२५ बैशाख २०६७
देशमा दिगो शान्ति र निर्धारित मितिमा संविधान निर्माण हुने कामना गर्दै गोरखाको बुंकोटमा स्थानीयले पुरुषोत्तम पुराण लगाएका छन् । अचला किसान महिला समूहको आयोजनामा पुराण लगाएको समूहकी अध्यक्ष जानुका अंगाइले जानकारी दिनुभएको छ ।
पुराण लगाएपछि मनले चिताएको कुरा पुग्ने जनविश्वास रहेकाले दीगो शान्ति र समयमै संविधान निर्माणको कामना गर्दै पुराण लगाएको उहाँले बताउनुभयो । सो कार्यक्रममा पण्डित भीमप्रसादले पुराण वाचन गर्नुभएको छ भने उद्घाटन कार्यक्रममा स्थानीय इन्द्रराज ढकाल विश्वनाथ वाग्ले लोककुमारी पोखरेल कोपिला अंगाइ गंगाप्रसाद रेग्मी लगायतले मन्तब्य राख्नुभएको थियो । वक्ताहरुले धर्म र अनुशासनले देशमा शान्ति स्थापना गर्न मद्दत गर्ने धारणा राखेका थिए ।
No comments:
Post a Comment