घाईते

२८ बैशाख २०६७
लमजुङमा आज भएको जीप दुर्घटनामा १३ जना घाईते भएका छन् भने एकको अवस्था गम्भीर छ । सदरमुकाम वेसीशाहरवाट कपुरगाउँतर्फ जाँदै गरेको को १ ज १३१३ नम्बरको जीप दिउँसो बाग्लुङपानीको बिम्दाबेसीमा पल्टिदा मालिङ गाविस ४ की ४५ वर्षिय कुबीनि गुरुङ गम्भीर घाइते हुनुभएको हो ।
उहुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । अन्य घाइतेहरु सामान्य उपचार पछि घर फर्केका छन् । करीब ३० जना यात्रु लिएर गएको ओभरलोडको जीप मोडमा ब्रेक फेल भएपछि पल्टिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

योजनाबद्ध विकासका लागि संस्थागत पहल सुरु

२८ बैशाख २०६७
तनहँुको व्यास नगरपालिकाको योजनाबद्ध विकासका लागि संस्थागत पहल सुरु भएको छ । नगरपालिकाको सकि्रयता तथा स्थानिय विकास मन्त्रालयको आर्थिक सहयोगमा नगरको विकासका लागि पाँच बर्षे आवधिक योजना तयार पारिएको छ ।
आज सदरमुकाम दमौलीमा आयोजित आवधिक योजना पूर्वतयारी छलफल कार्यक्रममा स्थानिय स्व्ाायत्त ऐन आएको लामो समय हुदा समेत कार्यान्वयनमा ढिलाई भएकाले नगरपालिकाको पहलमा योजना निर्माणको पहल गरेको जानकारी गराइएको थियो ।
कार्यक्रममा कार्यकारी अधिकृत रामचन्द्र तिवारीले स्व्ाशासनको प्रयोग गरी स्थानीय क्षेत्रको विकास गर्नका लागि नगरपालिकाको आवधिक योजना निर्माण गर्न थालेको जानकारी दिनुभयो । सोही कार्यक्रममा स्थानिय विकास मन्त्रालयका उपसचिव गोविन्द बहादुर कार्किले आवधिक योजना बनाउँदा नगरको भौगोलिक आर्थिक विकास तथा अल्पसंख्यक समानुपातिक विकासका लागि योजना आवश्यक पर्ने बताउनुभयो ।
नेपालका १८ नगरपालिकामा आवधिक योजना बनाई सकिएको जानकारी िदंदै बाँकी ५ वटामा निर्माणको पहल भइरहेको उहाँले स्पष्ट पार्नुभयो । योजनामा नगरको विकासका प्राथमिकता समेत तोकिएको छ ।

Monday, May 10, 2010

छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जना घाइते

२७ बैशाख २०६७
पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको कोत्रे-मुग्लिन सडक खण्डमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते मध्ये ४ को अवस्था गम्भिर रहेको छ । गोर्खाको ठाँटीपोखरीबाट पोखरातर्फ जादैँ गरेको ना।२ ख ७७१० नम्बरको बस र पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग४प ८८९४ नम्बरको मोटर साइकल तनहुँको गुणादीमा ठक्कर खादाँ १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोरङका धर्मप्रसाद तिमि_िल्सेना लमजुङका सिता थापा गोरखाका विकास अम्गाई र तनहुँका गीता माया सुनार विमला वि।s मणिभद्र वाग्ले शुसिला वि।s राम बहादुर वि।s शक्ति मल्ल रहेका छन् भने एक घाइतेको नाम खुल्न सकेको छैन् । घाइते मध्ये गम्भिर अवस्थाका विमला विक र नाम नखुलेका एक व्यक्तिलाई थप उपचारको लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ । अन्य घाइते दमौली अस्पतालमा उपचार गरि घर फर्किएका छन् ।
त्यस्तै गुणादीमा भएको बस दुर्घटनाका घाइतेलाई उपचारको लागि दमौली ल्याउँदै गरेको ना।३ ख ९६८१ नम्बरको बसले दमौलीको मेनचोकमा ठक्कर दिदाँ एक पैदल यात्रु गम्भिर घाइते भएका छन् । घाइते हुनेमा जामुनेका श्याम वि।s रहनुभएको छ । उहाँलाई पनि थप उपचारका लागि पश्च्मिााचल क्षेत्रीय अस्प्ताल पोखरा लगिएको छ ।
त्यसैगरी लमजुङको कालिमाटीबाट पोखरा जाँदै गरेको ग।१प १९६६ नम्बरको मोटरसाइकलबाट खस्दा लमजुङकी विन्दु श्रेष्ठ घाइते हुनुभएको छ । उहाँलाई उपचारको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अबैध जडिबुटी बरामद

२७ बैशाख २०६७
लमजुङको ताघि्रङ गाविसको शीरचौरवाट सदरमुकाम वेसीशहरतर्फ अबैध रुपमा ल्याइँदै गरेको २ सय किलो सतुवा वेसीशहरस्थित त्रिवेणी युवा क्लबका युवाहरुले बरामद गरेका छन्। उनीहरुले सतुवासहित दुई ब्यक्तिलाई नियन्त्रणमा लिई बन कार्यालयमा बुझाएका हुन । बाँझाखेत गाविस ४ साँधुका जसबहादुर तामाङ र सिन्धुपाल्चोकका नरबहादुर श्रेष्ठले प्राईवेट जीपमा सतुवा भरेर ल्याउँदै गर्दा युवाहरुले गोप्य सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएका थिए । तामाङ र श्रेष्ठले भने स्थानीय बिर्खबहादुर गुरुङसंग किनेर ल्याएको वताएका छन् ।
जिल्ला बन कार्यालयले पूर्जीविना जंगलमा गएर अबैध रुपमा जडिबुटी संकलन गरेको भन्दै उनीहरुलाई कानुन बमोजिम कार्वाही गरिने जनाएको छ । लमजुङका उच्च पहाडी भेगको २५ सय मीटरदेखि ३५ सय मीटरको सम्मको ओसिलो तथा चिसो ठाउँमा पाईने सतुवाको मुल्य सुकेको ८ सय रुपैँया प्रति केजी पर्दछ ।लोपुन्मुख जडिबुटी अन्तरगत पर्ने सतुवा शक्तिबद्र्धक र पेट संवन्धि रोगहरुको औषधीको रुपमा प्रयोग हुन्छ । सतुवाको प्रतिकिलो १० रुपैँया सरकारले राजस्व लिने गरेको छ ।

गोरखामा माओवादी प्रदर्शन

२६ बैशाख २०६६
अनिश्चितकालीन आमहड्ताल फिर्ता लिएपनि संघर्षका अन्य कार्यक्रम जारी राखेको एकिकृत नेकपा माओवादीले आज गोरखा सदरमुकाममा प्रदर्शन गरेको छ । एकिकृत माओवादी कार्यकर्ताहरुले आज सदरमुकाममा जुलुश प्रदर्शन गरेका छन् । हरमटारी स्थित लोकतान्त्रिक चोकबाट शुरु भएको जुलुश बसपार्कठूलोआँगनहस्पिटलचोक हुँदै लोकतान्त्रिक चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै एकिकृत माओवादी गोरखा क्षेत्र नम्बर २ का इन्चार्ज यानप्रसाद भट्ट सरोजले दलीय सहमतिका आधारमा संविधान बन्ने समय समाप्त भएकाले आफ्नो पार्टीले जनसंविधान जारी गर्ने बताउनुभएको छ । आफ्नो पार्टीको मागलाई अन्य दलहरुले बेवास्ता गरेकाले समयमै संविधान जारी गर्ने संम्भावना नभएको पनि उहाँले दावी गर्नुभयो । विगतमा पनि आफ्ना जायज मागहरुको सम्बोधन नगरेर दलहरुले आफूहरुलाई जनयुद्धमा जान बाध्य बनाएको पनि उहाँले बताउनुभयो ।
कोणसभालाई सम्बोधन गर्दै वाइसियल केन्द्रिय सदस्य एवम् गोरखा जिल्ला अध्यक्ष रमेश पोखरेल अटलले आफूहरु शान्तिको विपक्षमा नभइ शान्तिकै पक्षमा भएको दावी गर्नुभयो । िसंहदरवार सहित देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम अन्तर्गत आज विरोध प्रदर्शन गरिएको माओवादी गोरखाले जनाएको छ ।

वेसीशहर-चामे सडकको निर्माण कार्य सुचारु

२६ बैशाख २०६६
झण्डै एक हप्तादेखि बन्द वेसीशहर-चामे सडकको निर्माणकार्य आजदेखि सुचारु भएको छ । एकीकृत माओवादीको हड्तालका कारण बन्द सडक निर्माणका लागि आवश्यक समाग्रीको हिजो दिनभर ढुवानी गरिएपछि विहानैदेखि मजदुर आ-आफ्नो काममा खटिएका छन् । नेपाली सेनाको सडक निर्माण कार्यदल गणले १५ वर्षदेखि निर्माण गर्दै आएको लमजुङ सदरमुकाम वेसीशहरदेखि मनाङ सदरमुकाम चामेसम्मको कुल ६५ किलोमीटर सडकमध्ये करिव ५४ किलो मिटर सडकको ट्रयाक खनिसकेको छ ।
बाँकी भागमा करीब पाँचसय मजदुरले सडक खन्ने कार्य गरिरहेको वेसीशहर-चामे सडक निर्माण कार्यदल गणले जनाएको छ ।
यसैविच लमजुङको गाउँशहर गाविसका वासिन्दाले आफ्नै पहलमा मस्र्याङ्दी नदीसम्मको मरणघाट जाने गोरेटो बाटो निर्माण गरेका छन् । गाउँशहरको झप्रीखेत हुँदैं मस्र्याङ्दी नदीसम्मको मरणघाट जाने बाटो निर्माण गरेपछि झप्रीखेत थापागाउँ मगरपात्ले र बोहोराबेसीका स्थानीयबासीलाई सुविधा पुगेको छ । गाविस गाउँमा रहेका आमा समुहहरु बन समुह तथा स्थानीयवासिन्दाको संयुक्त प्रयासमा ८७ हजार ८ सय ९ रुपैयाँको लागतमा बाटो निर्माण भएको हो । बाटो निर्माणका लागि स्थानीयवासिन्दाले ३ दिन लगातार श्रमदान गरेका थिए ।
यस्तै नवलपरासी सुनवलका उपभोक्ताले १४ लाखको लागत कालोपत्रे सडक बनाएका छन् । सुनवल आर्दश गाउ विकास समिति वडा नम्बर ६ सुकुम्बासी बस्तीका ९० घर परिवारले आफ्नै लगानीमा ५ सय ३२ मिटर कालोपत्रे सडक बनाएका हुन् ।

गोरखा लगायत आसपासको जनजीवन आजबाट समान्य

२५ बैशाख २०६७
एकीकृत माओवादीले आमहड्ताल स्थगित गरेपछि ६ दिनसम्म कष्टकर वनेको गोरखाको जनजीवन पनि आजबाट समान्य वन्न थालेको छ । विहानैदेखि गोरखा सदरमुकाम र मुख्य बजार क्षेत्रका पसलहरु खुलेका छन् भने यातायातका साधनहरु समेत चलेका छन् ।
गोरखा भित्रने र जिल्ला बाहिर जाने यात्रुवाहक वसहरु सबै साचालनमा आएपछि सर्वसाधारणहरु गन्तब्यमा पुग्न पाएका छन् । आज सदरमुकामबाट दर्जनभन्दा बढी मालवाहक सवारी साधनले दैनिक उपभोग्य लगायतका सामाग्रीहरु ग्रामीण क्षेत्रतर्फ ढुवानी भएका छन् ।
६ दिनसम्मको आमहड्तालमा ग्रामीण क्षेत्रमा साचालन हुन नसकेका सबै यात्रुवाहक वसहरु आज चलेका छन् । जिल्लाको आरुघाट घ्याम्पेशाल बोर्लाङ्ग नामजुङ भालुस्वाँरा आदि रुटमा चल्ने यात्रुवाकह वस साचालनमा आएपछि हड्तालभर गाउँ जान नपाएका यात्रुहरु गाउँपुगेका छन् ।
आमहड्ताल खुलेपछि सदरमुकामका पसलहरु दिनभर खुलेका छन् । पहिले शनिवार बन्द हुने पसलहरु पनि आज खुलेका छन् । हड्ताल खुलेपछि बजारमा किनमेल गर्नेको घुँइचो बढेको छ ।
६ दिनदेखि कष्टकर लमजुङ र मनाङको जनजीवन आज शनिवारदेखि सामान्य वनेको छ । लमजुङ सदरमुकाम वेसीशहर र मनाङ सदरमुकाम चामे लगायतका मुख्य बजार क्षेत्रहरु खुलेका छन् । लमजुङमा जिल्ला भित्रने र जिल्ला बाहिर जाने यात्रुवाहक वसहरु सबै साचालनमा आएपछि सर्वसाधारणहरु गन्तब्यमा पुगेका छन् । ग्रामीण सडकमा भने साँझपख मात्रै यातायात संचालनमा आएको थियो ।
आमहड्ताल खुलेपछि लमजुङ र मनाङ सदरमुकामका सवै पसलहरु खुलेका छन् । लमजुङमा पहिले शनिवार बन्द हुने पसलहरु पनि आज खुलेका छन् । हड्ताल खुलेपछि बजारमा किनमेल गर्नेको घुँइचो बढेको पत्रकार आश गुरुङले जानकारी दिनुभएको छ ।
आज शनिवार विहानै लमजुङ उद्योग बाणिज्य संघले सार्वजनिक सूचना गरि गरि पसल खुलाउन आग्रह गरेको थियो । त्यस्तै सदरमुकाम वेसीशहरका बैंकका एटिएम सेवा पनि आजबाट नै सुचारु भएको छ ।
यसैवीच आन्दोलनका लागि गोरखाबाट राजधानी र पोखरा गएकाहरु अझै गोरखा फर्केका छैनन् । काठमाडौबाट ३÷४ सय जनामात्र जिल्ला फर्काएको र बाँकीलाई आन्दोलनका लागि राजधानीमा नै राखिएको काठमाडौमा रहनुभएका गोरखा जिल्ला सेक्रेटरी चुडामणि खड्काले जानकारी दिनुभएको छ ।
आन्दोलन स्थगित नभइ स्वरुप मात्र परिवर्तन भएको भन्दै उहाँले अहिले काठमाडौमा रहेकाहरुलाई तुरुन्तै गाउँ नफर्काउने बताउनुभयो । उहाँका अनुसार काठमाडौको आन्दोलनमा गोरखाबाट १० हजार नागरिक सहभागी थिए ।
त्यसैगरी पोखरामा रहेकाहरु पनि सबैजना आज गोरखा फर्किएका छैनन् । अधिकांश आज फर्किएका र केही अझै पोखरामा नै रहेका वाइसीएलका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभएको छ । माओवादीले आमहड्तालको कार्यक्रम स्थगित गरेपनि भोली काठमाडौमा सिहदरबार घेराउ र जिल्लाहरुम्ाा प्रशासन कार्यालय घेराउको कार्यक्रम राखेको छ ।

दुर्घटनामा आठ घाईते

२५ बैशाख २०६७
पोखराबाट गोरखातर्फ आउँदै गरेको बा १ ग २११२ नंबरको प्रहरी भ्यान र दमौलीबाट पोखरातर्फ जाँदै गरेको ना १४ प १७९२ नंबरको मोटरसाइकल तनहुँको थर्पुमा ठोक्किदा ७ प्रहरी सहित ८ जना घाइते भएका छन् । घाइते मध्ये गम्भीर अवस्थाका तीनजनालाई उपचारका लागि पोखरा लगिएको भने अन्यको तनहुँ सदरमुकामको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
पोखरामा उपचार हुनेमा प्रहरी जवानहरु कोकेन्द्र गुरुङ र लोकेश रानाभाट र मोटरसााइकल चालक रामजी खाँण रहनुभएको पत्रकार समुन्द्र पौडेलले जानकारी दिनुभएको छ ।
घाइते हुने प्रहरीहरु जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत रहेको कार्यालयले जनाएको छ । १८ गते पोखरामा माओवादीले गरेको जनप्रर्दशनमा सुरक्षाका लागि गोरखाबाट खटिएका प्रहरीहरु हिजो जिल्ला फर्कने क्रममा दुर्घटना भएको हो ।

समयमै संविधान निर्माणको कामना गर्दै पुरुषोत्तम पुराण

२५ बैशाख २०६७
देशमा दिगो शान्ति र निर्धारित मितिमा संविधान निर्माण हुने कामना गर्दै गोरखाको बुंकोटमा स्थानीयले पुरुषोत्तम पुराण लगाएका छन् । अचला किसान महिला समूहको आयोजनामा पुराण लगाएको समूहकी अध्यक्ष जानुका अंगाइले जानकारी दिनुभएको छ ।
पुराण लगाएपछि मनले चिताएको कुरा पुग्ने जनविश्वास रहेकाले दीगो शान्ति र समयमै संविधान निर्माणको कामना गर्दै पुराण लगाएको उहाँले बताउनुभयो । सो कार्यक्रममा पण्डित भीमप्रसादले पुराण वाचन गर्नुभएको छ भने उद्घाटन कार्यक्रममा स्थानीय इन्द्रराज ढकाल विश्वनाथ वाग्ले लोककुमारी पोखरेल कोपिला अंगाइ गंगाप्रसाद रेग्मी लगायतले मन्तब्य राख्नुभएको थियो । वक्ताहरुले धर्म र अनुशासनले देशमा शान्ति स्थापना गर्न मद्दत गर्ने धारणा राखेका थिए ।

फोटो पत्रकार संघ नेपाल तनहुँ शाखा गठन

२५ बैशाख २०६७
तनहुँमा कि्रयाशिल फाटो पत्रकारहरुको भेलाले नारायण खड्काको अध्यक्षतामा ७ सदस्यीय फोटो पत्रकार संघ नेपाल तनहुँ शाखा गठन गरेका छन् ।
जसको उपाध्यक्ष एस।बि। नेपाली सचिव दिवाकर भण्डारी कोषाध्यक्षमा कृष्ण न्यौपाने रहेका छन् । सदस्यमा सुरेन्द्र पौडेल शिवा आले सुमनबन्धु भण्डारी रहेका छन् । शाखाको आज बसेको बैठकले जिल्लाबाट प्रकाशित पत्रपत्रिकामा प्रकाशित भएका स्तरीय तस्विरलाई त्रैमासिक रुपमा पुरस्कृत गर्ने निर्णय समेत गरेको छ ।