१९ जेठ २०६७
राष्ट्रिय वाणिज्य बैङ्क गोरखा शाखाले आजदेखि एटीएम सेवा सुरु गरेको छ । एटीएम सेवाको आज एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले र निर्माण ब्यावसायी संघका अध्यक्ष धिरजबहादुर मास्केले उद्घाटन गर्नुभयो । आजै बैङ्ककको एटीमका पहिलो ग्राहक जीवनज्योति श्रेष्ठले एटीएम मार्फत पैसा निकाल्नुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै बैङ्ककका प्रमुख कार्यकारी अधिकृत जनार्दन आचार्यले वाणिज्य बैङ्क पुरातन बैङ्कबाट अत्याधुनिक हुने क्रम सुरु भएको बताउनुभयो । बैङ्कले यसवर्षभित्र ५० शाखामा एटीएम सेवा साचालन गर्ने बताउनुभयो । उहाँले बैङ्कले ग्राहकलाई दिने सेवा सुविधा विस्तारै थप गर्दै जाने पनि जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले निजी बैङ्कहरुले धेरै सुविधा दिन थालिसक्दा पनि पुरानो बैङ्क मानिने वाणिज्य बैङ्कले ग्राहकको चाहना अनुसार सुविधा बढाउन नसकेको बताउनुभयो । उद्योग वाणिज्य संघका अध्यक्ष रामबाबु जोशीले बैङ्कहरुको स्थापना र यसले दिने सेवाले आर्थिक विकासमा निकै महत्व राख्ने बताउनुभयो । निर्माण ब्यावसायी संघका अध्यक्ष धिरजबहादुर मास्केले ग्राहकको तुलनामा कर्मचारी थोरै भएर सेवा लिन समस्या भएको बेला एटीएमले सजिलो हुने बताउनुभयो ।
वाणिज्य बैङ्कले सेवा सुरु गरेपछि गोरखामा एटीएम सेवा दिने बैङ्कको संख्या तीन पुगेको छ । एटीएमले बैङ्कका १८ हजार ग्राहकलाई चाहिएका बेला रकम झिक्न सजिलो हुन शाखा प्रबन्धक आश्विन अधिकारीले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment