Thursday, June 3, 2010

गोरखा सदरमुकामको फोहोर डम्पिङ्ग साईटमा फाल्न रोक

२० जेठ २०६७
पुर्वाधार विकास र फोहोर फाल्ने ठाउँ ब्यवस्थित गर्नुपर्ने माग नगरपालिकाले पुरा नगरेको भन्दै गोरखा नगरपालिका ८ का वासिन्दाले गोरखा सदरमुकामको फोहोर आजबाट आफ्नो वडाभित्रको डम्पिङ साइटमा फाल्न दिएका छैनन् । नगरपालिकाले वडा नंबर ८ को जुँगेपानीमा वर्षेनी फोहोर फाल्दै आएपनि स्थानीय वासिन्दाको माग बमोजिम पुर्वाधार विकासमा सहयोग नगरेपछि फोहोर फाल्न नदिएको उनीहरुको भनाइ छ ।
नगरपालिकाले विगत ७ वर्षदेखि फोहोर फाल्दै आएपनि डम्पिङ साइटलाई ब्यवस्थित नबनाएको डम्पिङ साइटसम्मको सडक फराकिलो नबनाएकोले अबदेखि फोहोर फाल्न नदिनॆ एकीकृत माओवादीको तर्फबाट वडा प्रतिनिधि अमृत केसीले जानकारी दिनुभएको छ । नगरपालिकालाई यस विषयमा पटक पटक जानकारी गराउदा पनि बेवास्ता गरेकाले फोहोर रोक्न बाध्य भएको उहाँले बताउनुभयो ।
स्थानीय वासिन्दाको घाँसदाउरा लिन जाने ठाउँमा फोहोरले दुर्गन्ध भएको वर्षामा फोहोरहरु बगाएर खेतमा पुर् याएको र वाटो साँघुरो हुदा दुर्घटना बढेकाले सडक फराकिलो बनाउनुपर्ने र डम्पिङ साइट ब्यवस्थित बनाउन माग गरेका हुन् । बाटो छेउमा फोहोर थुपार्दा आवत जावतमा पनि समस्या परेकाले डम्पिङ साइट बाटोदेखि टाढा बनाउनुपर्ने एमालेका तर्फबाट संयन्त्र प्रतिनिधि कल्पना कुँवरले बताउनुभयो ।
नगरपालिका कार्यालयलाई फोहोरले पारेको समस्याबारे पटक पटक जानकारी गराउदा पनि वेवास्ता गरेकाले बाध्य भएर फोहोर रोक्नुपरेको नेपाली कांग्रेसका गाउँ संयन्त्र प्रतिनिधि टंकबहादुर वानियाँले बताउनुभयो । उहाँले अबदेखि वडा नंबर ८ मा फोहोर फाल्न पनि नदिने दावी गर्नुभयो । यस विषयमा वडावासीले नगरपालिकालाई दुइमहिने अल्टिमेटम दिएको थियो भने त्यसको एकमहिनापछि समस्याबारे स्मरण गराएको थियो ।
स्थानीय वासिन्दाले फोहोर फाल्न नदिएपछि नगरपालिकाले आज विहान उठाएको फोहोर ट्याक्टरमा नगरपालिका कार्यालयमा नै राखेको छ । फोहोर फाल्न नदिएपछि भोलीदेखि गोरखा सदरमुकामको फोहोर नउठ्ने निश्चित भएको छ । यस विषयमा नगरपालिकाकासंग सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन ।

सरसफाइ सप्ताह गोरखमा भब्य रुपमा मनाइने

२० जेठ २०६७
जेठ २२ देखि २८ गतेसम्मको सरसफाइ सप्ताह गोरखमा भब्य रुपमा मनाइने भएको छ । चर्पी बनाउनु छ प्रयोग गर्नु छ नबनाएकालाई सिकाउनु छ छिट्टै आफ्नो बस्तीलाई खुला दिशामुक्त बनाउनु छ भन्ने नाराका साथ मनाइने सप्ताहमा खानेपानी तथा सरसफाइका क्षेत्रमा काम गर्ने संघ सस्था र सरकारी निकायले बिभिन्न कार्यक्रम गर्ने भएका हुन् ।
जस अनुसार जेठ २२ गते गैह्र सरकारी संस्था महासंघको आयोजनामा सदरमुकाममा झाडु जुलुस निकाल्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जिल्ला शिक्षा कार्यालयले सरसफाई र हाम्रो स्वास्थ्य विषयक माध्यामिक स्तरिय निबन्ध प्रतियोगिता गर्ने रेडियो गोरखाले सरसफाई सबन्धि सचेतना कार्यक्रम गर्ने भएका छन् ।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटीले घैरुङमा सरसफाई संबन्धि कार्यक्रम गर्ने तुल्सी मेहर युनेस्को क्लबले लोकगीत प्रतियोगिता गर्ने पद्धति विकास सेवा केन्द्रले सौरपानीमा लोकनृत्य प्रतियोगिता गर्ने लगायतका कार्यक्रम छन् । स्थानीय विकास अधिकारी तथा जिल्ला खानेपानी तथा सरसफाई समितिका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरसफाई सप्ताहमा साचालन गरिने कार्यक्रमका विषयमा बिभिन्न संघ संस्थाका र सरकारी निकायका प्रतिनिधिहरुसंग छलफल गरिएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ गोरखाको अधिवेशन अबैधानिक र महासंघको नीति विपरित

२० जेठ २०६७
सामुदायिक वन उपभोक्ता महासंघ गोरखाको हिजो सम्पन्न अधिवेशन महासंघको नीति विपरित भएको भन्दै अघिल्लो समितिका अध्यक्ष कृष्ण रानामगरले ध्यानाकर्षण भएको जनाउनुभएको छ । विज्ञप्तिमा महासंघको जिल्ला सदस्यहरुको बैठक र उपस्थिति विना भुमिगत शैलीमा रेाजपोष्ट महासंघको पनि बैठक नवसी गरिएको जिल्ला अधिवेशन अबैधानिक भएको दावी गरिएको छ । अधिवेशनमा महासंघको सबै निकायमा जानकारी नदिइकन गरिएकोले यस्तो अधिवेशनको भ्रममा नपर्न सामुदायिक वन समूह केन्द्रिय महासंघ रेाजपोष्ट महासंघ लगायत सबैलाई अध्यक्ष रानाले आग्रह गर्नुभएको छ ।
उहाँले आजै एक पत्र केन्द्रिय महासंघमा पनि पठाउनुभएको छ । पत्रमा उहाँले अधिवेशनलाइ मान्यता नदिन आग्रह गर्नुभएको छ । त्यसैगरी आजै महासंघको ताक्लुङ रेाजपोष्ट स्तरिय महासंघले पनि केन्द्रिय महासंघलाई एक पत्र पठाइ अहिलेको अधिवेशन रद्द गरी पुन अधिवेशन गर्न माग गरेको छ । सचिव डिलनारायण श्रेष्ठले जिल्ला महासंघ गोरखाका अध्यक्षलाई पत्र लेखि आफ्नो रेाजपोष्ट समितिबाट छनोट गरिएको प्रतिनिधि रद्द गरिएको जनाउनुभएको छ । उहाँले बहुमत सदस्य अनुपस्थित रहेकाले प्रतिनिधि रद्द गरिएको जनाउनुभएको छ ।

Wednesday, June 2, 2010

रा।बा।बैंक गोरखा शाखामा पनि एटीएम सेवा

१९ जेठ २०६७
राष्ट्रिय वाणिज्य बैङ्क गोरखा शाखाले आजदेखि एटीएम सेवा सुरु गरेको छ । एटीएम सेवाको आज एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले र निर्माण ब्यावसायी संघका अध्यक्ष धिरजबहादुर मास्केले उद्घाटन गर्नुभयो । आजै बैङ्ककको एटीमका पहिलो ग्राहक जीवनज्योति श्रेष्ठले एटीएम मार्फत पैसा निकाल्नुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै बैङ्ककका प्रमुख कार्यकारी अधिकृत जनार्दन आचार्यले वाणिज्य बैङ्क पुरातन बैङ्कबाट अत्याधुनिक हुने क्रम सुरु भएको बताउनुभयो । बैङ्कले यसवर्षभित्र ५० शाखामा एटीएम सेवा साचालन गर्ने बताउनुभयो । उहाँले बैङ्कले ग्राहकलाई दिने सेवा सुविधा विस्तारै थप गर्दै जाने पनि जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले निजी बैङ्कहरुले धेरै सुविधा दिन थालिसक्दा पनि पुरानो बैङ्क मानिने वाणिज्य बैङ्कले ग्राहकको चाहना अनुसार सुविधा बढाउन नसकेको बताउनुभयो । उद्योग वाणिज्य संघका अध्यक्ष रामबाबु जोशीले बैङ्कहरुको स्थापना र यसले दिने सेवाले आर्थिक विकासमा निकै महत्व राख्ने बताउनुभयो । निर्माण ब्यावसायी संघका अध्यक्ष धिरजबहादुर मास्केले ग्राहकको तुलनामा कर्मचारी थोरै भएर सेवा लिन समस्या भएको बेला एटीएमले सजिलो हुने बताउनुभयो ।
वाणिज्य बैङ्कले सेवा सुरु गरेपछि गोरखामा एटीएम सेवा दिने बैङ्कको संख्या तीन पुगेको छ । एटीएमले बैङ्कका १८ हजार ग्राहकलाई चाहिएका बेला रकम झिक्न सजिलो हुन शाखा प्रबन्धक आश्विन अधिकारीले जानकारी दिनुभएको छ ।

मानव अधिकार तथा शान्ति समाज स्थापना दिवस

१९ जेठ २०६७
गोरखाको नागरिक समाज र सरकारी निकायका प्रमुखहरुले मानव अधिकार तथा शान्ति समाजले मानव अधिकारको क्षेत्रमा खेलेको भुमिकाको स्वागत गरेका छन् । समाजको १५ औ स्थापना दिवशको अवसरमा आज आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले मानव अधिकार शान्ति र अिहंसाको पक्षमा शान्ति समाजको भुमिका स्वागत योग्य भएको भन्दै आगामी दिनमा पनि यस्तै भुमिकाको अपेक्षा गरेका हुन् । उनीहरुले शान्ति समाजले मानव अधिकार र शान्तिको पक्षमानिरन्तर आवाज उठाएकोमा धन्यवाद समेत दिएका छन् ।
यसरी मन्तब्य राख्नेहरुमा प्रमुख अतिथि स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ नेपाली कांग्रेसका सुकदेव दवाडी नेकपा एमालेका वावुराम थापा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारी नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा उद्योग वाणिज्य संघका अध्यक्ष रामबाबु जोशी गैर सरकारी संस्था महासंघका अध्यक्ष काजीराम रोका मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य स्थानेश्वर दुवाडी आदिवासी जनजाति महासंघका अध्यक्ष एकबहादुर तमु मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियानका सचिव किशोर रेग्मी इन्सेक जिल्ला प्रतिनिध भीमलाल श्रेष्ठ जिल्ला शिक्षा अधिकारी योगराज भट्टराई शिक्षक संघका अध्यक्ष नुरेश्वर अधिकारी एमनेष्टी इन्टरनेशनल महिला समूहकी अध्यक्ष माजु अर्याल तमु ह्युल छोँज धिका अध्यक्ष जगन सि तमु नेपाल महिला संघकी पंफा गान्धारी शान्ति समाजका उपाध्यक्ष श्याम लामिछाने र सचिव सीताराम तिवारी रहनुभएको छ ।
सदरमुकामको हरमटारीस्थित गोरखा बोर्डिङ्गमा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष यदु अधिकारीले शान्ति लोकतन्त्र मानव अधिकार र नयाँ संविधानको पक्षमा जिल्लामा भएका कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण संघ संस्था र ब्याक्तिहरुलाई धन्यवाद दिनुभएको छ ।

भवन निर्माणका लागी रकम संकलन

१८ जेठ २०६७
गाउँमा आएका पाहुनाहरुको स्वागत सत्कार गरी गोरखाको मान्वु गाविसका महिलाहरुले भवन निर्माणको लागि रकम संकलन गरेका छन् । बिभिन्न ठाउँबाट मान्वु घुम्न आउने आगन्तुकलाई गाउँमा स्वागत सत्कार गर्ने र खानपीनको ब्यवस्था गरी समूहको भवन निर्माणको तयारी गरेको शितलादेवी महिला समूहकी अध्यक्ष सावित्री कार्कीले जानकारी दिनुभएको छ ।
महिला समूहले गाउँ आउने पर्यटकलाई फुलमाला लगाएर सम्मान गर्ने र गाउँ घुमाउने समेत गरेका छन् । उनीहरुले आगन्तुकलाई स्थानीय परिकार सहितको खाजा तथा खानाको ब्यवस्था गरी त्यसवापत प्राप्त आम्दानी समूहको कोषमा जम्मा पारी भवन बनाउन लागेका हुन् । कतिपय आगन्तुकले खुशी भएर आर्थिक सहयोग समेत गरेका अध्यक्ष कार्कीले बताउनुभयो ।
६ वर्ष अघि गठन भएको मान्वु ४ को सो समूहले महिला समूहको भवन निर्माणको लागि गाउँमा भाडाकुँडा भाडामा लगाएर पनि आर्थिक संकलन गरेका छन् । गाउँमा विवाह ब्रतबन्ध हुदा ठुलो संख्यामा भाडाकुँडा चाहिने भएकाले त्यस्ता भाडाकुँडा शुल्क लिएर पनि आर्थिक संकलन गरेको अध्यक्ष कार्कीले बताउनुभयो । महिला समूहले स्वागत सत्कार र भाडाकँडाबाट प्राप्त आम्दानीले नपुगेमा आफैले श्रमदान गरी यसवर्ष भित्र भवन निर्माण गर्ने जनाएको छ ।

रोट महोत्सवको छैटौं दिन

१८ जेठ २०६७
गोरखनाथ प्रकट दिवशको अवसर पारेर बैशाख पुर्णिमा देखि गोरखाको गोरखनाथ मन्दिरमा सुरु भएको रोट महोत्सवको आज छैठौ दिन पनि मन्दिर क्षेत्रमा भक्तजनहरुको घुँइचो लागेको छ । गुरु गोरखनाथलाई खुशी बनाए सुख शान्ति र समृद्धि प्राप्त हुने विश्वासमा देशका बिभिन्न जिल्लाबाट भक्तजनहरु रोट चढाउन आएका आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । महोत्सवमा जिल्ला भित्र र बाहिरका गरी १ हजार भक्तजनहरु आएका छन् भने भजन सुन्न र महोत्सवको अवलोकन गर्न पनि उल्लेख्य संख्यामा अवलोकनकर्ताहरु गोरखनाथ आश्रममा पुगेका छन् ।
चामलको पिठोमा चिनी नरिवल दालचिनी ल्वाङ सुकुमेल लगायतका ५२ थरी मसलाहरु मिलाएर बनाइने परिकारलाई रोट भनिन्छ । रोट गुरु गोरखनाथलाई सबैभन्दा बढी मनपर्ने परिकार भएकाले उहाँलाई खुशी पार्न र देशमा आध्यात्मिक जागरण ल्याउन महोत्सव गरिएको शक्ति केन्द्रका साधक रामजी अर्यालले जानकारी दिनुभएको छ । हाल दैनिक १० हजार भन्दा बढी रोट चढिरहेको र दैनिक भजन किर्तन र गुरु पुजन लगायतका कामहरु साचालन भइरहेका छन् ।
महोत्सवमा आउने भक्तजनको लागि आयोजकले खाने वस्ने ब्यवस्था मिलाएको छ भने स्वास्थ्य शिविर पनि साचालन गरेको छ । ११ दिनसम्म चल्ने महोत्सवमा गुरु गोरखनाथलाई सवालाख रोट चढाइने आयोजकले जनाएको छ । महोत्सव अबधिमा सिद्धाश्रम शक्ति केन्द्रले सवालाख रोट चढाउछ भने बिभिन्न ठाउँबाट रोट चढाउन पिठो लिएर आउने भक्तजनपनि बढेका छन् ।

युवा अडिटिङ कार्यक्रम

१८ जेठ २०६७
गोरखा सदरमुकाममा आज युवा अडिटिङ कार्यक्रम भएको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तरगत साचांलित कार्यक्रममा जिल्लाका युवाहरुको अबस्थाका बारेमा छलफल भएको थियो । कार्यक्रम अन्तरगत १५ दिनभित्र विभिन्न गाविसमा युवाहरुको शैक्षीक ब्यबसायीक आर्थीक लगायतका अबस्थाका बारेमा सर्बेक्षण गरीने कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रमका जिल्ला संयोजक शिवहरी पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले युवा अडीटीङ कार्यक्रमले युवाहरुमा नयाँ साचांर थप्ने बताउनुभयो । कार्यक्रममा समीतीका जिल्ला सदस्य विपीनचन्द्र ढकालले जिल्ल्ाामा युवाको अबस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार यो बर्षमा यो कार्यक्रम सम्पन्न गर्दा अर्को बर्ष जिल्लामा युवा सुचना केन्द्र स्थापनाका लागी सहयोग पुग्नेछ ।
विभिन्न युवा क्लबमा आबद्ध ४० जनाको सहभागीता रहेको कार्यक्रममा गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष सुदीप नगरकोटी गोरखा फुटवल संघका अध्यक्ष हरीहर श्रेष्ठ जिविसका गोपी कोइराला किसान महासंघका कालीका ढकाल नेविसंघका श्रीकृष्ण पौडेल वाइसीएलका दिनेश तमु लगायतले युवाका अबस्थाका बारेमा आ आफ्नो भनाई राख्नुभएको थियो ।

सहयोगको याचना

१८ जेठ २०६७
हेटौंडा ४ बस्ने देबकी पराजुलीले आफ्नी १८ बर्षिया छोरी बर्षा पराजुलीलाई ब्लड क्यान्सर भएपछि सहयोगको याचना गर्नुभएको छ । रोग सुरुवातको चरणमा भएकोले निको हुने तर यसको लागि महंगो खर्च लाग्ने बीर अस्पतालले बताएको देबकीले जानकारी दिनुभयो । अहिले एसएलसी दिएर बसेकी कान्छी छोरी बर्षालाई सहयोग गर्न चाहने महानुभाबले राष्ट्रिय बाणिज्य बैक हेटौंडा शाखाको खाता नं। १०१५९ मा रकम जम्मा गर्न सकिने बर्षाकी आमा देबकीले बताउनुभयो ।

रेडियो गोरखा संसारभर सुन्न सकिने

रेडियो गोरखा अब संसारभर सुन्न सकिने भएको छ । आजदेखि www.gorkhalionline.com मा प्रत्यक्ष रुपमा सुन्न सक्नुहुनेछ । अब चाँडै नै तपाईले चाहनुभएको कार्यक्रम www.radiogorkha.blogspot.com मार्फत Download गरेर सुन्न सक्नुहुनेछ ।

योजना सम्झौताको लागी उपभोक्ता समितिको भीड

१७ जेठ २०६७
आर्थिक वर्ष सकिन साँढे एक महिना बाँकी रहदा जिल्ला विकास समिति गोरखामा योजना सम्झौता गर्न आउने उपभोक्ता समितिको भीड बढेको छ । जेठ लागेपछि दैनिक १५ वटा उपभोक्ता समिति योजना सम्झौता गर्न आएका जिल्ला विकास समितिका योजना शाखाका विष्णु घिमिरेले जानकारी दिनुभएको छ । जिल्ला विकास समितिमा आउने वजेट सबै दलको सहमतिमा योजना छनोट गरेपछि मात्र सम्झौता गनुपर्ने भएकाले अहिले सम्झौता गर्नेको संख्या बढेको हो । यसअघि बैशाख महिनामा दैनिक ८ वटाको संख्यामा योजना सम्झौता हुने गरेको थियो ।
आर्थिक वर्षको सात महिनासम्म कुनैपनि योजनाको छनोट र बजेट बाँडफाँड हुन नसकेको जिविसमा फागुन अन्तिमबाट मात्रै योजना सम्झौता हुन थालेको हो । फागुनको दोश्रो सातादेखि बिभिन्न समयमा तीनपटक वसेको जिल्लाका तीन राजनीतिक दलको बैठकले योजना छनोट गरेको थियो । योजना छनोटपछि संंबन्धित ठाउँका उपभोक्ताहरुलाई सम्झौताका लागि पत्राचार गरीएको र उनीहरु समिति बनाइ आउँदा ढिलो भएको स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
योजना छनोटपछि प्राविधिकले लगत स्टिमेट निकाल्नुपर्ने र उपभोक्ताहरुले समिति गठन गरी अनुकुल मिलाएर सम्झौता गर्न आउनुपर्ने भएकाले आर्थिक वर्षको समाप्तिको समयमा भीड लाग्ने गरेको उहाँले स्पष्ट पार्नुभयो ।
कृषि सडक खानेपानी स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम जिविस अनुदान उपेक्षित उत्पीडित दलित उत्थान कार्यक्रम शिर्षकका बजेटहरु अहिले सम्झौता भइरहेका छन् । जसमा कृषि सडक शिर्षकमा ३० लाख सम्मको योजना पनि हालै सम्झौता भएको छ । हाल सम्झौता हुनेमा धेरैजसो ८ देखि १० लाख सम्मका योजनाहरु छन् । डेढमहिनामा खर्च गरिसक्नुपर्ने सो रकम सदुपयोग हुन नसक्ने कतिपयको भनाइ छ ।
तर जिविसले भने योजना कार्यान्वयनका लागि बाँकी समय पर्याप्त रहेको दावी गरेको छ । धेरैजसो खानेपानी र सडकका योजनाहरु रहेकाले त्यस्ता योजनाहरु समयमा नै सम्पन्न हुने स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो । उपभोक्ता समितिमा विवाद नभएर काम सुचारु हुन पाए निर्धारित मितिमा योजना सम्पन्न हुने उहाँले स्पष्ट पार्नुभयो ।

औषधी पसल तथा एग्रोभेटहरु अनियमित ढंगले साचालन

१७ जेठ २०६७
गोरखाका अधिकांश औषधी पसल तथा एग्रोभेटहरु अनियमित ढंगले साचालन भएका छन् । जिल्लाभित्र साचालित ९० प्रतिशत औषधी पसलहरु दर्ता नगरी साचालन भएको पाइएको छ । बिगत १० बर्षयता खुलेका औषधी पसलहरु कुनै पनि दर्ता नभएको हो । औषधी ब्यवस्था विभागको निरीक्षण शाखाले जिल्लाका मेडिकल तथा एग्रोभेको निरीक्षणपछि जिल्ला प्रशासन कार्यालयलाई बुझाएको प्रतिवेदनमा अधिकांश औषधी पसल दर्ता नगरी साचालन गरेको उल्लेख गरिएको छ ।
बिभागमा दर्ता भएर साचालन भएका अधिकांश पसलहरु पनि अनुमति लिने ब्याक्तिभन्दा अन्य ब्यक्तिले चलाएका छन् । जिल्लाका ९५ प्रतिशत औषधी पसलहरु दर्ता भएको ब्यक्तिभन्दा अन्य ब्यक्तिले र ठाउँमा साचालन गरिरहेको सिएमए संघ गोरखाका अध्यक्ष विनोद अर्यालले बताउनुभयो । जुन औषधी ऐन २०३५ र औषधी दर्ता नियमावली २०३८ अनुसार गैरकानुनी मानिन्छ ।
जिल्लाका ९० प्रतिशत औषधी पसलहरु गैरकानुनी रुपमा साचालन भएको जिल्ला स्वास्थ्य प्रमुख डा। गुणराज लोहनीले बताउनभयो । प्रत्येक गाविसमा दुईदेखि तीनवटासम्म औषधी पसलहरु अबैध रुपमा खुलेका उहाँले स्पष्ट पार्नुभयो । गाविस र बजार क्षेत्रका गरी करीब तीनसय औषधी पसलहरु अबैध भएको उहाँको अनुमान छ । जिल्ला औषधी अनुगमन समितिका अध्यक्ष समेत रहनुभएका डाक्टर लोहनीले सबै पसलहरुलाई असार मसान्तभित्र कागजात दुरुस्त राख्न सूचित गरिएको र नगरे कारबाही प्रकि्रया अगाडी बढाउने बताउनुभयो ।
उता पसल दर्ता गर्न नपाएका ब्याबसायीहरु भने बिभागले दर्ता प्रकि्रया रोक्का गरेकाले समस्यामा परेको बताएका छन् । बिभागले २०५६ सालदेखि नयाँ पसल दर्ता गर्न बन्द गरेकाले आफूहरुले दर्ता गर्न नपाएको उनीहरुको गुनासो छ । औषधी पसल राखेको पाँचबर्षसम्म पनि दर्ता गर्न नपाएको सदरमुकामको धारापानीमा मेडिकल साचालन गर्दै आएका भाइकाजी आलेले बताउनुभयो । सरकारले दर्ता प्रकि्रया बन्द गरेकाले पसल दर्ता गर्न नपाएको उहाँले दुखेसो गर्नुभयो । फार्मेसी र सिएमए बीचको बिबाद सरकारले समाधान गर्न नसकेकोले मेडिकल साचालनमा समस्या आएको ब्यावसायीहरुको भनाई छ ।

भीर माहुरीको मह शिकार गरिदै

७ जेठ २०६७
लोपोन्मुख भीर माहुरी संरक्षण तथा लेकाली जैविक विविधता जगेर्ना गर्ने उदेश्यले जिल्ल्ाा कृषि विकास कार्यलय लमजुङले जिल्लाको वाहुनडाडा २ को नाइचेमा पसर्ी भीर माहुरीको मह शिकार गरिने भएको छ । कृषि कार्यलयले आज पत्रकार सम्मेलनको आयोजना गरी लोपोन्मुख भीर माहुरीको वचाउ गर्ने र स्थानीय वासिन्दालाई मह काढ्ने तरीका सिकाउने उदेश्यले मह शिकार गर्न लागेको स्पष्ट पारेको छ ।
नाइचे स्थित भीर माहुरीको मह काढ्न २५ जना मह शिकारीलाई कृषि प्राविधिकले तालिम दिने कृषि कार्यलयले जनाएको छ । भीर माहुरीको मह शिकार गर्दा अदक्ष शिकारीहरुले माहुरीको महको गोला पुरै झिक्ने गोलामा आगो लगाउने कारणले भीर माहुरी लोप हुदैआएको बताउदै भीर माहुरीको मह शिकार गर्ने तरीका माहुरी वचाउ अभियानलाई प्रभावकारी वनाउन कृषि कार्यालयको अगुवाइमा मह शिकार गर्न लागिएको कृषि विकास कार्यलयका प्रमुख किशोरप्रसाद पन्तले बताउनुभयो ।
भीर माहुरीको मह शिकारका लागी जिल्ला स्थित सवै सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु साचारकर्मी स्थानीय आमा समूह सहित करिव एक सय जनाको सहभागीता रहने कृषि विकास कार्यलयलाई उधृत गर्दै सहकर्मी रामजी रानाले जानकारी दिनुभएको छ ।

Sunday, May 30, 2010

गोरखाको आधादर्जन बढी गाविसमा तीन सातादेखि विद्युत सेवा अवरुद्ध

१६ जेठ २०६७
गोरखाको आधादर्जन भन्दा बढी गाविसहरुमा तीन सातादेखि विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाका पश्चिमी गाविसहरु च्याङ्ली धुवाकोट मिरकोट खोप्लाङ्ग हर्मी आँपपीपल पालुङ्टार गाईखुर लगायतका गाविसहरुमा वितरित विद्युत अवरुद्ध भएको हो ।
ती गाविसहरुमा दिउसोको समयमा कहिलेकही विद्युत आएपनि रातीको समयमा कहिल्यै पनि नआउने पीडित उपभोक्ताहरुले बताएका छन् । तनहँुको डुम्रेबाट बितरण गरिएको विद्युत लाइनमा समस्या आएकाले उपभोक्ताहरु रातको समयमा विद्युत सेवा लिनबाट विाचत भएका छन् । गाउँघरमा अध्यारोमा वत्ति वाल्न नपउदा निकै समस्या भएको खोप्लाङ्गका रामेश्वर पोखरेलले दुखेसो गर्नुभयो । यस विषयमा विद्युत प्राधिकरणलाई पटक पटक अनुरोध गर्दा पनि सधै आलटाल गरेको उहाँले बताउनुभयो ।
विद्युत प्राधिकरण गोरखा शाखाका प्रमुख दिपेश खनालले ती गाविसमा डुम्रेको लाइनबाट बितरण गरिएकोले कतै बिग्रएको हुनसक्ने बताउनुभयो । उहाँले तनहुँको सत्रसयमा ब्रेकर विगि्रएकाले विद्युत अनियमित हुनसक्ने भन्दै त्यसको मर्मत गरेको बताउनुभयो । प्राधिकरणले ब्रेकरको मर्मत गरेपछि विद्युत सेवा प्रभावकारी हुने भनेपनि हालसम्म समस्या नसुल्झिएको स्थानीय वासिन्दाको भनाइ छ ।

ब्यावसायिक रुपमा सजिवन खेतीको तयारी

१६ जेठ २०६७
गोरखाको बिभिन्न ९ गाविसमा ब्यावसायिक रुपमा सजिवन खेती गरिने भएको छ । जिल्लाको पालुङटार गाइखुर खरिवोट छोप्राक मनकामना मकैसी घ्याल्चोक भुम्लीचोक र च्याङ्ली गाविसको ४ सय रोपनी क्षेत्रमा सजिवन खेतीको तयारी भएको एभरेष्ट वायो डिजल कम्पनीका फिल्ड कोअर्डिनेटर कृष्ण धितालले जानकारी दिनुभएको छ ।
ती गाविसका तीनसय जना किसानलाई सजिवन खेतीको प्राविधिक ज्ञान सिकाइ ब्यवसायिक रुपमा खेती गराई जीविकोपार्जनमा समेत सुधार गराउने उहाँले बताउनुभयो । खेती नहुने र खेर गएको जमिनको सदुपयोग गरी किसानहरुलाई थप आयआर्जनको ब्यवस्था मिलाउन सजिवन खेती नै उपयोगी हुने उहाँको धारणा छ । गोरखाको अधिकांश गाविसको हावापानी सजिवन खेतीका लागि उपयुक्त भएपनि तत्कालका लागि नौ गाविसमा प्रयोगात्मक रुपमा खेती गर्न लागेको धितालले स्पष्ट पार्नुभयो ।
सजिवन खेती गरिने गाविसमा कम्पनीले निशुल्क रुपमा विउ दिने उत्पादन नदिएसम्म प्रत्यक्ष निगरानी गर्ने र उत्पादित सजिवनको दाना पनि खरिद गर्ने भएको छ । गाउँघरमा खेतीवालीको रक्षा गर्न बारको रुपमा प्रयोग गरिने सजिवनको दानावाट निकालिने तेलबाट गाडी चल्ने प्रमाणित भएपछि कम्पनीले गोरखामा यसको ब्यवसायिक खेती गराउने प्रयास गरेको हो ।
कम्पनीले किसानहरुलाई सजिवन खेतीबारे जानकारी गराउन आज चितवनको दारेचोकमा सजिवन खेती विस्तार संबन्धि एकदिने अभिमुखीकरण कार्यक्रम साचालन गरेको छ । विकास केन्द्र नेपाल एभरेष्ट बायोडिजल कम्पनीको आयोजना र फिनल्याण्ड दुतावासको सहयोगमा साचालित कार्यक्रममा सजिवन विशेषज्ञ डाक्टर खेमराज भट्टराई कृषि विशेषज्ञ जगदिशचन्द्र कुँइकेल जिल्ला वन कार्यालय गोरखाका सहायक वन अधिकृत साजीव आचार्य आयोजक संस्थाका फिल्ड कोअर्डिनेटर कृष्ण धिताल लगायतले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा गोरखाको पालुङटार गाइखुर खरिवोट भुम्लीचोक मनकामना मकैसी घ्याल्चोक भुम्लीचोक र च्याङ्ली गाविसका ३६ जना किसानहरुको सहभागी थिए ।

नरुवललाई पर्यटकीय नमुना ग्रामीण क्षेत्र बनाउने तयारी

१६ जेठ २०६७
पर्यटन बर्ष सन् २०११ लाई मध्यनजर गरी लमजुङको गाउँशहर गाविस ८ नरुवललाई पर्यटकीय नमुना ग्रामीण क्षेत्र बनाउने तयारी भएको छ । स्थानीय वासिन्दाले नमुना गाउँ बनाउनका लागि घरघरमा तरकारी खेती र होमस्टेको तयारी गरेका छन् । पर्यटकलाई मनोाजन दिलाउन मगर समुदायमा प्रचलित बिभिन्न सांस्कृतिक झाँकी तथा परम्परा जगेर्ना गर्न स्थानीय समुदाय लागि परेका नरुवल पर्यटन समितिले जनाएको छ । मगर जातीको वसोवास रहेको नरुवलमा सुन्तला महोत्सवको तयारी समेत गरिएको समितिले जनाएको छ ।