Monday, May 17, 2010

आगलागीबाट भवनमा क्षति

३ जेठ २०६७
तनहुँ सदरमुकाम दमौलीको सुगम आयल स्टोस्रमा आजसाँझ आगलागी हुदा पम्पको काउन्टर र एउटा भवनमा क्षति भएको छ । वेल्डिङ गर्ने क्रममा आगालागी हुदा पेट्रोल पम्पसंगै रहेको भवन र पम्पको काउन्टरमा आगालागी भएको साचालक नारायण रिजालले जानकारी दिनुभएको छ ।
आगालागी पेट्रोलियम पदार्थमा नभएको उहाँले स्पष्ट पार्नुभयो । आगालागी भएको करिब १५ मिनेटमा प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको पत्रकार समुन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

No comments: