२० जेठ २०६७
सामुदायिक वन उपभोक्ता महासंघ गोरखाको हिजो सम्पन्न अधिवेशन महासंघको नीति विपरित भएको भन्दै अघिल्लो समितिका अध्यक्ष कृष्ण रानामगरले ध्यानाकर्षण भएको जनाउनुभएको छ । विज्ञप्तिमा महासंघको जिल्ला सदस्यहरुको बैठक र उपस्थिति विना भुमिगत शैलीमा रेाजपोष्ट महासंघको पनि बैठक नवसी गरिएको जिल्ला अधिवेशन अबैधानिक भएको दावी गरिएको छ । अधिवेशनमा महासंघको सबै निकायमा जानकारी नदिइकन गरिएकोले यस्तो अधिवेशनको भ्रममा नपर्न सामुदायिक वन समूह केन्द्रिय महासंघ रेाजपोष्ट महासंघ लगायत सबैलाई अध्यक्ष रानाले आग्रह गर्नुभएको छ ।
उहाँले आजै एक पत्र केन्द्रिय महासंघमा पनि पठाउनुभएको छ । पत्रमा उहाँले अधिवेशनलाइ मान्यता नदिन आग्रह गर्नुभएको छ । त्यसैगरी आजै महासंघको ताक्लुङ रेाजपोष्ट स्तरिय महासंघले पनि केन्द्रिय महासंघलाई एक पत्र पठाइ अहिलेको अधिवेशन रद्द गरी पुन अधिवेशन गर्न माग गरेको छ । सचिव डिलनारायण श्रेष्ठले जिल्ला महासंघ गोरखाका अध्यक्षलाई पत्र लेखि आफ्नो रेाजपोष्ट समितिबाट छनोट गरिएको प्रतिनिधि रद्द गरिएको जनाउनुभएको छ । उहाँले बहुमत सदस्य अनुपस्थित रहेकाले प्रतिनिधि रद्द गरिएको जनाउनुभएको छ ।
No comments:
Post a Comment