Monday, May 17, 2010

गोरखाका महिलाहरु गाउँघरको विकास र सरसफाइमा सकि्रय

३ जेठ २०६७
समाजिक परिवारमा समावेश भएपछि गोरखाका महिलाहरु गाउँघरको विकास र सरसफाइमा सकि्रय हुन थालेका छन् । जिल्लाका ८ गाविस र एक नगरपालिकाका महिलाहरुले गाउँमा सामाजिक परिवार गठन गरी वाटो बनाउने पानी पधेरा र सार्वजानिक स्थलको सरसफाइका साथै गाउँघरमा हुने साधारण झैझगडा पनि मिलाउन थालेका छन् ।
उनीहरुले मासिक वचत गर्ने र सामाजिक परिवारका सदस्यलाई अफ्ठेरो परेको बेला पैसा र घरायसी काम सहयोग गर्दै आएका छन् । सामाजिक परिवार भित्र कसैलाई अफ्ठेरो परेमा उसको काम सघाउने र चाहिने पैसा सहयोग गर्ने फुलवारी सामाजिक परिवार बोर्लाङ्गकी अध्यक्ष कमला कुमालले बताउनुभयो । सामाजिक परिवारले गाउँघरमा प्रौढ कक्षा चलाउने जाँडरक्सी र घरेलु िहंसाका घटनाहरु नियन्त्रणमा सहयोग गर्ने काम पनि गरेको कुमालले बताउनुभयो ।
जिल्लाको आपपीपल छोप्राक खोप्लाङ्ग दर्बुङ्ग फुजेल नाम्जुङ बोर्लाङ्ग धावा र गोरखा नगरपालिकाका महिला र पुरुषहरुले गाउँमा सामाजिक परिवार गठन गरेका छन् । सामाजिक परिवारले जिल्लामा ९ वटा सहकारी संस्था पनि निर्माण गरेका छन् । उनीहरुले सहकारीमा नियमित वचत र चाहिएको वेला ऋण लिदै आएका छन् ।
स्थानीय वासिन्दालाई सकि्रय बनाइ गाउँघरको विकासमा लगाउने र उनीहरुलाई आत्मनिर्भर बनाउन सामाजिक परिवार गठनमा सहयोग गरेको समग्र विकास सेवा केन्द्रका क्षेत्रीय संयोजक नकुल थापाले बताउनुभयो । सिमान्तकृत मानिसहरुको शशक्तिकरण अभियान अन्तर्गत ती गाविसका सामाजिक परिवार गठनमा सहयोग गरेको उहाँले बताउनुभयो ।

No comments: