७ बैशाख २०६७
गोरखामा कि्रयाशिल प्रमुख राजनीतिक दलका नेताहरुले जिल्लाको विकासका लागि सामुहिक रुपमा अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । राजनीतिक विषयमा मतभेद भएपनि विकास निर्माणका कामहरुमा त्यसको प्रभाव पर्न नदिने तर्फ सचेत रहेको पनि उनीहरुको भनाई छ । गोरखा नगरपालिकाको आर्थिक वर्ष २०६७÷०६८ को वजेट र नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनीहरुले नगरक्षेत्रको विकासका लागि स्पष्ट खाकाको आवश्यकता रहेको पनि बताएका छन् ।
कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य दिपक तिमि_िल्सनाले नगरक्षेत्रको फोहरमैला ब्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको खाँचो रहेको बताउनुभयो । उहाँले कृषिमा ब्यवसायीकरण र घरेलु उद्योगलाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका सचीव किरणबाबु श्रेष्ठले भौगोलिक र साँस्कृतिक हिसाबले गोरखा नगरपालिका उदाहरणीय रहेको भन्दै त्यसलाई समन्वय गर्दै अघि बढ्न नगरपालीकालाई आग्रह गर्नुभयो । यस्तै नेकपा एमालेकी सचीव सम्झना देवकोटाले आन्तरिक आयस्रोत बढाउने तर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो । वजेट सार्वजनिक कार्यक्रममा बोल्दै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजङ्ग थापाले नगरपालीका क्षेत्रका घरहरुको नक्सा पास गर्दा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले नगरक्षेत्रमा खानेपानीको अभाव बढ्दै गएकाले यसको दिर्घकालीन समाधानमा सहयोग पुग्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उद्योग वाणिज्य संघ गोरखाका प्रथम उपाध्यक्ष भगतबाबु श्रेष्ठले नगरक्षेत्रका सडकहरुमा हुने अब्यवस्थित सवारी साधन पार्किङ्गले नगरक्षेत्रको सुन्दरता बिगि्रएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा गोरखा नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अधिकारीले आर्थिक वर्ष २०६७÷०६८ का लागि ६ करोड ८० लाख ३८ हजारको वजेट प्रस्तुत गर्नुभएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको तेस्रो नगरपरिषदले स्विकृत गरेको भनिएको वजेटमा शिक्षाखानेपानी र गरीवि निवारणलाई प्राथमिकतामा राख्दै सहस्राब्दी विकास लक्ष्य कार्यान्वयनमा सहयोग पुग्ने गरि नीति तथा कार्यक्रम तय गरिएको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिनुभएको छ । उहाँले स्विकृत वजेट र नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न जिल्ला स्थित राजनीतिक दलसंघसंस्था र नगरवासीलाई आग्रह गर्नुभएको छ । कार्यक्रम जिल्ला न्यायधिश प्रभा वस्नेतको प्रमुख आतिथ्यतामा भएको हो ।
Friday, May 21, 2010
किसान महासँघ गोरखाको पूर्व घोषित आन्दोलन स्थगित
७ बैशाख २०६७
जिल्लामा देखिएका कृषि सम्बन्धी समस्याको समाधान गर्नेबारे सरोकारवाला निकायहरुसँग सहमति भएपछि किसान महासँघ गोरखाले पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । किसान महासंघ र सरोकारवाला निकायविच आज भएको बैठकमा रासायनिक मलको अभाव र असिनापानी र हावाहुरीबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउने विषयमा कृषि समितिको बैठक बोलाई निर्णय गर्ने सहमति भएको छ । बैठकले दैवीप्रकोपबाट प्रभावित किसानलाई परेको क्षतिको यकिन तथ्याङ्क संकलन गरि सम्बन्धित निकायमा पठाउने निर्णय पनि गरेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेप्रहरी नायव उपरिक्षक विष्णुकुमार केसीवरिष्ठ कृषि विकास अधिकृत बुद्धिबहादुर थापाराष्ट्रिय अनुसन्धान विभागका कमल थापाकिसान महासंघ गोरखाका अध्यक्ष विपिनचन्द्र ढकालउपाध्यक्ष कालीका ढकाल र युवा किसान संघका सदस्य कृष्ण श्रेष्ठको सहभागिता रहेको थियो ।
आफ्ना मागको बेवास्ता गरेको भन्दै किसान महासंघ गोरखाले हिजो जिल्ला प्रशासन कार्यालयमा २ घण्टा धर्ना दिएको थियो भने आजदेखि जिल्ला कृषि विकास कार्यालयमा अनिश्चितकालीन तालावन्दी गर्ने जनाएको थियो ।
यसैविच युवा किसान संघका सदस्य ज्ञानेन्द्र सुवेदीलाई एकिकृत माओवादीका कार्यकर्ताले कुटपिट गरेको भन्दै किसान महासंघ गोरखाले विरोध गरेको छ । सुवेदीलाई खोप्लाङ्गको मसानेठाँटीमा माओवादी कार्यकर्ता नारायण ढकाल नेतृत्वको समुहले कुटपिट गरेको किसान महासंघका अध्यक्ष विपिनचन्द्र ढकालले आज जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा दोषीलाई प्रशासन समक्ष उपस्थित गराउन माग गर्दै त्यसो नभए कडा संघर्षमा उत्रन वाध्य हुने चेतावनी पनि दिइएको छ । कुटपिटबाट घाइते सुवेदीको जिल्ला अस्पताल गोरखामा उपचार गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभएको छ । यस्तै नेकपा एमाले गोरखाले पनि विज्ञप्ती जारी गर्दै कुटपिटको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सुवेदीलाई ज्यान मार्ने उदेश्यले आक्रमण गरिएको भन्दै विज्ञप्तीमा कुटपिटमा संलग्न वाइसियल कार्यकर्ता नारायण ढकाललाई यथाशिघ्र कारवाही गर्न माग गरिएको छ । यस्तै नेकपा एमाले गोरखा क्षेत्र नम्वर २ का अध्यक्ष किसान श्रेष्ठले पनि विज्ञप्ती मार्फत दोषीलाई कारवाहीको माग गर्नुभएको छ । दुबै विज्ञप्तीमा दोषीलाई कारवाही नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिइएको छ ।

गोरखामा ३ दिने फोटो प्रदर्शनी शुरु
७ बैशाख २०६७
नेपालका विभिन्न साँस्कृतिक सम्पदाको चिनारी गराउने उदेश्यले पुरातत्व विभागले गोरखा सदरमुकाममा ३ दिने फोटो प्रदर्शनी शुरु गरेको छ । पुरातत्व विभागका महानिर्देशक विष्णुराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधिश प्रभा वस्नेतले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।सदरमुकामस्थित गोरखा संग्रहालयमा शुरु भएको प्रदर्शनीमा सुनसरीको बराहक्षेत्रलुम्बिनीमुक्तिनाथ लगायतका क्षेत्रको चिनारी गराउने ६४ वटा फोटो राखिएको छ । यस्तै प्रदर्शनीमा भोटे र कामी जातीको भेषभुषा पनि समाबेश गरीएको छ । विशेष गरी विद्यालय र क्याम्पस तहका विद्यार्थीहरुका लागि लक्षित फोटो प्रदर्शनीले साँस्कृतिक सम्पदाको संरक्षणका लागि उनीहरुलाई जागरुक गराउने गोरखा संग्रहालयका प्रमुख दामोदर गौतमले बताउनुभएको छ । निशुल्क प्रदर्शनीको अवलोकन गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ । प्रदर्शनीको आज मात्रै २ हजारले अबलोकन गरेका छन् ।

बालअधिकारको सुनिश्चितताका लागि जोड
७ बैशाख २०६७
नयाँ संविधानमा बालअधिकारको सुनिश्चितताका लागि अभिभावकले पनि सघाउनुपर्नेमा गोरखामा आज आयोजित एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । नौलो घुम्ती नेपालको साझेदारी र मानवअधिकार तथा शान्ति समाजको सहयोगमा असल छिमेकी सहयोग संघले आयोजना गरेको नयाँ संविधानमा वालअधिकारको सुनिश्चितता विषयक अन्तकिर््रया कार्यक्रमका सहभागीहरुले संविधान निर्माणका क्रममा बालवालिकाका सवालहरु आझेलमा पर्न नदिनका लागि अभिभावकहरु पनि चनाखो हुनुपर्ने बताएका हुन् । महिला विकास अधिकृत अाजना पौडेलको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेको प्रमुख आतिथ्यताका भएको कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष यदु अधिकारीले नयाँ बन्ने संविधानमा बालअधिकार विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गोरखाको मुच्चोकसौरपानी र श्रीनाथकोटबाट आएका बालबालिकाहरुले राखेका बालअधिकार सँग सम्बन्धित विभिन्न जिज्ञासाहरुको मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य स्थानेश्वर दवाडीले जवाफ दिनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नगरसभापति राजनराज पन्त पत्रकार महासंघका अध्यक्ष किशोरजङ्ग थापाग्रामीण सुदृढिकरण केन्द्रका अध्यक्ष भीमलाल श्रेष्ठनौलो घुम्ती नेपालका शिव सुवेदी जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बाबुराम देवकोटा लगायतले पनि मन्तब्य राख्नुभएको थियो ।

माटोको ढिस्कोले पुरीएर एक बालिकाको ज्यान गयो
७ बैशाख २०६७
घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरीएर गोरखाको मान्वु गाविसको तिल्चेतमा एक बालिकाको ज्यान गएको छ । मान्बु ८ घुन्चेतकी १५ बर्षीय कुमारी गुरुङको घर लिप्ने माटो खन्न जादाँ ढिस्कोले पुरीयर ज्यान गएको हो । विहान साडे ७ बजेतिर माटो खन्ने क्रममा पुरीएकी गुरुङको शब स्थानीयले करीब २ घन्टापछी निकालेका गणेश प्राविका शिक्षक निमबहादुर दराईले जानकारी दिनुभएको छ । भवानी उच्च माध्यामीक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गुरुङको ज्यान गएपछी विद्यालय आज बन्द गरीएको छ ।

पठनपाठन प्रभावित
७ बैशाख २०६७
हिजो साझँ आएको हाबाहुरीलॆ छाना उडाएपछी गोरखाको विभीन्न विद्यालयको पठनपाठन प्रभावित भएको छ । साझँ ५ बजेतिर आएको हाबाहुरीले आरुचनौटेको सिद्धदेवि माध्यामीक विद्यालयको २ कोठे भवनको छानो उडाएपछी आज विद्यालयमा पठनपाठन भएको छैन । अहीले जस्ता संकलन गरेर मर्मत भैरहेको र आइतबारदेखी पठनपाठन सुचारु हुने प्रधानाध्यापक तिर्थबहादुर नेपालीले जानकारी दिनुभयो । यस्तै स्वाराँको माझथर माध्यामीक विद्यालयको ६ कोठे भवनको छानो पनि हाबाहुरीले उडाएको छ । विद्यालयको छानो उडाएपछी विद्यार्थीहरुलाई चौरमा राखेर पढाइएको शिक्षक अमरबहादुर गुरुङले जानकारी दिनुभएको छ । यतातारा मावि छेपेटारको पनि ३ वटा कोठाको छानो उडाएपछी पठनपाठन प्रभावित भएको विद्यालयले जनाएको छ । यस्तै आरुपोखरी गाविसको कल्ल्ोरी निमाविको निर्माणाधीन २ कोठे भवनमा पनी हाबाहुरीले क्षति पुर् याएको प्रधानाध्यापक शिव अम्गांईले बताउनुभएको छ । हाबाहुरीले गाखुँ २ को नार्मुङदेवि मन्दिर र ३ जनाको घरको छानो उडाएको स्थानिय भिम गुरुङले जानकारी दिनुभएको छ ।

तमु सास्कृंतिक परीवार गठन
७ बैशाख २०६७
गुरुङ जातीको कला र संस्कृति जोगाउनका लागी गोरखामा पवन गुरुङको अध्यक्षतामा २१ सदस्यीय आशीमाला तमु सास्कृंतिक परीवार गठन गरीएको छ । जसको उपाध्यक्षमा मधु तमु सचिवमा सुनिता तमु सह सचिवमा टेकुमायाँ तमु कोषाध्यक्षमा पुर्णीमा तमु र सह कोषाध्यक्षमा सुष्मा तमु रहनुभएको छ । समीतीले तमु ह्युल छोजँ धि जिल्ला कार्यसमीतीको मातहतमा रहेर जिल्ल्ााका ३ वटै निर्वाचन क्षेत्रमा सास्कृंतिक र भाषिक रुपमा कार्यक्रमहरु साचांलन गर्ने समीतीका नवनियुक्त अध्यक्ष गुरुङले जानकारी दिनुभयो । आफ्नो कार्यकालमा जिल्ल्ाामा गुरुङ जातीको कला संस्कृति झल्कने सास्कृंतिक केन्द्र खोल्न पहल गर्ने पनि उहाँले बताउनुभएको छ । सदरमुकामको तमु सभाहलमा भएको कार्यक्रम टेकबहादुर तमुको अध्यक्षतामा भएको थियो ।

संक्रमणकालीन न्याय र सिद्धान्त बिषयक अन्तरकि्रया सम्पन्न
७ बैशाख २०६७
गोरखाको मान्बुमा न्यायमार्फत शान्ती परीयोजना अन्तरगतको संक्रमणकालीन न्याय र सिद्धान्त विषयक १ दिने अन्तरकि्रया कार्यक्रम भएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधीकार उच्चायुक्तको कार्यालयको सहयोगमा हिमाली क्षेत्र विकास केन्द्र ग्रामीण सुदृढीकरण केन्द्र र उत्पीडीत समुदाय विकास तथा अनुसन्धान केन्द्रले कार्यक्रमको आयोजना गरेको हो । भएको कार्यक्रममा एडबोकेसी फोरम बाग्लुङकी साबित्री खडकाले संक्रमणकालीन न्याय र सीद्धान्तका बारेमा जानकारी दिनुभएको थियो । धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत माओबादीका अमरसींह थापा नेपाली कांग्रेसका लालबहादुर गुरुङ नेकपा एमालेका बमबहादुर गुरुङ भवानी उच्च माध्यामीक विद्यालयका सहायक प्राचार्य काजीराम कार्की द्धन्द्धपिडीत कालीबहादुर गुरुङ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा द्धन्द्धपिडीत समुदाय राजनैतिक दलका प्रतिनीधी स्थानीय बुद्धीजीवी र महिला समुहका प्रतिनीधीहरुको सहभागीता रहेको थियो । आजबाट शुरु भएको गाविसस्तरीय अन्तरकि्रया कार्यक्रम भोली थुमी गाविसमा हुने कार्यक्रम संयोजक काजीराम रोकाले जानकारी दिुनभएको छ ।

थप्रेक गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा
७ बैशाख २०६७
तनहुँको थप्रेक गाउँ विकास समितिलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । गाविसमा ७ सय ९८ घरधुरी रहेकामा अधिकांशमा शौचालय बनिसकेको छ । गाविसको ४ सय घरधुरीमा यसअघि नै शौचालय बनिसकेकामा बुकी ३ सय ९८ घरधुरीमा पनि शौचालय निर्माण गरिएको हो । स्थानिय बासिको नेतृत्व्ामा जिविसको खुल्ल्ाादिशामुक्त घोषणा अभियान अन्र्तगत जिविसको अनुदान र समाज सेवा समूह फराकचौरको सहजिकरणमा ती शौचालय निर्माण गरिएकेा र तीनको आँफ्नो संस्थाले अनुगमन र आवश्यक सरसहयोग गरिरहेको समाज सेवा समूह तनहुँकी कार्यक्रम संयोजक शुसिला शर्माले जानकारी दिनुभयो । यसअघि तनहुँ जिल्लाको तीन गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिसकिएको छ भने थप्रेक चौथो खुल्लादिशामुक्त गाविस भएकेा छ । बाँकी गाविसलाई पनि खुल्ल्ाादिशामुक्त घोषणा गर्ने जिविसको योजना रहेको स्थानिय विकास कोषका अधिकृत रघुराज काफ्लेले जानकारी दिनुभयो ।

सघनबाली उत्पादक कृषक समुहलाई अनुदान प्राप्त
७ बैशाख २०६७
लमजुङ्ग अर्चलबोटको सघनबाली उत्पादक कृषक समुहले यसवर्ष वाली विकास निर्देशनालयबाट ६० हजार रुपैयाँ अनुदान प्राप्त गरेको छ । वाली विकास निर्देशनालयका कार्यक्रम निर्देशक केशवप्रसाद पौडेलले समुहका कोषाध्यक्ष रुपबहादुर थापा र सचिव तीर्थराज अधिकारीलाई एक कार्यक्रमका विच ६० हजार रुपैयाँ अनुदान रकम हस्तान्तरण गर्नुभएको थियो । कृषक समुहले लोकतन्त्र जातको धानको विउ बृद्धि गर्ने कार्यक्रम ल्याएपछि निर्देशनालयले सो अनुदान रकम उपलब्ध गराएको हो । अर्चलबोटको एकसय रोपनी जग्गालाई आवश्यक पर्ने २ सय ४० किलो लोकतन्त्र जातको धानको विउपनि निर्देशनालयले उपलब्ध गराएको छ । अन्य धानको तुलनामा केही छिटो पाक्ने पराल राम्रो हुने स्वाद र गुणस्तरीयताको दृष्टिले पनि राम्रो देखिएकोले कृषकहरुले सो जातको धान रोप्ने तयारी गरेका छन् । सामुहिक तथा व्यवसायिक खेतीका लागि अर्चलबोटका कृषकहरु अन्य स्थानको तुलनामा निकै अगाडी देखिएका सहकर्मी रामजी रानाले जानकारी दिनुभएको छ ।

Thursday, May 20, 2010
आर्थिक वर्ष २०६७०६८ को गोरखा जिल्लाको बार्षिक बजेट सार्वजनिक
६ जेठ २०६७
जिल्ला विकास समिति गोरखाले आर्थिक वर्ष २०६७/०६८ को वार्षिक वजेट तथा नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । जिल्ला विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले २ अर्ब ५९ करोड ९० लाख २१ हजारको वजेट सार्वजनिक गर्नुभएको हो । वजेटमा चालु खर्च तर्फ ९३ करोड २५ लाख ९६ हजार र पुँजीगत तर्फ १ अर्ब ६७ करोड ५२ लाख ९५ हजार रुपैया प्रस्ताव गरिएको छ । प्रस्तावित वजेट चालु आर्थिक वर्षको वजेटको तुलनामा ३१ करोड ३३ लाख ३१ हजारले बढी रहेको छ । दलहरुविचको विवादका कारण फागुन महिना भित्रै भैसक्नुपर्ने परिषद हुन नसकेपछि स्थानीय स्वायत्त शासन ऐनको अधिकार प्रयोग गरी स्थानीय विकास अधिकारीले वजेट सार्वजनिक गर्नुभएको हो ।
जिल्ला न्यायधिश प्रभा वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरुले भने जिल्ला परिषद ढिलो हुनुमा एक अर्कालाई दोषी देखाएका छन् । तर उनीहरुले वजेट कर्यान्वयनका लागि एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता पनि जनाएका छन् । एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य लेखबहादुर थापाले काँग्रेस र नेकपा एमालेको यथास्थितीवादी सोचका कारण जिल्लाको विकास निर्माणकार्य अघि बढ्न नसकेको बताउनुभयो । विकास निर्माणका सवालमा आफूहरु अरु दलभन्दा एक कदम अघि रहेका उहाँको दावी थियो । नेपाली काँग्रेसका जिल्ला सचीव किरणबाबु श्रेष्ठले जिल्लाको विकास निर्माणलाई देशको केन्द्रिय राजनीतिले प्रभाव पारेको बताउनुभयो । उहाँले जिल्लामा कि्रयाशिल दलहरुका गतिविधिप्रति खवरदारी गर्न जिल्लावासीलाई आग्रह गर्नुभयो । नेकपा एमालेका अध्यक्ष रामशरण वस्नेतले जिल्लाको विकास निर्माण कार्यलाई अघि बढाउन दलहरुविच सहमति र सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले विकास निर्माणका हरेक गतिविधि योजनावद्ध ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
यसअघि वजेट सार्वजनिक कार्यक्रममा शुभकामना मन्तब्य राख्ने वक्ताहरुले भने वजेट कार्यान्वयन हुनेमा हाशंका ब्यक्त गरेका छन् । दलहरुविचको किचलोका कारण जिल्ला परिषद पनि समयमै हुन नसकेको भन्दै उनीहरुले यस्तै अवस्था रहे वजेट कार्यान्वयनमा पनि समस्या आउन सक्ने बताएका हुन् । कार्यक्रममा बोल्दै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजङ्ग थापाले जिल्ला परिषद ढिला हुनुको कारण र यसबाट विकास निर्माणमा पर्ने असरबारे दलहरुले स्पष्ट पार्दै जिल्लावासीसँग माफी माग्नुपर्ने बताउनुभयो । उहाँले वजेट कार्यान्वयनका लागि दलहरुविचको मनमुटावको अन्त्य हुनुपर्नेमा पनि जोड दिनुभयो । थापाले जिल्लामा पत्रकारीताको विकासका लागि जिल्ला विकास समितिले पर्याप्त सहयोग नगरेको भन्दै गुनासो गर्नुभयो । उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष रामवावु जोशीले दलहरुको वेवास्ताका कारण जिल्लाको विकास निर्माणका गतिविधि मन्द भएकोमा गुनासो गर्नुभयो । उहाँले राजनीतिक दलका कार्यकर्ताहरुविच गाउँघरमा हुने झैझगडाको असर जिल्लाको विकास निर्माणमा पर्न नहुने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष जानुका पौेडेल अखिल नेपाल महिला संघकी अध्यक्ष सानुमाया वस्नेत नेपाल महिला संघकी पम्फा गान्धारी जिल्ला वन अधिकृत कृष्णप्रसाद वस्ती आदीवासी जनजाती जिल्ला समन्वय समितिका उपाध्यक्ष बुद्धिबहादुर तामाङ्ग दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष शंकर कोइराला गाविस सचीव शंकर कोइराला लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा उत्कृष्ट काम गरेवापत जिल्ला विकास समितिमा कार्यरत ६ जना कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कार्यालयका सब इन्जिनियर काचन खनाल स्वाँरा गाविस सचीव गोविन्दराज श्रेष्ठ गाँखु गाविस सचीव रामप्रसाद ढकाल सिम्जुङ्गका गाविस सचीव शेखरनाथ न्यौपाने लेखापाल प्रदिपकुमार आचार्य र कार्यालय सहयोगी भवदत्त कट्टेल रहनुभएको छ । उहाँहरुलाई प्रमुख अतिथि जिल्ला न्यायधिश प्रभा वस्नेतले नगद ३ हजार सहित प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

असिना प्रभावित किसानलाई राहतको माग गर्दै सिडिओ कार्यालय घेराउ
६ जेठ २०६७
जिल्लाका असिना र हावाहुरीबाट प्रभावित भएका किसानहरुलाई राहत उपलब्ध गराउने तर्फ चासो नदिएको भन्दै किसान महासंघ गोरखाका जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । आफूहरुको मागको कुनै सुनुवाई नभएको भन्दै महासंघले बिहान साढे ११ देखि साढे एक वजेसम्म प्रशासन कार्यालय घेराउ गरेको हो । किसान महासंघले एक हप्ता अघि विज्ञप्ती जारी गर्दै जिल्लाका असिना र हावाहुरीबाट प्रभावित भएका किसानलाई न्यूनतम १० हजार रुपैया राहत उपलब्ध गराउन माग गरेको थियो । त्यस्तै जिल्लामा रासायनिक मलको अभाव भएको लामो समय भैसक्दा पनि मल उपलब्ध गराउन नसकेको भन्दै उसले भोली जिल्ला कृषि विकास कार्यालयमा अनिश्चितकालीन तालावन्दी गर्ने जनाएको छ । किसानलाई प्रत्यक्ष असर गर्ने विषयमा पनि सम्बन्धित निकायले चासो नदिएकोले वाध्य भएर संघर्षमा उत्रनुपरेको किसान महासंघ गोरखाका अध्यक्ष विपिनचन्द्र ढकालले बताउनुभएको छ ।
यसैविच आज साँझ आएको हावाहुरीले गोरखा तान्द्राङ्गको सिद्धकाली माध्यमिक विद्यालयको ४ कोठे भवनको छाना उडाएको छ । हावाहुरीले कार्यालयका कागजपत्र उडाउनुका साथै एउटा कम्प्युटरमा पनि क्षति पुर् याएको शिक्षक रामचन्द्र लामिछानेले जानकारी दिनुभएको छ ।

Wednesday, May 19, 2010
गोरखाको परिषद फरक ढंगले हुने
५ बैशाख २०६७
यसवर्ष जिल्ला विकास समिति गोरखाको परिषद् गत वर्षजस्तो नहुने भएको छ । गतवर्ष झै जिल्ला विकास समितिको निर्णय प्रकि्रयामा दलहरु सहभागी हुने वातावरण नभएको भन्दै जिबिसले एक कार्यक्रम गरी आगामी वर्षको नीति कार्यक्रम र वजेट सार्बजनिक गर्ने तयारी गरेको छ । सो कार्यक्रममा स्थानीय विकास अधिकारी र जिविसका कर्मचारीहरुले निर्माण गरेको बजेट तथा कार्यक्रम सार्बजनिक मात्र गरिने भएको हो । बिहीवार जिविसले एक कार्यक्रम गरी नयाँ वर्षको लागि निर्माण गरेको योजना सार्बजनिकको तयारी गरेको स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।
ूगत वर्ष दलहरु आयोजक थिए यसवर्ष अतिथि हुने भएू उनले भने ूगत वर्ष गाविस इलाका नगरपालिकाबाट आएका पार्षदहरुले ब्यापक छलफल गरी कार्यक्रम पास गरेका थिए यसवर्ष तयार भइसकेको योजना सार्वजानिक मात्र गर्ने हो । स्थानीय स्वायत्त शासन ऐन अनुसार जिविस बोर्ड र जिल्ला परिषदको अधिकार प्रयोग गरी स्थानीय विकास अधिकारीको एकल निर्णयले बजेट र नीति तथा कार्यक्रम तयार गरिएको जिविसले जनाएको छ । जिल्ला परिषद्मा दल सहभागी नभएपनि यसअघि भइसकेका पूर्व योजना तर्जुमा गोष्ठी इलाका स्तरीय योजना तर्जुमा गोष्ठी बिषयगत समितिको बैठक हुँदै एकीकृत योजना तर्जुमा समितिको बैठकमा दलहरु सहभागी भएका योजना अधिकृत जीवन ज्ञावालीले बताए ।
विहीबारको कार्यक्रममा अहिलेसम्म भएका नीतिगत निर्णयहरु आगामी बर्षको बार्षिक बजेट नीति तथा कार्यक्रमहरु सार्बजनिक गर्ने तयारी भएको छ । यो सबै काम जिल्लाका मुख्य तीन राजनीतिक दलकै सहमतिमा हुन लागेकॊ योजना अधिकृत ज्ञावलीले जनाए । ुनीति तथा कार्यक्रम र वजेट अनौपचारिक रुपमा दलहरुको हातमा पुगेको पनि छ उनीहरुको परामर्श अनुसार परिमार्जन पनि गरिएको छ ।ु उनले भने ।
स्थानीय निकाय गठन नभएको अबस्थामा स्थानीय विकास अधिकारीले जिविस बोर्ड तथा जिल्ला परिषदको सम्पूर्ण निर्णय गर्न सक्ने अधिकार स्थानीय स्वायत्त शासन ऐनले दिएको छ । प्रतिकूल अबस्था र आर्थिक बर्ष समाप्त हुन लागिसकेकोले स्थानीय विकास अधिकारीले बिशेषाधिकार प्रयोग गरी परिषद गर्न लागेका हुन् ।
फागुन महिनाभित्र भइसक्नु पर्ने जिल्ला परिषद बैशाखको २७ गते गर्ने निर्णय भएपनि एकीकृत माओवादीको आमहड्तालका कारण स्थगित भएको थियो । दलहरुको सहभागीतामा परिषद हुन नसकेपछि तीन दलले स्थानीय विकास अधिकारीलाई बिशेषाधिकार प्रयोग गरी परिषद गर्न अनुमति दिएका थिए । एकीकृत माओवादी नेपाली कांग्रेस र एमालेले स्थानीय विकास अधिकारीलाई विशेषाधिकार प्रयोग गरी परिषद् गर्न अनुमति दिएको स्वीकारेका छन् ।

यासा्रगुम्बा टिप्न शुरु
५ बैशाख २०६७
सामागाउँमा आइतवारदेखि यासा्रगुम्बा टिप्न सुरु गरिएको छ । यासा्रगुम्बा टिप्न जानुअघि सामागाउँवासीको आम भेलाले सबै घरबाट १÷१ जनामात्र जान पाउने नियम बनाएको थियो । सबै घरकाले वराबर फाइदा लिन सकोस् भनेर यस्तो नियम बनाएको स्थानीय दोर्जे लामाले बताए ।
कुनैघरमा अपाङ्ग बुढाबुढीहरु मात्र भए उनीहरुले खटाएको एकजनालाई अनुमति दिने भेलाले निर्णय गरेको छ । कुनै घरबाट एकजना भन्दा बढी जानुपरेमा प्रतिब्याक्ति ४ हजार रुपियाँ गाविसलाई तिरेर पुर्जी लिनुपर्ने भेलाले निर्णय गरेको छ । ूएउटै घरबाट धेरैजना गएभने उनीहरुले धेरै फाइदा लिने र अरुले लिन नपाउने भएकाले त्यस्तो चलनलाई निरुत्साहित गर्न यस्तो नियम बनाएका हौ ू। उनले भने । यसरी उठाएको रकम गाउँमा बाटोघाटो बनाउने सामाजिक काममा प्रयोग गरिने उनले बताए । गाउँलेले टिपेको यासा्रगुम्बा तिब्बतमा लगेर बेच्ने गरको दोर्जेले बताए ।
ूस्थानीय वासिन्दाले अन्य गाविसका वासिन्दालाई भने यासा्रगुम्बा टिप्न नदिने निर्णय गरेका छन् । स्थानीय प्राकृतिक सम्पदाबाट गाउँलेहरुले नै फाइदा पाउनुपर्छ अन्यले त्यसको फाइदा लुट्नु हुदैन भनेर बाहिरकालाई आउन दिएका छैनौ ।ू दोर्जेले भने ।
शक्तिबर्धक औषधीका लागि प्रयोग गरिने यासा्रगुम्बा प्रतिकिलो २ लाखभन्दा बढी र प्रतिगोटा ५० देखि दुई सय रुपियाँ मुल्यको हुने लामाले बताए ।

Tuesday, May 18, 2010
मिनीट्रकको ठक्करबाट एक बालकको मृत्यु
४ जेठ २०६७
गोरखाको लक्ष्मीबजारमा मिनीट्रकको ठक्करबाट एक बालकको मृत्यु छ । साँझ साँढे ६ बजे किराना सामान ढुवानीको लागी सदरमुकामबाट लक्ष्मीबजार गएको ना २ ख ६७०५ नं को मिनीट्रक व्याक गर्ने क्रममा ताक्लुङ्ग ९ घर भएका ५ बर्षिय निरज थापाको मृत्यु भएको हो ।
घटनापछि उचित क्षतिपूर्तिको माग गर्दै स्थानियबासीले साँझ ७.३५ देखि करीब पौने घण्टा गोरखा आँबुखैरेनी सडकखण्ड अबरुद्ध बनाएका थिए । पीडित पक्ष र सवारी धनी विच सहमतिको लागी आजै वार्ता गर्ने गरी पुनः यातायात साचालनमा आएको छ । घटना लगत्तै ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक गोरखा सदरमुकामको राना किराना स्टोस्रको भएको पनि प्रहरीले जनाएको छ ।

गोरखामा खानेपानीको अभाव
४ जेठ २०६७
धारामा नियमित रुपमा पानी नआउँदा गोरखा सदरमुकाममा खानेपानीको अभाव भएको छ । पृथ्वीनारायण साना शहरी खानेपानी आयोजनाले ५ दिनदेखि पानी नियमित वितरण गर्न नसक्दा अभाव भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । घरको धारामा पानी नआएपछि सदरमुकामका वासिन्दा ढुंगेधारामा नै घण्टौ कुरेर खानेपानी ल्याउन बाध्य भएका छन् । ढुङ्गेधारामा पनि पानी भर्नेहरुको भीड लाग्ने हुनाले एक गाग्री पानीका लागि २ घण्टासम्म पर्खनु पर्ने स्थानीयवासीले बताएका छन् । पानीको अभावमा बसपार्क हरमटारी तथा नयाँ बजार क्षेत्रका होटल ब्यवसाय बढी मात्रामा प्रभावित भएका छन् । अभावका कारण ग्राहकहरुलाई पर्याप्त पानी उपलब्ध गराउन नसकेको बसपार्क स्थित होटल सत्यम्का राजन बानियाँले बताउनुभएको छ । सदरमुकामकै कुनै क्षेत्रमा पानी आउने र कुनै क्षेत्रमा पानी नआउने गरेको स्थानीय भगवान मास्केले गुनासो गर्नु भएको छ । पानी आएको बेलामा पनि घरको छतमा राखिएको ट्याङ्कीमा पानी जम्मा गर्न नसकिने उहाँले बताउनुभयो ।
तर साना शहरी खानेपानी आयोजनाले भने विद्युत आपूर्ति नियमित नभएका कारण पर्याप्त पानी उपलब्ध गराउन नसकेको जनाएको छ । गएको २ दिनदेखि विद्युत आपूर्ति नियमित नहुँदा र दिउँसोको समयमा पानी तान्न विद्युत भोल्टेज नपुगी रातको समयमा मात्र पम्प चलाउनु पर्ने बाध्यता भएकोले सदरमुकाममा खानेपानी वितरण गर्न नसकेको आयोजनाले स्पष्ट पारेको छ । निश्चित विद्युत भोल्टेज पुग्ने समयमा थोरै मात्र खानेपानी तान्न सकिने भएको र सो पानी वितरण गर्दा बहाव कम भएर अग्ला घरमा नचढ्ने गरेको आयोजनाका प्राविधिक इश्वर केसीले जानकारी दिनुभएको छ । पानीको आपूर्ति नियमित हुन अझै केही दिन लाग्न सक्ने उहाँले बताउनुभएको छ ।

युनिटी लाइफका सदस्यहरुले गोरखामा रकम फिर्ता माग
४ जेठ २०६७
युनिटी लाइफमा आवद्ध गोरखाका बचतकर्ताहरुले आफ्नो रकम फिर्ता गर्न माग गरेका छन् । नेटवर्किङ्ग ब्यवसायका नाममा ठगी गरेको भन्दै सरकारले देशभरका कार्यालय बन्द गरि चलअचल सम्पत्तिमा रोक लगाएपछि गोरखाका वचतकर्ताहरुले पनि रकम फिर्ता गर्न माग गरेका हुन् । ५ वर्षअघिदेखि ब्यवसाय गर्दै आएपनि सरकारले अहिलेमात्रै कारवाही थाल्दा आफ्नो रकम डुब्न सक्ने भन्दै उनीहरु चिन्तित भएका छन् । युनिटीको सदरमुकामस्थित कार्यालय बन्द हुँदा पैसा फिर्ता गर्ने प्रकि्रया पनि अघि बढाउन नसकिएको गोरखा सदरमुकामका पीडित पुष्कल अर्यालले गुनासो गर्नुभएको छ । सरकारले पहिले देखिनै उसको कामको अनुगमन नगर्दा अहिलेको अवस्था आएको उहाँको भनाई छ । गोरखामा स्थायी ठेगाना कायम गरी ४ हजार ५ शय भन्दा बढी युनिटीको सदस्य बनेका छन् । जसबाट संस्थाले ६ करोड भन्दा बढी रकम संकलन गरेको छ ।
तर युनिटी लाइफ इन्टरनेशनल गोरखाका सचीव सरोज देवकोटाले भने तत्काल रकम फिर्ता गर्न नसकिने बताउनुभएको छ । सरकारले बैङ्क खाता र चलअचल सम्पत्ति रोक्का गरेकाले रकम फिर्ता गर्न नसकिने उहाँले बताउनुभयो । गोरखामा रहेका आफ्ना कुनै सदस्य पनि रकम फिर्ता गर्नका लागि आफूकहाँ नआएको उहाँले दावी गर्नुभएको छ । आफूहरु कामविशेषले गर्दा काठमाण्डौंमा रहेको र केही दिनमै फर्केर कार्यालय खोल्ने पनि उहाँले जानकारी दिनुभयो । कसैले रकम फिर्ता माग्न आए त्यसका लागि प्रकि्रया अघि बढाइने पनि उहाँले बताउनुभयो ।
यसैविच प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले युनिटीसँग सम्बन्धित गुनासो लिएर कोही पनि नआएको बताउनुभएको छ । गुनासो आएमा कानुनअनुसार कारवाही गर्न माथिल्लो निकायबाट निर्देशन आएको पनि उहाँले बताउनुभयो । रकम फिर्ता नगरे ठगी गरेको अभियोगमा कारवाही हुने पनि उहाँले जानकारी दिनुभएको छ । युनिटीको केन्द्रिय कार्यालयबाट गोरखास्थित कार्यालयको सुरक्षाका लागि आग्रह पनि प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो ।

घलेगाउँमा दोब्बर पर्यटक
४ जेठ २०६७
लमजुङको ग्रामीण पर्यटकीय गाउँ घलेगाउँमा गत वर्षको तुलानामा दोब्बर पर्यटक भित्रिएको छ । यस बर्षको अपि्रल महिनासम्ममा २ हजार ७ सय ३० जना पर्यटकले घलेगाउँको भ्रमण गरेकाछन् । गतवर्ष यसै अवधिमा १ हजार ३ सय ५६ जना पर्यटकले घलेगाउँ घुमेका थिए । ९५ प्रतिशत स्वदेशी पर्यटक जाने गरेको घलेगाउँमा हाल दैनिक २० देखि ५० जनाले घलेगाउँको भ्रमण गर्ने गरेको घलेगाउँ ग्रामीण पर्यटन ब्यबस्थापन समितिले जनाएको छ ।सन् २००९ मा ३ हजार ७ सय ४८ जना आन्तरिक तथा बाह्य पर्यटकले घलेगाउँको अवलोकन गरेका थिए ।यसैबीच घलेगाउँमा पसर्िदेखि आयोजना गर्ने भनिएको ११ औँ घलेगाउँ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

Monday, May 17, 2010
गोरखाका महिलाहरु गाउँघरको विकास र सरसफाइमा सकि्रय
३ जेठ २०६७
समाजिक परिवारमा समावेश भएपछि गोरखाका महिलाहरु गाउँघरको विकास र सरसफाइमा सकि्रय हुन थालेका छन् । जिल्लाका ८ गाविस र एक नगरपालिकाका महिलाहरुले गाउँमा सामाजिक परिवार गठन गरी वाटो बनाउने पानी पधेरा र सार्वजानिक स्थलको सरसफाइका साथै गाउँघरमा हुने साधारण झैझगडा पनि मिलाउन थालेका छन् ।
उनीहरुले मासिक वचत गर्ने र सामाजिक परिवारका सदस्यलाई अफ्ठेरो परेको बेला पैसा र घरायसी काम सहयोग गर्दै आएका छन् । सामाजिक परिवार भित्र कसैलाई अफ्ठेरो परेमा उसको काम सघाउने र चाहिने पैसा सहयोग गर्ने फुलवारी सामाजिक परिवार बोर्लाङ्गकी अध्यक्ष कमला कुमालले बताउनुभयो । सामाजिक परिवारले गाउँघरमा प्रौढ कक्षा चलाउने जाँडरक्सी र घरेलु िहंसाका घटनाहरु नियन्त्रणमा सहयोग गर्ने काम पनि गरेको कुमालले बताउनुभयो ।
जिल्लाको आपपीपल छोप्राक खोप्लाङ्ग दर्बुङ्ग फुजेल नाम्जुङ बोर्लाङ्ग धावा र गोरखा नगरपालिकाका महिला र पुरुषहरुले गाउँमा सामाजिक परिवार गठन गरेका छन् । सामाजिक परिवारले जिल्लामा ९ वटा सहकारी संस्था पनि निर्माण गरेका छन् । उनीहरुले सहकारीमा नियमित वचत र चाहिएको वेला ऋण लिदै आएका छन् ।
स्थानीय वासिन्दालाई सकि्रय बनाइ गाउँघरको विकासमा लगाउने र उनीहरुलाई आत्मनिर्भर बनाउन सामाजिक परिवार गठनमा सहयोग गरेको समग्र विकास सेवा केन्द्रका क्षेत्रीय संयोजक नकुल थापाले बताउनुभयो । सिमान्तकृत मानिसहरुको शशक्तिकरण अभियान अन्तर्गत ती गाविसका सामाजिक परिवार गठनमा सहयोग गरेको उहाँले बताउनुभयो ।

१७ औं मदन आश्रित स्मृति दिवस गोरखामा
३ जेठ २०६७
१७ औं मदन आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमाले गोरखाले आज एक अन्तरकि्रर्या कार्यक्रम गरेको छ । एमाले पाटि कार्यालय हरमटारीमा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष रामशरण बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनको महान विचारक मदन भण्डारीद्धारा प्रतिपादिप जनताको बहुदलिय जनवाद नेपाली कम्युनिष्टहरुका लागि शिक्षाप्रद रहेको बताउनुभयो । उहाँले मदन भण्डारीको विचारलाई लिएर अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेपाल वुद्धिजीवि परिषद् गोरखाका अध्यक्ष ऋषि खनालले आजको सन्दर्भमा बहुदलीय जनवादको सान्दर्भिकता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको कार्यपत्रमाथि एमाले जिल्ला सदस्य द्रोणाचार्य तिमि_िल्सना क्षेत्र नंबर १ का अध्यक्ष वुद्धि दवाडी हरिहर शर्मा नारायणध्वज खड्का जीवन कट्टेल लगायतले टिप्पणी र रायसुझाव पेश गर्नुभएको थियो । एमाले जिल्ला अध्यक्ष बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव सम्झना देवकोटा जिल्ला सदस्य कृष्ण कुँवर लगायतले मन्तब्य राख्नुभएको थियो ।

आगलागीबाट भवनमा क्षति
३ जेठ २०६७
तनहुँ सदरमुकाम दमौलीको सुगम आयल स्टोस्रमा आजसाँझ आगलागी हुदा पम्पको काउन्टर र एउटा भवनमा क्षति भएको छ । वेल्डिङ गर्ने क्रममा आगालागी हुदा पेट्रोल पम्पसंगै रहेको भवन र पम्पको काउन्टरमा आगालागी भएको साचालक नारायण रिजालले जानकारी दिनुभएको छ ।
आगालागी पेट्रोलियम पदार्थमा नभएको उहाँले स्पष्ट पार्नुभयो । आगालागी भएको करिब १५ मिनेटमा प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको पत्रकार समुन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

Sunday, May 16, 2010
पर्यटकीय गाउँ सिउरुङमा मोटरवाटो निर्माण कार्य सुरु
३ जेठ २०६७
लमजुङको पर्यटकीय गाउँ सिउँरुङमा मोटर बाटो निमार्ण कार्य शुरु भएको छ । खुदी ९ स्थित सिउरुङ जाने मोटर बाटो निर्माण गर्ने भनिएको सो सडक दुईवर्ष सम्म पनि नबने पछि स्थानीयबासीको दवावमा पुनः शुरु भएको हो ।
खुदी गाविसको २ लाख ३० हजार र जिविसको ३ लाख रुपैयाँको लागतमा सो बाटो खन्न सुरु गरिएको हो । खुदीका वडा नं २ ३ ७ ८ र ९ का स्थानीयबासीले उपभोक्ता समितिलाई दवाव दिएपछि सिउरुङ जाने बाटो खन्न थालिएको स्थानीयबासीले बताएका छन् ।
आर्थिक वर्ष २०६३÷६४ बाट शुरु भएको सो मोटरबाटो निर्माण कार्य आर्थिक वर्ष ०६५÷६६ मा आएर ट्रयाक परिवर्तन गरी सर्भे भन्दा बाहिर गएर गैंडाचौतारा देखि टँपो सम्म सडक निर्माण गरिएको थियो । गाविसको ८ लाख र जिल्ला विकास समितिको १ लाख गरी सिउरुङ जाने वाटो निर्माण गर्ने भनिएपनि गाउँका केही टाठाबाठाहरुले बाटो अन्तै खनेपछि सिउरुङवासीहरु निराश भएका र अहिले स्थानियबासीको दबाबपछि मोटरबाटो निर्माण कार्य शुरु भएको लमजुङ्गबाट रामजी रानाले जानकारी दिनुभएको छ ।

गोरखामा विद्युत आपुर्ति बन्द
३ जेठ २०६७
गोरखामा हिजो साँझदेखि विद्युत आपुर्ति बन्द भएको छ । हिजो साँझ साँढे पाचबजेबाट अवरुद्ध भएको विजुली अहिलेसम्म नियमित हुन सकेको छैन । नेपाल विद्युत प्राधिकरण गोरखा शाखाले आँबुखैरेनीदेखि सदरमुकाम ल्याइएको मुख्य प्रशारण लाइनमा समस्या आएकोले आपुर्ति बन्द भएको जनाएको छ ।
हिजो सँुझदेखि प्राविधिकहरु परिचालन गर्दा पनि समस्या पहिचान हुन नसकेकोले आपुर्ति हुन नसकेको शाखा प्रमुख दिपेश खनालले बताउनुभयो । प्राबिधिकहरु आज विहानैदेखि समस्या पहिचान गर्न र मर्मतमा खटिएका उहुले बताउनुभयो । समस्या थाहा पाएपछि आज दिउँसो सम्ममा विद्युत आपुर्ति नियमित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

बहुमुल्य जडिबुटी यासा्रगुम्बा संकलनका लागी उत्तरी गोरखाका बासिन्दाहरु लेकतिर
२ जेठ २०६७
बहुमुल्य जडिबुटी यासा्रगुम्बा संकलनको समय भएपछि गोरखाको उत्तरी सात गाविसका वासिन्दा लेकतिर जान थालेका छन् । जिल्लाको सिर्दिवास छेकम्पार चुम्चेत प्रोक विही ल्हो र सामागाउँ गाविसका वासिन्दा यासा्रगुम्बा संकलनका लागि घर छाडेर लेकतिर जान थालेका हुन् ।
सो क्षेत्रमा खेतीपाती नहुने भएकाले स्थानीय वासिन्दाले यासा्रगुम्बा बेचेर जीविको पार्जन गर्नुपर्ने भएकाले सात गाविसका वासिन्दा यासा्रगुम्बा संकलनमा ब्यस्त भएको सामागाउँका दोर्जे लामाले जानकारी दिनुभएको छ । गाउँलेहरुको भेलाले सबै घरबाट १÷१ जना मात्र यासा्रगुम्बा टिप्न जाने नियम बनाएको उहाँले बताउनुभयो । यासा्रगुम्बा टिप्ने समयमा सो क्षेत्रका विद्यालयमा समेत पढाइ नहुने र गाउँमा मानिस भेट्नै मुश्किल हुने आयोजना प्रमुख मधु क्षेत्रीले बताउनुभयो ।
गाविसमा रहेको संरक्षण क्षेत्र ब्यवस्थापन समितिले नियम बनाइ जीविकोपार्जनका लागि स्थानीय जडिबुटी संकलनको ब्यवस्था मिलाएको मनासलु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । स्थानीयले संकलन गरेको यासा्रगुम्बा तिब्बतमा लगेर बेच्ने गरेको सामागाउँका दोर्जे लामाले बताउनुभयो । उनीहरुले यासा्रगुम्बा प्रतिगोटा ५० देखि २०० भन्दा बढीमा बेच्ने गरेका छन् ।
जिल्लाको छेकम्पार र सामागाउँ गाविसमा बढी यासा्रगुम्बा पाइने मनासलु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । अन्य गाविसमा थोरै यासा्रगुम्बा पाइने भएपनि उनीहरुले अन्य गाविसमा यासा्रगुम्बा टिप्न नपाउने ब्यवस्था छ । बहुमुल्य जडिबुटी संकलनका लागि तिब्बतबाट समेत संकलकहरु गोरखा प्रवेश गर्ने गरेका छन् । तिब्बतबाट आउने मानिसहरु र स्थानीयवीच झगडा हुन सक्ने आशंकामा छेकम्पार प्रहरी चौकीबाट प्रहरी समेत यासा्रगुम्बा टिप्ने टोलीसंगै गएका प्रहरी निरीक्षक केदार खनालले जानकारी दिनुभएको छ ।

त्रिवेणी लिग फुटवल प्रतियोगिता शुरु
२ जेठ २०६७
बेसीशहरको सहजी खेल मैदानमा हिजोदेखि त्रिवेणी लिग फुटवल प्रतियोगिता शुरु भएको छ । हिजोको उद्घाटन खेलमा त्रिवेणी युवा क्लव निलोले आर।सी।टी क्लब मनाङे चौतारालाई ३-० ले पराजित गरेको छ त्यस्तै त्रिवेणी युवा क्लव सेतोले आदर्श युवा क्लव सहजीलाई १-० ले पराजित गरेको छ । मनकामना युवा क्वल साँदीखोलाले वेसीशहर युथ सोसाइटी सेरालाई ४-२ ले पराजित गरेको छ ।
लमजुङ मस्र्याङदी युवा क्लव बेसीशहरले खाजुङ युवा क्लव खाँचेलाई ४-० ले पराजित गरेको छ । त्रिवेणी युवा क्लवको आयोजना भएको सो प्रतियोगितामा जिल्ला भरका १० टिम सहभागि भएका सहकर्मी रामजी रानाले जानकारी दिनुभएको छ ।

अबरुद्ध राजमार्ग खुलाउने क्रममा ११ जना घाईते
२ जेठ २०६७
तनहुँको आँबुखैरेनीस्थित पृथ्वीराजमार्गमा ट्यांकरको ठक्करबाट स्थानिय सन्त बहादुर अधिकारीको मृत्युको बिषयलाई लिएर अवरुद्ध पृथ्वी राजमार्ग खुलाउने क्रममा ११ जना स्थानियबासी घाईते भएका छन् । आँबु ३ स्थित मार्किचोकमा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरीले घर घरमै गई स्थानियबासीमाथि लाठि प्रहार गरेको माअेावादी क्षेत्र नं १ ईन्चार्ज ईश्वर गौलीले आरोप लगाउनुभयो । जनपथ प्रहरीको निर्देशनमा शसस्त्र प्रहरी र जनपथ प्रहरीले लाठि प्रहार गर्दा स्थानियबासी घाईते भएको उहाँले दावी गर्नुभयो । घाईतेमध्ये केहीको दमौली आँबु र बाँकीको डुम्रेमा उपचार भैरहेकेा छ । प्रमुख प्रहरी निरिक्षक विरेन्द्र थापाले भने माथि डाँडामा बसेकाहरुको ढुंगा आक्रमणबाट उनीहरु घाईते भएको जानकारी दिनुभयो । उहाँले घटनास्थल वरपर नजिकै कुनै घर नभएको र कसैल्ााई लाठि प्रहार समेत नगरेको दाबी गर्नुभयो ।

जीप दुर्घटनामा एक महिलाको मृत्यु
२ जेठ २०६७
तनहुँको डुम्रेबाट गोरखाको ठाटीपोखरीतर्फ यात्रु लिएर जाँदै गरेको ग १ च २९९२ नम्बरको जीप आज दिउँसो साँढे २ बजे तनहुँ भानु गाविस ५ अधेरीखोलामा दुर्घटना हुदा १ महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी ८ जना घाइते भएका छन् । घाइते हुनेमा गोरखा पालुङटार ९ का कुलबहादुर गुरुङ पालुङटार ४ का भगीरथ गुरुङ जीप चालक पालुङटार ९ का तीर्थमान गुरुङ सोही ठाउँकी भोकमाया गुरुङ गाइखुर ९ का विनोद घर्ती ठेगाना नखुलेका अर्जुन रानाभाट र इलाम फिकेलका जितेन्द्र दाहाल रहनुभएको छ ।
मृतक र एकजना घाइतेको नाम खुल्न नसकेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ । घाइते मध्ये गम्भीर अवस्थाका भगीरथ गुरुङ कुलबहादुर गुरुङ र अन्य दुइजनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ भने बाँकीको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरी नायब निरीक्षक अशोक रेग्मीले जानकारी दिनुभएको छ । ब्रेक फेल भई जीप सडक देखी करिब २० मिटर तल खसेको उहाँले बताउनुभयो ।

दुई किशोरीद्वारा बाबुको किरीया
२ जेठ २०६७
छोराले मात्र बाबुआमाको किरीया गर्नुपर्छ भन्ने परम्परालाई तोडदै गोरखाको खेाप्लाङ गाविस ८ कुसुन्डेका २ किशोरीले बाबुको किरीया बसेका छन् । १८ बर्षीय कसीमायाँ आलेमगर र उनकी १६ बर्षीय बहीनी सरस्वति आले मगरले आफ्ना बाबु भुबलाल आलेको किरीया बसेका हुन् ।
रक्त क्यान्सरका कारण ५२ बर्षको उमेरमा गत २५ गते बाबुको मृत्यु भएपछी आमा मीना आलेको साथमा उनीहरु सेतो पहीरनमा किरीया बसेका स्थानीय नारायण बहादुर भट्टले जानकारी दिनुभएको छ । बाबुलाई दागबत्ति पनि उनीहरुले नै दिएका थिए । दाजुभाई नभएको र छोराले मात्र किरीया गर्नुपर्छ भन्न्ो परम्परा तोड्न यसो गरेको उनीहरुले बताएका छन् । छोरीले किरीया बसेपछी गाउलेले पनि समय सापेक्ष र उदाहरणीय काम गरेको प्रतिकि्रया दिएको भट्टले बताउनुभयो ।

शैक्षीक गुणस्तर बृद्धीका लागी घरदैलो अभीयान संचालन
२ जेठ २०६७
गोरखाको बुंकोट गाविसको नवपृथ्वी युवा क्लबले गाविसको शैक्षीक गुणस्तर बृद्धीका लागी घरदैलो अभीयान चलाएको छ । नयु शैक्षीक सत्रको शुरुवातसगै विद्यालय उमेर पुगेर पनि विद्यालय नगएका बालबालीकाहरुलाई भर्ना गर्नका लागी गाविसको ९ वटै वडामा घरदैलो अभीयान साचांलन गर्ने क्लबका अध्यक्ष किरण श्रेष्ठले बताउनुभएको छ ।
हिजोबाट शुरु भएको अभीयान अन्तरगत वडा नं ८ र ९ बाट २० जना बालबालीकालाई विद्यालयमा भर्ना गर्न लगीएको उहाँले जानकारी दिनुभएको छ । घरदैलो अभीयान जेठ ९ गतेसम्म साचालन गर्ने क्लबले जनाएको छ । क्लबले बैशाख १ गतेदेखी नै गाविसको शैक्षीक अभीबृद्धीका लागी अन्तरकि्रया कार्यक्रम प्रचारप्रसार लगायतका विविध कार्यक्रम गर्दै आएको पनि अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

सामुदायिक वन समूहद्वारा कार्बन ब्यापारको तयारी
२ जेठ २०६७
गोरखाको लुदीखोला जलाधार क्षेत्रका सामुदायिक वन समूहले कार्बन ब्यापारको तयारी गरेका छन् । जलाधार क्षेत्रका ३१ सामुदायिक वनले कार्बन ब्यापारका लागि वन डढेलो नियन्त्रण वन पैदावारको कम खपत बैकल्पिक उर्जाको प्रयोग काठ चोरी निकासी लगायतका कामहरु रोक्ने भएका हुन् । उनीहरुले जेठ २५ गतेभित्र कार्यसमितिको बैठक राखी विधान र कार्ययोजना संसोधनको तयारी समेत गरेका सामुदायिक वन उपभोक्ता महासंघका सचिव दीपक भट्टराइले जानकारी दिनुभयो ।
वन समूहको हालको विधान र कार्ययोजनाले कार्बन ब्यापारका लागि मार्गप्रशस्त नगरेकाले संसोधनको तयारी गरेको गोरखा नगरपालिकाको शिखर सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष रोलकबहादुर थापाले बताउनुभयो ।
लुदीखोला जलाधार क्षेत्रका वन समूहका प्रतिनिधि र जलाधार क्षेत्र स्तरिय वन साजालको आज सम्पन्न अन्तरकि्रर्या कार्यक्रममा सहभागीहरुले जेठ १० गतेसम्म सबै समूहको कार्यसमितिको बैठक राखी कार्बन ब्यापारको विषयमा छलफल गर्ने भएका छन् । उनीहरुले कार्बन ब्यापारका लागि निजी जग्गामा वृक्षारोपण डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण गर्ने लगायतका निणर्य गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघले कार्बन उत्सर्जन न्युनीकरण गरी त्यसवापतको भुक्तानी दिन गोरखाको नगरपालिका घैरुङ बुंकोट ताक्लुङ र बक्राङ गाविसका २ सय ४१ हेक्टरमा विशेष कार्यक्रम लागु गरेको छ ।

पूर्वयुवराज्ञी हिमानी शाह आज गोरखामा
२ जेठ २०६७
पूर्वयुवराज्ञी हिमानी शाह आज अचानक गोरखा आइपुग्नु भएको छ । विहान पौने ११ वजेतिर गोरखा सदरमुकाम आइपुग्नु भएका शाह गोरखा दरबारमा पुजाआजा गरी फर्कनुभएको हो । जिल्लाको मझुवा देउरालीमा आइपुगेपछि मात्र सुरक्षा निकायले शाहको भ्रमणबारे थाहा पाएको थियो । शाह आज विहान चितवनको एक रिसोर्टबाट गोरखा आउनुभएको प्रहरी निरीक्षक केदार खनालले जानकारी दिनुभएको छ ।
करिब साँढे दुइघण्टा गोरखामा विताउनुभएकी शाहले गोरखा दरबारमा एक घण्टा पुजाआजा गरेको र वसपार्कको होटल सत्यममा खाना खाइ पोखरातर्फ जानुभएको उहुले बताउनुभयो । हिमानी गोरखामा रहेको बेला सुरक्षा निकायले उच्च सतर्कता अपनाएको थियो । विगत एक सातादेखि काठमाडौ बाहिर रहनुभएका शाह बैशाख २८ गते मनकामना पुग्नुभएको थियो ।

पाटेचौरमा दुई महिने निःशुल्क शिपमुलक ड्रेस मेकर तालिम शुरु
२ जेठ २०६७
जनजाति पिछडीएको वर्ग एव अशिक्षीत महिलाहरुलाई समाजमा स्थापित गराउने उद्वेश्यले गोरखा सदरमुकामको पाटेचौरमा दुई महिने निशुल्क शिपमुलक ड्रेस मेकर तालिम सुरु भएको छ । स्किल नेपाल प्रा।लि। ललितपुरको आयोजना एवं रोजगार कोष हेल्भेटासको आर्थिक सहयोगमा साचालित तालिममा २० जना महिला सहभागी छन् ।
उनीहरुलाई अस्मिता वाईवा र नानी सापकोटाले तालिम दिनुभएको कार्यक्रम संयोजक दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । तालिम पछि प्रति महिना ३ हजार भन्दा वढी आम्दानी हुनुपर्ने लक्ष्यका साथ साचालन गरिएको तालिमको उद्योग वाणिज्य संघ गोरखाका सचिव भगवान वावु मास्केले उद्घाटन गर्नुभएको हो । प्रति ब्यक्ति १२ हजार खर्च हुने उक्त तालिम अवधिभर दैनिक ७ घण्टाका दरले प्रशिक्षार्थीलाई प्रशिक्षण गराइने संयोजक श्रेष्ठले जानकारी दिनुभएको छ ।

एक महिने फेशन डिजाइनिङ तालिम सुरु
२ जेठ २०६७
गोरखा उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग विकास समिति गोरखाको आयोजनामा गोरखा सदरमुकाममा आजदेखि एक महिने फेशन डिजाइनिङ तालिम सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघ र एच डब्लु के माइन्ज जर्मनीको संघ साझेदारी कार्यक्रम अन्तर्गत साचालित कार्यक्रममा जिल्लाका बिभिन्न क्षेत्रका १६ महिला सहभागी रहेको गोरखा उद्योग वाणिज्य संघका तालिम संयोजक भगतवावु जोशीले जानकारी दिनुभएको छ ।
तालिमका सहभागीहरुलाई फेशन डिजाइनर उज्वला कपालीले तालिम दिनुहुनेछ । संघका अध्यक्ष रामबाबु जोशीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बरिष्ठ उद्योग अधिकृत गोकर्णराज जोशी संघका महासचिव जीवनज्योति श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो ।

लमजुङको दूधपोखरीमा पहिलो पटक मोटर संचालन
२ जेठ २०६७
लमजुङको दूधपोखरी गाविसमा पहिलो पटक मोटर पुगेको छ । दूधपोखरी गाविसको ७ लाख ५० हजार र जिल्ला विकास समिति लमजुङको २ लाख गरी ९ लाख ५० हजार रुपैयाँको लागतमा मोटरबाटो बनेपछी आज पहिलो पटक गाउँमा मोटर पुगेको हो । गोरखाको भच्चेक हुँदै दूधपोखरीको घामारचोकमा मोटर पुगेपछि स्थानीयवासिन्दा खुसी हुदैँ मोटर र चालकलाई फूलमालाले स्वागत गरेका थिए ।

Subscribe to:
Posts (Atom)