७ बैशाख २०६७
जिल्लामा देखिएका कृषि सम्बन्धी समस्याको समाधान गर्नेबारे सरोकारवाला निकायहरुसँग सहमति भएपछि किसान महासँघ गोरखाले पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । किसान महासंघ र सरोकारवाला निकायविच आज भएको बैठकमा रासायनिक मलको अभाव र असिनापानी र हावाहुरीबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउने विषयमा कृषि समितिको बैठक बोलाई निर्णय गर्ने सहमति भएको छ । बैठकले दैवीप्रकोपबाट प्रभावित किसानलाई परेको क्षतिको यकिन तथ्याङ्क संकलन गरि सम्बन्धित निकायमा पठाउने निर्णय पनि गरेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेप्रहरी नायव उपरिक्षक विष्णुकुमार केसीवरिष्ठ कृषि विकास अधिकृत बुद्धिबहादुर थापाराष्ट्रिय अनुसन्धान विभागका कमल थापाकिसान महासंघ गोरखाका अध्यक्ष विपिनचन्द्र ढकालउपाध्यक्ष कालीका ढकाल र युवा किसान संघका सदस्य कृष्ण श्रेष्ठको सहभागिता रहेको थियो ।
आफ्ना मागको बेवास्ता गरेको भन्दै किसान महासंघ गोरखाले हिजो जिल्ला प्रशासन कार्यालयमा २ घण्टा धर्ना दिएको थियो भने आजदेखि जिल्ला कृषि विकास कार्यालयमा अनिश्चितकालीन तालावन्दी गर्ने जनाएको थियो ।
यसैविच युवा किसान संघका सदस्य ज्ञानेन्द्र सुवेदीलाई एकिकृत माओवादीका कार्यकर्ताले कुटपिट गरेको भन्दै किसान महासंघ गोरखाले विरोध गरेको छ । सुवेदीलाई खोप्लाङ्गको मसानेठाँटीमा माओवादी कार्यकर्ता नारायण ढकाल नेतृत्वको समुहले कुटपिट गरेको किसान महासंघका अध्यक्ष विपिनचन्द्र ढकालले आज जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा दोषीलाई प्रशासन समक्ष उपस्थित गराउन माग गर्दै त्यसो नभए कडा संघर्षमा उत्रन वाध्य हुने चेतावनी पनि दिइएको छ । कुटपिटबाट घाइते सुवेदीको जिल्ला अस्पताल गोरखामा उपचार गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभएको छ । यस्तै नेकपा एमाले गोरखाले पनि विज्ञप्ती जारी गर्दै कुटपिटको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सुवेदीलाई ज्यान मार्ने उदेश्यले आक्रमण गरिएको भन्दै विज्ञप्तीमा कुटपिटमा संलग्न वाइसियल कार्यकर्ता नारायण ढकाललाई यथाशिघ्र कारवाही गर्न माग गरिएको छ । यस्तै नेकपा एमाले गोरखा क्षेत्र नम्वर २ का अध्यक्ष किसान श्रेष्ठले पनि विज्ञप्ती मार्फत दोषीलाई कारवाहीको माग गर्नुभएको छ । दुबै विज्ञप्तीमा दोषीलाई कारवाही नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिइएको छ ।
No comments:
Post a Comment