Tuesday, May 18, 2010

घलेगाउँमा दोब्बर पर्यटक

४ जेठ २०६७
लमजुङको ग्रामीण पर्यटकीय गाउँ घलेगाउँमा गत वर्षको तुलानामा दोब्बर पर्यटक भित्रिएको छ । यस बर्षको अपि्रल महिनासम्ममा २ हजार ७ सय ३० जना पर्यटकले घलेगाउँको भ्रमण गरेकाछन् । गतवर्ष यसै अवधिमा १ हजार ३ सय ५६ जना पर्यटकले घलेगाउँ घुमेका थिए । ९५ प्रतिशत स्वदेशी पर्यटक जाने गरेको घलेगाउँमा हाल दैनिक २० देखि ५० जनाले घलेगाउँको भ्रमण गर्ने गरेको घलेगाउँ ग्रामीण पर्यटन ब्यबस्थापन समितिले जनाएको छ ।सन् २००९ मा ३ हजार ७ सय ४८ जना आन्तरिक तथा बाह्य पर्यटकले घलेगाउँको अवलोकन गरेका थिए ।यसैबीच घलेगाउँमा पसर्िदेखि आयोजना गर्ने भनिएको ११ औँ घलेगाउँ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

No comments: