Wednesday, April 28, 2010

जर्बजस्ती चन्दा रकम माग गरेपछि तनहुँमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

१५ बैशाख २०६७
माओवादीले जर्बजस्ती चन्दा रकम माग गरेपछि तनहुँमा कर्मचारी आबद्ध विभिन्न ७ संघ संगठनले आज प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल निजामती कर्मचारी संगठन नेपाल निजामती कर्मचारी यूनियन स्वास्थ्यकर्मी संघ सरकारी संघ संगठन चालक एशोसियसन स्थानीय निकाय कर्मचारी संघ स्थानीय निकाय कर्मचारी यूनियन व्यासनपा गाविस सचिव हक हित संरक्षण केन्द्रले ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ पौडेलले माओवादीको चन्दा आतंक नियन्त्रणका लागि प्रशासन एक्लै सक्षम नभएको बताउनुभयो । उहुले माओवादीको जर्वजस्ती चन्दा माग चासोको विषय बनेको बताउँदै चन्दाको विषयमा जर्वजस्ती र कुटपीट भए नेपाल प्रहरी र शशस्त्र प्रहरी टोलीले कारबाही गर्ने बताउनुभयो । कर्मचारी संगठनका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी समक्ष व्यक्तिगत सुरक्षाको समेत माग गरेका थिए । माओवादीले तनहुँका सबै सरकारी कर्मचारीसंग एक महिना बराबरको तलब चन्दा माग गरेका छन् ।

No comments: