Friday, April 30, 2010

विस्फोटक पदार्थ तनहुँमा नियन्त्रणमा

१७ बैशाख २०६७
विस्फोटक पदार्थ लिएर लमजुङबाट काठमाण्डौं जाँदै गरेका ६ जनालाई आज प्रहरीले तनहुँको आँबुखैरेनीबाट नियन्त्रणमा लिएको छ । लमजुङवाट काठमाण्डौं जाँदै गरेको बा १ ज ९७३५ नम्वरको माईक्रोबस जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा रामेछापका धनबहादुर तमाङ सोनाम घोताङ िसंहबहादुर तमाङ मानबहादुर तमाङ दमै घिसिङ र संखुवासभाका कबिन जिमी रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरुबाट प्रहरीले ५ केजी जिलेटिन ७२ थान केप र ३ सय मिटर लामो बिजुलीको तार बरामद गरेको छ ।
नियमित चेकजाँचको क्रममा दिउँसो ४ वजे माइक्रोवसको छतमा राखिएको विष्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यलय तनहुँवले जनाएको छ । माओवादीले भोलि शनिवारदेखि राजधानीमा गर्ने भनेको आन्दोलनको लागि सो विस्फोटक पदार्थ लैजादै गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

लमजुङ्गमा पर्यटन वर्ष २०११ को सुभारम्भ घलेगाउँबाट हुने

१७ बैशाख २०६७
लमजुङ जिल्लाले पर्यटन वर्ष २०११ को सुभारम्भ कार्यक्रम ग्रामिण पर्यटकीय गाउँ घलेगाउँबाट गर्ने भएको छ । जिल्ला पर्यटन गुरु योजना निमार्ण समितीको सचिवालयमा भएको एक भेलाले यही बैशाख २३ गतेदेखि हुने ११ औं घलेगाउँ महोत्सवको अवसरमा पर्यटनवर्षको औपचारिक घोषणा गर्ने निर्णय गरेको हो ।
पर्यटन गुरुयोजना निर्माण समितिको आयोजनामा भएको सो भेलाले समितिका सदस्य एवं लमजुङ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष रामकुमार श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय पर्यटन वर्ष जिल्ला सुभारम्भ कार्यक्रम व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा कृष्णराज ओलिया प्रेम घले मिना गुरुङ र खड्ग बहादुर गुरुङ रहेका छन् ।
सन् २०११ मा जिल्लामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको पनि समितिले जनाएको छ । लक्ष्य पुरागर्नको लागि समितिले जिल्लाका प्रत्येक गाउँलाई पर्यटकीय गाउँका रुपमा विकास गर्न चेतनामूलक कार्यक्रम अन्र्तकृया भ्रमण जस्ता कार्यक्रम गर्ने योजना अघि सारेको छ । त्यस्तै होमस्टेका लागि निश्चित मापदण्ड तोक्ने र सदरमुकाम लगायतका बजार केन्द्रहरुमा पर्यटन सुचनाकेन्द्रको स्थापना गर्ने जनाईएको छ ।

विद्यालयको आम्दानी बढाउन सजिवन खेती शुरु

१७ बैशाख २०६७
लमजुङको चिति ५ स्थित लोकराज आदर्श माध्यमिक विद्यालयले आम्दानी वढाउन सजिवन खेती शुरु गरेको छ । सरकारी दरबन्दी नभएपछि निजी स्रोतवाट राखिएका शिक्षकलाई तलब खुवाउन भन्दै विद्यालयले ब्यवसायीय रुपमा यसै वर्षवाट सजिवन खेती शुरु गरेको जनाएको छ ।
विद्यालयमा कम्प्युटर शिक्षा वढी खर्चिलो हुने भएकोले अभिभावकहरुलाई वढी आर्थिक भार नपार्न सजिवन खेती सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार जोशीले बताउनुभयो । सजिवन खेतीको लागी जिल्ला वन कार्यालय लमजुङले सजिवनको विरुवा उपलब्ध गराएको थियो ।

लमजुङ घलेगाउँका बासिन्दा च्याउ खेतीतर्फ आकर्षित

१७ बैशाख २०६७
पर्यटकीय गाउँको रुपमा चिनिदै आएको लमजुङको घलेगाउँका वासिन्दा च्याउ खेतीतर्फ आकर्षित भएका छन् । आफ्नो गाउँमा आउने अतिथिहरुलाई गाउँमै उत्पादन गरिएको च्याउको तरकारी खुवाउन र थप आम्दानी गर्न स्थानीयवासिन्दा च्याउ खेतीतर्फ आकर्षित भएका हुन् ।
जिल्ला कृषि विकास कार्यालय र व्यवसायिक किट विकास निर्देशनालय काठमाडौंले तालिम दिएपछि घलेगाउँका वासिन्दाले मात्रै नभएर कपुरगाउँ घनपोखरा मालिङ बाग्लुङपानी लगायत गाउँका वासिन्दाले पनि च्याउ खेतीको शुरुवात गरेका छन् । गाउँमै च्याउ उत्पादन भएपछि पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिईएको छ ।

Thursday, April 29, 2010

न्यायमार्फत शान्ति नामक परियोजना साचालन

१६ बैशाख २०६७
गोरखामा संक्रमणकालिन न्यायको क्षेत्रमा काम गर्नका लागि बिभिन्न तीन गैर सरकारी संस्थाले न्यायमार्फत शान्ति नामक परियोजना साचालन गर्न थालेका छन् । हिमाली क्षेत्र विकास केन्द्र ग्रामीण सुदृढिकरण केन्द्र र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्रले संयुक्त राष्ट्रसंघीय मानव अधिकारको उच्च आयुक्तको कार्यालयको सहयोगमा द्वन्द्व पीडितहरुको सहयोगका लागि कार्यक्रम साचालन गर्न लागेको हो ।
यसै वर्षको अपि्रल महिनादेखि सुरु भइ ६ महिनासम्म साचालन हुने कार्यक्रमले द्वन्द्वपीडितहरुका लागि रेडियो कार्यक्रम उत्पादन गर्ने उनीहरुलाई मनोसामाजिक परामर्श दिने र जिल्लाको द्वन्द्वपीडितहरुको पाश्र्वचित्र तयार गर्ने कार्यक्रम संयोजक काजीराम रोकाले जानकारी दिनुभएको छ ।
कार्यक्रम अबधिमा जिल्लाको ताप्ले फिनाम नारेश्वर अश्राङ बुंकोट थालाजुङ गाँखु खोप्लाङ छोप्राक हर्मी आरुपोखरी आरुआर्बाङ्ग आरुचनौटे मान्वु र थुमी गाविसमा एक दिने अन्तरकि्रर्या कार्यक्रम साचालन गर्ने उहाँले बताउनुभयो । तीनवटा संस्थाले संयुक्त रुपमा गर्न लागेको कार्यक्रमबारे आज सदरमुकाममा एक अन्तरकि्रर्या कार्यक्रम गरी जानकारी गराइएको थियो ।
सो अवसरमा जिल्ला न्यायधिश प्रभा वस्नेत नेपाली कांग्रेसका सदस्य राजनराज पन्त नेकपा एमालेका जिल्ला सचिव सम्झना देवकोटा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य स्थानेश्वर दुवाडी जिल्ला अध्यक्ष यदु अधिकारी नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कैलाशबाबु श्रेष्ठ उद्योग वाणिज्य संघका अध्यक्ष रामबाबु जोशी जिल्ला शिक्षा अधिकारी योगराज भट्टराई नेपाल वार एशोसिएशनका अध्यक्ष रामबहादुर पोखरेल निर्माण ब्यावसायी संघका अध्यक्ष धिरजबहादुर मास्के गाविस सचिव लालप्रसाद भट्टराईले मन्तब्य राख्नुभएको थियो ।
हिमाली क्षेत्र विकास केन्द्रका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्रामीण सुदृढिकरण केन्द्रका अध्यक्ष भीमलाल श्रेष्ठले परियोजनाको बारेमा जानकारी गराउनुभयो ।

फोटो पत्रकार संघको जिल्ला समिति गठन

१६ बैशाख २०६७
गोरखा जिल्लामा कि्रयाशिल फोटो पत्रकारहरुको एक भेलाले आज एभीन्युज टेलिभिजन संवाददाता कैलाशबाबु श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय फोटो पत्रकार संघको जिल्ला समिति गठन गरेको छ । फोटो पत्रकारहरुको हक हित संरक्षणको लागी गठन भएको संघको सचिवमा दरौदी साप्ताहिकका शिव अपि्रय कोषाध्यक्षमा हाम्रो गोरखा सन्देशका सुदिप कैनी रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा कान्तिपुरका कृण्ण आचार्य नॆपाल समाचापत्रका भिमलाल श्रेष्ठ र गोरखापत्र दैनिकका संगम तिवारी रहेका छन् । संघले एक सदस्य पछि थप्ने गरी संघ गठन गरेको हो । संघले विस्तारै सदस्यता खुल्ला गर्ने जानकारी गराएको छ ।

Wednesday, April 28, 2010

गुणस्तरिय शिक्षाका लागि विद्यालय क्षमता अभिवृद्धि कार्यक्रम लागु हुने

१५ बैशाख २०६७
युरोपेली युनियन र असल छिमेकी सहयोग संघ गोनेसाको सहयोगमा नौलो घुम्ती नेपालद्धारा गोरखाको बिभिन्न १० गाविसमा गुणस्तरिय शिक्षाका लागि विद्यालय क्षमता अभिवृद्धि कार्यक्रम लागु हुने भएको छ । जिल्लाको सौरपानी श्रीनाथकोट मसेल मुच्चोक गाँखु फिनाम नारेश्वर ताकुमाझ लाकुरीबोट अश्राङ र ताप्ले गाविसमा सो कार्यक्रम लागु गर्न लागेको हो ।
सो कार्यक्रम लागु भएपछि विद्यालयको शैक्षिक वातावरणमा सुधार ल्याउने विपन्न सीमान्तकृत अल्पसंख्यक समुदायको विद्यार्थी भर्नादरमा वद्धि गर्ने र जिल्लामा सुविधासम्पन्न सामुदायिक सुूचना केन्द्र स्थापना गर्ने कार्यक्रम संयोजक पोष्टबहादुर केसीले बताउनुभयो ।
विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयसम्म पुर् याउने शिक्षक अभिभावक र वालक्लबको क्षमता अभिवृद्धिका कामहरु साचालन गरिने उहाँले बताउनुभयो । कार्यक्रम साचालन हुने प्रत्येक गाविसमा एक माध्यामिक सहित ती विद्यालय छनोट गरिने र ५ वर्षसम्म ती विद्यालय र विद्यार्थीहरुमाथि निरन्तर अनुगमन गर्ने फिल्ड अधिकृत विरबल घलेले बताउनुभयो । संस्थाले आफ्नो कार्यक्रम प्रभावकारी बनाउन जिल्ला शिक्षा समिति अध्यक्षको संयोजकत्वमा जिल्ला स्तरिय परियोजना अनुगमन समिति गठन गरेको छ ।
कार्यक्रमबारे जानकारी गराउन संस्थाले आज गोरखा सदरमुकाममा एक अन्तरकि्रर्या कार्यक्रम आयोजना गरेको थियो । संस्थाका सचिव पदमराज पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ नेकपा एमालेका सचिव सम्झना देवकोटा कार्यकारी अधिकृत रामप्रसाद ज्ञावाली महिला विकास अधिकृत अाजना पौडेल लगायतले कार्यक्रमको प्रभावकारीताको कामना गरेका थिए ।

जर्बजस्ती चन्दा रकम माग गरेपछि तनहुँमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

१५ बैशाख २०६७
माओवादीले जर्बजस्ती चन्दा रकम माग गरेपछि तनहुँमा कर्मचारी आबद्ध विभिन्न ७ संघ संगठनले आज प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल निजामती कर्मचारी संगठन नेपाल निजामती कर्मचारी यूनियन स्वास्थ्यकर्मी संघ सरकारी संघ संगठन चालक एशोसियसन स्थानीय निकाय कर्मचारी संघ स्थानीय निकाय कर्मचारी यूनियन व्यासनपा गाविस सचिव हक हित संरक्षण केन्द्रले ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ पौडेलले माओवादीको चन्दा आतंक नियन्त्रणका लागि प्रशासन एक्लै सक्षम नभएको बताउनुभयो । उहुले माओवादीको जर्वजस्ती चन्दा माग चासोको विषय बनेको बताउँदै चन्दाको विषयमा जर्वजस्ती र कुटपीट भए नेपाल प्रहरी र शशस्त्र प्रहरी टोलीले कारबाही गर्ने बताउनुभयो । कर्मचारी संगठनका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी समक्ष व्यक्तिगत सुरक्षाको समेत माग गरेका थिए । माओवादीले तनहुँका सबै सरकारी कर्मचारीसंग एक महिना बराबरको तलब चन्दा माग गरेका छन् ।

जनप्रदर्शनका लागि गोरखाबाट एक हजार भन्दा बढी युवाहरु काठमाडौ प्रस्थान

१५ बैशाख २०६७
एकिकृत माओवादीले मजदुर दिवशको अवसरमा गर्न लागेको जनप्रदर्शनका लागि आज गोरखाबाट एक हजार भन्दा बढी युवाहरु काठमाडौ गएका छन् । जिल्लाका बिभिन्न ठाउँका युवाहरु सदरमुकाम आरुघाट १२ किलो पालुङार लगायतका बाटो भएर काठमाडौ गएका हुन् । काठमाडौमा हुने प्रदर्शनका लागि आजमात्र एक हजार युवा काठमाडौ गएका जिल्ला सेक्रेटरी प्रकाशले बताउनुभयो ।
माओवादीले काठमाडौ पोखरा र जिल्ला सदरमुकाममा नै हुने प्रदर्शनमा सहभागी हुने कार्यकर्ता निर्धारण गरी परिचालन गरेको छ । माओवादी युवाहरु प्रदर्शनका लागि राजधानी र पोखरा जान थालेपछि प्रहरीले पनि सुरक्षा जाँच बढाएको छ । प्रहरीले गोरखा आँबुखैरेनी सडकमा विरेन्चोक र मझुवा देउरालीमा वसमा सवार यात्रुहरुमा चेकजाँच गरेको छ । त्यसैगरी आरुघाट नयाँसाघु घ्याम्पेशाल ठाँटीपोखरी लगायतका ठाउँमा पनि चेकजाँच बढाएको प्रहरी नायब उपरीक्षक विष्णु केसीले बताउनुभयो ।
प्रहरीले चेकजाँचलाई नियमित भनेको छ । शान्ति सुरक्षाको अवस्थालाई ध्यान दिएर चेकजाँच तीब्र बनाएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

अनेरास्ववियु गोरखाको सभासद्हरुलाई छ सय एक रुपियँु पारिश्रमिक

१४ बैशाख २०६७
संविधान नबनाएर ब्यक्तिगत सुखसुविधामा केन्द्रित भएको भन्दै अनेरास्ववियु गोरखाले आज सभासद्हरुलाई पारिश्रमिक स्वरुप छ सय एक रुपियँु पठाएको छ । सभासद्हरुले संविधान निर्माणको मुख्य जिम्मेवारी विसर्िएर ब्यक्तिगत सुखसुविधामा लागेर मुलुकलाई बन्धक बनाएको भन्दै अनेरास्ववियुले ब्यंग्यात्मक रुपमा पारिश्रमिक पठाएको हो । केन्द्रिय सदस्य द्रोणाचार्य तिमि_िल्सना सहितको एक टोलीले प्रति सभासद् एक रुपियाँ पुग्ने गरी सो रकम प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले माफर्त संविधानसभामा पठाएको हो ।
दुइवर्षभित्र संविधान बनाउनुपर्ने जनादेशलाई वेवास्ता गरी देश र जनता प्रतिको जिम्मेवारी र संविधान निर्माणको दिशाबाट विचलित भएकाले उनीहरुलाई सचेत गराउन पारिश्रमिक पठाएको केन्द्रिय सदस्य तिमि_िल्सनाले बताउनुभयो । सो रकम अनेरास्ववियु भीमोदय क्याम्पस समितिले संकलन गरेको हो । जिम्मेवार भएर संविधान निर्माणमा मात्र केन्द्रित नभएमा सभासद्हरुलाई संविधान सभाको हलभित्र थुन्ने अनेरास्ववियुले चेतावनी दिएको छ ।

गोरखामा जेठ १३ गतेदेखि रोट महोत्सव सुरु हुने

१४ बैशाख २०६७
बैशाख पुर्णिमा तथा गोरखनाथ प्रकट दिवशको अवसर पारेर यसवर्ष पनि गोरखामा जेठ १३ गते रोट महोत्सव सुरु हुने भएको छ । रोट महोत्सवमा ११ दिनसम्म गुरु गोरखनाथलाइ सवालाख रोट चढाउने आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ ।
विगत ६ वर्षदेखि निरन्तर हुदै आएको महोत्सवमा गुरु गोरखनाथलाई रोट चढाउने भजन किर्तन र पुजाआजा पनि गरिने केन्द्रका साधक किशोर अकेलाले जानकारी दिनुभएको छ । गहुँको पिठोमा बिभिन्न ५२ प्रकारको मसला प्रयोग गरेर बनाइएको परिकार रोट गुरु गोरखनाथलाई सबैभन्दा मनपर्ने परिकार भएकोले उहाँलाई खुशी पार्न रोट महोत्सव गर्दै आएको उहाँले बताउनुभयो । गुरु गोरखनाथलाई खुशी बनाउन सकेमा देशमा सुखशान्ति र अमन चयन स्थापना हुने भएकाले नियमित रुपमा रोट महोत्सव गरेको केन्द्रले जनाएको छ ।
केन्द्रले रोट महोत्सव मार्फत गुरु गोरखनाथ र गोरखालाई संसारभर चिनारी गराई गोरखालाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तब्यको रुपमा विकास गर्नुपर्ने जनाएको छ । ११ दिनसम्मको रोट महोत्सवमा सिद्धाश्रम शक्ति केन्द्रका १०० भन्दा बढी शाखाका साधक साधिकाका साथै देशका बिभिन्न ठाउँबाट एकलाख भन्दा बढी भक्तजनहरु गोरखा आउने आयोजकले दावी गरेको छ । मुलुक एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहले गुरु गोरखनाथकै आशिर्वाद पाएर टुक्रे राज्यबाट विशाल नेपाल निर्माण गर्न सफल भएको भनाइ रहिआएको छ ।
केन्द्रले हिजो गोरखा सदरमुकाममा एक कार्यक्रम गरी रोट महोत्सवबारे जानकारी गराएको हो । सो अवसरमा साधक रामजी अर्यालले रोट महोत्सव गोरखाको चिनारी र पर्यटन विकासका लागि समेत महत्वपुर्ण हुने भन्दै सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । जिल्ला न्यायधिश प्रभा वस्नेतले रोट महोत्सवको ब्यापक प्रचार गरी देशभरका भक्तजनहरुलाई गोरखा ल्याउनुपर्ने बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालय गोरखाले शैक्षिक सामाग्री र पोशाक प्रदान गर्ने

१४ बैशाख २०६७
विद्यालय जाने उमेर पुगेपनि बिभिन्न कारण विद्यालय जान नसकेका वालवालिकालाई आकर्षित गर्नका लागि जिल्ला शिक्षा कार्यालय गोरखाले शैक्षिक सामाग्री र पोशाक दिने भएको छ । विद्यालय जानवाट विाचत विद्यार्थीलाई विद्यालयसम्म पुर् याउन कार्यालयले यसवर्ष एक हजार दुइसय विद्यार्थीलाई पाठ्यपुस्तक झोला विद्यालय पोशाक र कापिकलम दिन लागेको जिल्ला शिक्षा अधिकारी योगराज भट्टराईले बताउनुभयो । नियमित प्रकि्रयाबाट भर्ना हुन नआएका ५ देखि १५ वर्ष उमेरका वालवालिकालाई विद्यालयमा आकर्षित गर्न यस्तो कार्यक्रम साचालन गरेको उहाँले बताउनुभयो । विद्यालय स्वागत तथा भर्ना अभियान मार्फत शिक्षा कार्यालयले जिल्लाका सबै वालवालिकालाई विद्यालयसम्म पुर् याउनका लागि प्रति विद्यार्थी ८ सय रुपियाँ वराबरको शैक्षिक सामाग्री दिन लागेको हो ।
यसका लागि शिक्षा कार्यालयले सबै गाविसबाट तथ्याङ्क संकलन गरी विद्यालय बाहिर रहेका वालवालिकाको संख्या निकालिसकेको छ । शिक्षा कार्यालयले यसै विषयमा छलफल गर्न आज आयोजना गरेको एक अन्तरकि्रर्यामा सो अभियान साचालनका लागि जिल्ला शिक्षा समितिका संयोजक तथा स्थानीय विकास अधिकारीको अध्यक्षतामा एक समिति गठन गरेको छ । जसको सदस्य सचिव जिल्ला शिक्षा अधिकारी र सदस्यहरुमा जिल्लाका प्रंमुख तीन राजनीतिक दल तीन विद्यार्थी संघ संगठन शिक्षक संग संगठन नेपाल पत्रकार महासंघ शिक्षा क्षेत्रमा कि्रयाशिल संघसंस्था रहेका छन् । अन्तरकि्रर्याले सबै गाविसमा अभियान साचालनका लागि समिति निर्माण गर्ने निर्णय गरेको छ ।

कोरीयाली पर्यटकहरु बेपत्ता

१४ बैशाख २०६७
मनासलु हिमाल आरोहण गर्न आएका दुईजना कोरीयाली पर्यटकहरु अस्तिदेखि मनासलु हिमाल क्षेत्रमा वेपत्ता भएका छन् । मनासलु हिमाल आरोहण गर्न चैत २० गते सिर्दिवासबाट सामागाउँको वेसक्याम्पतर्फ लागेका ४ जना कोरियाली पर्यटक र दुइ नेपालीमध्ये दुई कोरियाली वेपत्ता भएको प्रहरीले जनाएको छ । आरोहण टोलीमा सहभागी ४ कोरियाली र दुइ नेपालीलाई भने हिजॊ हेलिकप्टरले उद्धार गरीएको छ । हराएकाहरुलाई हेलिकप्टर मार्फत उद्धार टोलीले खोजी गर्दा एकजनाको शब हिउ क्षेत्रमा फेला परेको प्रहरी नायब उपरीक्षक विष्णु केसीले जानकारी दिनुभएको छ । एकजनाको अवस्था अझै थाहा नभएको र दुवैजनाको नाम नखुलेको प्रहरीले जनाएको छ । हराएकाहरुको खोजी कार्य आज पनि भइरहेको प्रहरीले जनाएको छ । पर्यटकहरु मनासलु हिमाल आरोहणका लागि गएको बारे जानकारी भएपनि वेपत्ता भएको बारे प्रहरीले पनि उद्धार गर्न हेलिकप्टर आएपछि मात्र थाहा पाएको थियो ।

Sunday, April 25, 2010

शुल्क वृद्विको विरोधमा गोरखाका निजी विद्यालयहरु बन्द

१२ बैशाख २०६७
एकिकृत नेकपा माओवादी समर्थित अनेरास्वीयु क्रान्तिकारीले निजी विद्यालयले शुल्क वृद्वि गरेको भन्दै गोरखामा संाचालित सवै निजी विद्यालय पनि वन्द गराएका छन् । विद्यालय वन्द भएका कारण जिल्ला भरका तिन हजार भन्दा वढी विद्यार्थी प्रभावित भएका छन । शुल्क वृद्वि फिर्ता नहुदाँ सम्म निजी विद्यालय वन्द गराउने उद्वेश्यका साथ गोरखा जिल्लामा कानुनी आधारमा संाचालित २८ विद्यालय पुर्ण रुपमा वन्द गरीएको छ । जस अन्तरर्गत राष्ट्रिय स्तरका सेन्ट जेसेफ र सेन्ट मेरीज रहेका छन भने जिल्ला स्तकै १ उच्च मावि १ मावि र ६ निमावी तथा १९ प्रावि बन्द भएका छन् । अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष कुमार तिवारीका अनुसार विषयगत र एकमुष्ठ गरी जिल्लामा संाचालित सवै निजी विद्यालयले शुल्क वृद्वि त गरेको छ तर अन्य जिल्लाको तुलनामा गोरखाको शुल्क वृद्वि सामान्य रहेको उहाँले वताउनु भयो । विद्यालय खुल्दा समस्या नभएपनि दवावका लागी जिल्लाका सवै विद्यालय वन्द गनुपरेको उहाँले वताउनु भयो ।

शिक्षकहरुमाथि कुटपिट

१२ बैशाख २०६७
एकिकृत नेकपा माओवादी कार्यकर्ताले गोरखाको ताकुमाझ लाकुरीबोट र मकैसीमा स्थानीय शिक्षकहरुमाथि कुटपीट गरेको छ । माओवादी कार्यकर्ताहरुले ताङ्लीचोकको महादेव प्राविका प्रधानाध्यापक देउबहादुर गुरुङ र ताकुमाझ लाकुरीबोटका चन्द्रकला प्राविका शिक्षक शुकबहादुर बरामलाई कुटपीट गरेको हो । कुटपीटबाट घाइते दुवै शिक्षक नेपाली कांग्रेस निकट हुन् ।
एकिकृत माओवादीको घरदैलो अभियानमा रहेको वाइसीएल टोलीले मकैसी घर भइ ताङलीचोक पढाउने शिक्षक देउबहादुर गुरुङलाई निर्घात कुटपीट गरी मरणासन्न बनाएको नेपाली कांग्रेसले बताएको छ । मकैसीको बुटारबाट मकैसीतर्फ जाँदै गर्दा वाइसीएल कार्यकर्ताले वसबाट निकालेर गुरुङलाई कुटपीट गरी घाइते बनाएका हुन् । उहाँको हिजै राती काठमाडौको शिक्षण अस्पतालमा उपचार भएको नेपाली कांग्रेसका जिल्ला सचिव इश्वर पाण्डेले बताउनुभयो । गुरुङको टाउकोमा ८ वटा टाँका लगाइएको छ भने शरीरभरि निलडाम रहेको कांग्रेसले जनाएको छ ।
त्यसैगरी ताकुमाझ लाकुरीबोट गाविसका शिक्षक शुकबहादुर बरामलाई मध्यरातमा ४÷५ जना नकाव लगाएका नचिनेका मान्छेले कुटपीट गरेको नेपाली कांग्रेसले जनाएको छ । हामीलाई पाटिले पठाएको भन्दै राती ११ वजे बरामको घरमा पुगेका नकाबधारीहरुले एक्कासी कुटपीट गर्न थालेपछि भागेर ज्यान जोगाएको पीडितले बताउनुभएको छ । कुटपीट गर्नेहरु मध्ये दुइजनाले माओवादी सेनाको पोशाक लगाएको उहाँले बताउनुभयो । पाटिले पठाएको भनेको र सेनाको ड्रेस लगाएकोले उनीहरु माओवादीनै भएको घाइतेलाई उधृत गर्दै कांग्रेस जिल्ला सचिव पाण्डेले बताउनुभयो ।
उहाँको गोरखा अस्पतालमा उपचार भइरहेको छ । उहाँको शरीरभरि निलडाम अनुहारमा चोट लागेको छ । नेपाली कांग्रेसले आज एक विज्ञप्ति जारी गरी लोकतन्त्र दिवशको दिनमा कांग्रेस कार्यकर्तालाई कुटपीट गरेको प्रति आपत्ति जनाएको छ । जिल्ला सचिव किरणबाबु श्रेष्ठद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा दलहरुवीच भएको सहमतिको मसी सुक्न नपाउदै माओवादीले आफ्ना कार्यकर्तामाथि कुटपीट गर्ने डर धाक धम्की दिने कामको श्रृङखला बढाएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा फरक विचार र सिद्धान्तका ब्याक्तिमाथि आक्रमण गर्ने निरंकुश चरित्र प्रदर्शन नगर्न माओवादीलाई आग्रह गरिएको छ । नेपाल शिक्षक युनियन नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्र र नेपाल शिक्षक संघले संयुक्त विज्ञप्ति निकालेर घटनाको विरोध गरेको छ ।

उता एकिकृत माओवादीका जिल्ला सेक्रेटरी चुडामणि खड्का प्रकाशले आस्थाको आधारमा कारबाही गर्ने आफ्नो पाटिको कुनै नीति नभएको भन्दै माओवादी संलग्नता अस्वीकार गर्नुभएको छ । उहाँले उक्त घटना सामाजिक किसिमका घटना हुन सक्ने भन्दै पाटि संलग्न नभएको दावी गर्नुभयो ।