३ जेठ २०६७
१७ औं मदन आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमाले गोरखाले आज एक अन्तरकि्रर्या कार्यक्रम गरेको छ । एमाले पाटि कार्यालय हरमटारीमा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष रामशरण बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनको महान विचारक मदन भण्डारीद्धारा प्रतिपादिप जनताको बहुदलिय जनवाद नेपाली कम्युनिष्टहरुका लागि शिक्षाप्रद रहेको बताउनुभयो । उहाँले मदन भण्डारीको विचारलाई लिएर अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेपाल वुद्धिजीवि परिषद् गोरखाका अध्यक्ष ऋषि खनालले आजको सन्दर्भमा बहुदलीय जनवादको सान्दर्भिकता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको कार्यपत्रमाथि एमाले जिल्ला सदस्य द्रोणाचार्य तिमि_िल्सना क्षेत्र नंबर १ का अध्यक्ष वुद्धि दवाडी हरिहर शर्मा नारायणध्वज खड्का जीवन कट्टेल लगायतले टिप्पणी र रायसुझाव पेश गर्नुभएको थियो । एमाले जिल्ला अध्यक्ष बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव सम्झना देवकोटा जिल्ला सदस्य कृष्ण कुँवर लगायतले मन्तब्य राख्नुभएको थियो ।
No comments:
Post a Comment