१९ जेठ २०६७
गोरखाको नागरिक समाज र सरकारी निकायका प्रमुखहरुले मानव अधिकार तथा शान्ति समाजले मानव अधिकारको क्षेत्रमा खेलेको भुमिकाको स्वागत गरेका छन् । समाजको १५ औ स्थापना दिवशको अवसरमा आज आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले मानव अधिकार शान्ति र अिहंसाको पक्षमा शान्ति समाजको भुमिका स्वागत योग्य भएको भन्दै आगामी दिनमा पनि यस्तै भुमिकाको अपेक्षा गरेका हुन् । उनीहरुले शान्ति समाजले मानव अधिकार र शान्तिको पक्षमानिरन्तर आवाज उठाएकोमा धन्यवाद समेत दिएका छन् ।
यसरी मन्तब्य राख्नेहरुमा प्रमुख अतिथि स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ नेपाली कांग्रेसका सुकदेव दवाडी नेकपा एमालेका वावुराम थापा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारी नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा उद्योग वाणिज्य संघका अध्यक्ष रामबाबु जोशी गैर सरकारी संस्था महासंघका अध्यक्ष काजीराम रोका मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य स्थानेश्वर दुवाडी आदिवासी जनजाति महासंघका अध्यक्ष एकबहादुर तमु मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियानका सचिव किशोर रेग्मी इन्सेक जिल्ला प्रतिनिध भीमलाल श्रेष्ठ जिल्ला शिक्षा अधिकारी योगराज भट्टराई शिक्षक संघका अध्यक्ष नुरेश्वर अधिकारी एमनेष्टी इन्टरनेशनल महिला समूहकी अध्यक्ष माजु अर्याल तमु ह्युल छोँज धिका अध्यक्ष जगन सि तमु नेपाल महिला संघकी पंफा गान्धारी शान्ति समाजका उपाध्यक्ष श्याम लामिछाने र सचिव सीताराम तिवारी रहनुभएको छ ।
सदरमुकामको हरमटारीस्थित गोरखा बोर्डिङ्गमा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष यदु अधिकारीले शान्ति लोकतन्त्र मानव अधिकार र नयाँ संविधानको पक्षमा जिल्लामा भएका कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण संघ संस्था र ब्याक्तिहरुलाई धन्यवाद दिनुभएको छ ।
No comments:
Post a Comment